आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    सम्पादकीय
    February 16 2011
    समझदारीको खा‌चो
    नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएलगत्तै सार्वजनिक भएको सातबुँदे सम्झौताका कारण सिर्जना भएको विवाद अब विस्तारै मत्थर हुँदै गएको छ । खासगरी सातबुँदे सम्झौतालाई थप व्याख्या गर्न गृहमन्त्रालय माओवादीलाई दिन तथा माओवादी सरकारमा सामेल हुन दुवैपक्ष राजी भएपछि यस्तो अवस्था सिर्जना भएको हो । यो नेपालको वर्तमान राजनीतिक अन्यौलबीच सकारात्मक कदम पनि हो ।
    बाँकी ››
    December 06 2010
    उज्वल भविष्यको संकेत छैन
    विगत केही दिनयता दलका नेताहरुद्वारा व्यक्त विचार सुन्दा मुलुक संकटको सन्निकट रहेको अनुमान सहजै गर्न सकिन्छ । अनमिनको समयावधी सकिनै लाग्नु, संविधान बन्ने अवधि छ महिनाभन्दा कम बाँकी हुँदा समेत प्रमुख दलहरु त्यसप्रति उदासिन देखिनु तथा काम चलाउ सरकारलाई नै मुलुक संचालनको जिम्मामा छाडिनुजस्ता क्रियाकलापले मुलुकको उज्वल भविष्यको संकेत गर्दैन ।
    बाँकी ››
    September 15 2010
    किन चेत्दैनन् टाउकेहरुले ?
    राजनीतिक दलहरु भित्रको भाँडभैलोको कारण मुलुकमा बढेको अन्यौल सकिनेभन्दा झन बढ्ने देखिएको छ । संविधानसभामा दुइतिहाई भन्दा बढी मतको प्रतिनिधित्व गर्ने एमाले, माओवादी र नेपाली कांग्रेसभित्र बढेको असन्तुष्टि, अराजकता र सत्तालिप्साका कारण पनि नेपालको राजनीति झनझन जटिल मोडमा पुगेको हो भन्न अब हिच्किचाउनु पर्ने अवस्था रहेन ।
    बाँकी ››
    August 21 2010
    फेरि किन षडयन्त्र ?
    नेपाली कांग्रेस र एनेकपा माओवादीको अहंका कारण मुलुकको राजनीति दिन प्रतिदिन जटिल बनेको छ । चारचार पटक प्रधानमन्त्रीमा पराजित हुँदा पनि यी दुवै पार्टीका तर्फाट प्रधानमन्त्रीका उम्मेदवार बनेका नेताहरुले आ-आफ्नो उम्मेदवारी फिर्ता लिएर अबरुद्ध राजनीतिलाई निकास दिनेतर्फ सोच बनाएको देखिँदैन ।तर, नेकपा एमालेको अनुरोधमा एनेकपा माओवादीलेभने
    बाँकी ››
    August 10 2010
    जवाफदेहिता भएको सावित गर्नु पर्छ
    प्रधानमन्त्रीको निर्वाचनमा नेकपा एमालेले लिएको निर्णयको कारण मुलुक राष्ट्रिय सहमतिको बाटोतर्फजाने सम्भावना बढदै गएको छ । बहुमतीय खेलामा सहभागी नहुने एमालेको यो निर्णय यसभन्दा अघि भैदिएको भए मुलुक यहाँसम्म आउँदैनथ्यो होला । जे होस् ढिलै भए पनि एमालेले बहुमतीय खेलमा आफूलाई सामेल नगर्ने निर्णय गरेर इतिहासमा बुद्धिमतापूर्ण र जनताप्रति जवाफदेहिता भएको पार्टी सावित गरेको छ ।
    बाँकी ››
    July 25 2010
    कहिले सम्म अनिर्णयको बन्दी ?
