आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    फिचर
    गढीमाईमा बलिको रांगाको मासुबिवा
    March 14 2010

    गढीमाई मेलामा काटिएका राँगा लैजान आएका ठेकेदारलाई अवरोध गर्दे यस क्षेत्रका कतिपय दलीत समूदायले बलीको मासु घर-घर लगेका छन्।

     

    मंगलबार झण्डै बिस हजार राँगा बली दिइएको बधस्थलमा वारा, पर्सा , रौतहट तथा भारतबाट समेत आएका उनीहरुले मासु आफै खाने भन्दै राँगाको मासु उठाउन रोक लगाएपछि ठेकेदार र मेला समीतीबीच विवाद सुरु भएको छ। यसबाट राजधानी आउने भनिएको मासु नआउने भएको छ।

     

    मेला समतीले स्थानीय ठेकेदारलाई प्रति गोटा ५ सय १० रुपैयाका दरले काटिएको राँगा लैजाने अनुमती दिएको थियो। यस बापत ठेकेदारले ५१ लाख रुपैया धरौटी समेत बुझाएका थिए। "अचानक मंगलबार राती यस क्षेत्रका दलीतहरु जम्मा भएर राँगा लैजान दिएनन्", ठेकेदार नरेन्द्र साह भन्छन् -" यसबाट हामीलाई लाखौ रुपैया घाटा लागेको छ।"

     

    काटिएका राँगा राजधानी लगायतका विभिन्न सहरमा लैजानका लागी ठेकेदारले मंगलबार राती ७० वटा ट्रक समेत ल्याएका थिए। यस बाहेक राँगाको छाला निकालेर मासु तयार गर्नका लागी ५ सय भन्दा बढी मजदुर देशका विभिन्न भागबाट जम्मा गरेर ल्याएको साहले सुनाए। "बधस्थलमा रहेका ७५ प्रतिसत भन्दा बढी राँगाको शरिर उनीहरुले उठाएर लगिसके " साह थप्छन् – "भारतबाट समेत विभिन्न दलित समुदायका व्यक्ति आएर मासु उठाएर लगेका छन्। राँगा उठाउन ल्याएका ट्रकमा तोडफोड समेत भएको छ।" जसका कारण बुधबार विहान सम्म बधस्थलमा तनाव रहेको थियो। ठेकेदार साहले आफुहरुले क्षतिपूर्तीको लागी समतीमा निवेदन दिएको बताउँछन्।

     

     

     

    यता दलितभने सदीयौ देखी आफुले खादै आएको बलीको मासु अहिले एकाएक ठेक्कामा दिएकाले जवरजस्ती लैजान परेको सुनाउछन्। मासुकै लागी भनेर कतिपय दलीतले मंगलबार दिनभरी राँगा काटेको बताए। "हामीले सधै बलीको मासु खादै आएका छौ", हरपुरका शिबलाल हरिजनले भने -"त्यसैले हामीले अहिले पनि बधस्थलबाट मासु उठाएर लग्यौ।" दलित समुदायले मासु लैजानु अघि ठेकेदार पक्षका मजदुरले अधिकांसको छाला निकालीसकेका छन्। यस अघिको बलीमा छालाको मात्र ठे्क्का लाग्ने गरेको थियो। मासु दलीत समुलायले खादै आएका थिए।

     

    यता मेला समतीले भने दलीत समुदायले आफुहरुले सिनो बहिस्कार गरेको भन्दै आएका कारण मासु ठेक्कामा लगाएको दावी गरेको छ। "त्यैपनि हामीले कुरा मिलाउदै थियौ ", बली व्यवस्थापन समितीका उपाध्यक्ष धेनुकप्रसाद चौरासीयाले भने –"ठेकेदार पक्षले मासु विग्रने भयो भन्दै उठाउन मानेन।"

     

    बधस्थलमा अझैपनि मासु रहेका कारण यस क्षेत्र दुर्गन्धीत बन्न थालेको छ। विग्रेको मासु समेत उठाएर लगेका कारण उनीहरुको मासु खानेको स्वास्थ समेत विग्रने खतरा रहेको दलित नेटवर्क वाराका रुपनारायण पासवानले बताए।  "बलीको सिनो नखाने हाम्रो अभियानका वावजुद केहीले मासु उठाएर लगेका छन् ", उनले भने - "यसबाट उनीहरुको स्वास्थप्रति खतरा हुन सक्ने छ ।" दलित नेटवर्कले यस्ता बलीका मासु नखाने भन्दै सर्वसाधरणलाई जन चेतना जगाउदै आएको थियो

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक