किन फेसनेबल देखिन चाहन्छन नायिकाहरु ?
March 12 2010
फिल्ममा छिनछिनमै थरीथरीका ड्रेसमा देखापर्ने अधिकांश नायक/नायिका वास्तविक जीवनमा पनि निकै फेसनेबल देखिन चाहन्छन्। नायिका रेखा थापा आफूलाई फेसनेबल बनाउन कुनै कसर बाँकी नराख्ने बताउँछिन्।
बजारमा नयाँ फेसन आउनेबित्तिकै किनिहाल्ने बानी छ रे उनको। भन्छिन्, "मलाई बजारमा आएका नयाँ फेसन नकिनी हुँदैन। मलाई हिँड्दा हिँड्दै कुनै कपडा मन पर्यो भने पनि किनिहाल्छु।" उनको रोजाइमा पर्छन् छोटो स्कर्ट, लुज टाइपका वानपिस तथा जिन्स पाइन्ट र टिसर्ट। रेखा प्रायः हप्तैपिच्छे नयाँ लुगा किन्छिन् रे! किसिम-किसिमका कपडाले चारवटा दराज भरिएको बताउँछिन् उनी।
"म ड्रेसमा चुजी छु। म हम्मेसी एकपटक लगाएको कपडा फेरि दोहोर्याएर लगाउने गर्दिनँ," उनी भन्छिन्, "नयाँ कपडा एक/दुईचोटि लगाएपछि साथीहरूलाई बाँडिदिन्छु@।" कपालको स्याहारमा पनि आफूले निकै ध्यान दिने गरेको बताउँछिन् उनी। प्रायः उनी "हेयर स्टाइल" बदलिरहन्छिन्। कपालको स्याहारमा महिनामा कम्तीमा पनि पाँच हजार रुपैयाँ खर्च हुने गरेको दाबी उनको छ।
तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।