    प्रधानमन्त्रीको चुनावमा सहमति कायम गर्न नसकेपछि मुलुकको राजनीति अन्यौलग्रस्त बनेको छ । दोस्रो पटकको मतदानमा पनि संसदले प्रधानमन्त्री चुन्न सकेन । यो एकदमै लाजमर्दो विषय हो । अहिले प्रधानमन्त्रीको चुनावी मैदानमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल छन् । उनीहरु दुवैले अझै तीन सय एक मत प्राप्त गर्ने सुगारटाइ गरिरहेका छन् र बहुमतीय राजनीतिको जोडघटाउलाई त्याग्ने सङ्केतसम्म देखाएका छैनन् ।
    बाँकी ››
    May 30 2010
    गणतन्त्र दिवसको शुभकामना
    दुइ वर्षअघि जेठ १५ गते मुलुकबाट २ सय ४० बर्ष लामो निरंकुश राजतन्त्रको अन्त्य भएको थियो । २०६५ साल जेठ १५ गते बसेको ऐतिहासिक संबिधानसभाको पहिलो बैठकले राजतन्त्रको बिधिवत अन्त्य गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको घोषणा गरेको हो । त्यसयता नेपाली जनताले जेठ १५ गतेलाई बिशेष पर्वका रुपमा मनाउने गरेका छन् ।
    बाँकी ››
    May 18 2010
    खतराको तरवार ज्युँका त्यूँ छ
    एकीकृत नेकपा माओवादीले आव्हान गरेको अनिशिचतकालीन आमहड्ताल स्थगित गरेपछि नागरिकले राहतको महसुस गरेका छन् । तर उनीहरुको शिरम मडारिएको कालोबादल भने हटिसकेको छैन । अझै दलहरुबीच सहमति बनेको छैन । सहकार्यको वातावरण बन्ने थुप्रै छेकेवार बाँकी नै छन् ।
    बाँकी ››
    May 03 2010
    मुलुकलाई फेरि द्वन्दमा धकेल्ने प्रयास
    एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र एमालेका कारण मुलुक फेरि द्वन्द्वमा जाने खतरा बढेर गएको छ । एकीकृत नेकपा माओवादीले अनिश्चित आमहड्तालको आह्वान गरेको छ । आमहड्तालका कारण मुलुक ठप्प भएको छ । मुलुकभरका कुनै पनि शिक्षण संस्था, कलकारखाना, औद्योगिक प्रतिष्ठान, र्सार्वजनिक तथा निजी सवारी साधन चलेका छैनन् ।
    बाँकी ››
    April 18 2010
    अति भो, खेलवाड नगर
    नयाँ वर्षको आरम्भसँगै नेपालको राजनीति गम्भीर मोडमा पुगेको छ । राजनीतिक दलहरुले बुद्धिमत्तापूर्ण निर्णय गर्न सकेनन् भने यो गम्भीर मोडबाट मुलुक उत्रन कठिन हुनेछ । समयमा दलका नेताहरुले दलीय र व्यक्तिगत स्वार्थ त्यागे र दरदर्शीपूर्ण निर्णय गरे भने भविश्यको लागि यो महिना र वर्ष स्मरणयोग्य बनेर रहने छ ।
    बाँकी ››
    April 13 2010
    दलीय घेराबाट माथि उठ
    नयाँ वर्ष २०६७ ले नेपालीको घर आँगनमा पाइला टेक्न आँटेको छ । नयाँ वर्षको आगमनसँगै बितेको वर्षमा भएगरेका राम्रा नगराम्रा कामहरूको समेत समीक्षा शुरु हुन थालेको छ । नेपाल यतिबेला राजनीति संक्रमणकालको अवस्थामा छ । संविधानसभाको निर्वाचन सम्पन्न भएको चैत्र २८ गते २ वर्ष पुगेको छ । अन्तरिम संविधानमा दुई वर्षभित्र नयाँ संविधान जारी गरिक्नुपर्ने उल्लेख छ ।
    बाँकी ››
    March 26 2010
    खुसी र दुःखी हुनुको अर्थ छैन
    पूर्वपञ्चहरुको दुइ पार्टी राप्रपा र राजपाको एकीकरण भएको छ । यी दुइ पार्टीका प्रायः सबै नेताहरुको पुष्ठभूमि पञ्चायती व्यवस्थाबाट आएको रहेको छ
    बाँकी ››
    March 14 2010
    समयको महत्वलाई नबिर्स
    नयाँ संविधान निर्माण गर्दा राज्यको कसरी, कुन आधारमा पुनसंरचना गर्ने भन्ने विषयमा वहस सुरु भएको छ । संविधानसभामा मात्र होइन मुलुकका हरेक क्षेत्रमा यसको वहस सुरु भएको छ, जुन स्वभाविक पनि छ । संविधानसभामा महत्वपूर्ण स्थान ओगट्न सफल राजनीतिक दलहरुभित्र समेत केही दिन यता राज्यको पुनसंरचनाको सन्दर्भमा व्यापक वहस सुरु भएको छ । एकीकृत माओवादी, कांग्रेस, एमाले, फोरमलगायतका दलभित्र भावी संविधानमा राज्यको स्वरुप कस्तो हुने, संघहरु कसरी छुट्याउने, मुलुकको शासकीय स्वरुप कसरी निर्धारण गर्ने, कुन प्रणाली अवलम्बन गर्ने भन्ने सम्बन्धमा व्यापक छलफल हुन थालेको छ । दलहरु यसरी वहसमा उत्रनुलाई स्वागतयोग्य ठानिनुपर्दछ ।
    बाँकी ››
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक