विश्वको सबैभन्दा होचा खगेन्द्र अठार वर्षमा
March 26 2010
विश्वको सबैभन्दा होचो नागरिक बाग्लुङका खगेन्द्र थापामगर बुधबारदेखि १८ वर्षमा प्रवेश गरेका छन् । वि.सं. २०४९ असोज २८ गते बाग्लुङ धुल्लुबासकोट ६, उर्लारीमा बाबु रुपबहादुर र आमा धनमायाको जेठो सन्तानको रुपमा जन्मिएका खगेन्द्रको उचाई १८ औं जन्मदिनमा पनि मात्र २० इञ्च छ । साथै उनको तौल पाँच किलोग्राम रहेको छ । खगेन्द्रले ठीक तीनमहिना अघि गत असार २८ गते बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्रसमेत लिएका थिए ।
नागरिकता लिने दिन १६ वर्षनौ महिनाका खगेन्द्रको नागरिकता नम्बर १४०१८ हो। खगेन्द्रले गिनिज बुक अफ दी बर्ल्डमा विश्वको सबैभन्दा होचो नागरिकको रुपमा नाम लेखाउन अझै एक वर्षकुर्नुपर्ने छ । खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना भन्छन्, "आवश्यक सबै प्रक्रिया पूरा गरिएको छ, प्रावधानअनुसार विश्वको सबैभन्दा होचो नागरिकको नाम लेखाउन १८ वर्ष उमेर कटेको हुनुपर्दो रहेछ ।" उनका अनुसार चीनका पिङपिङले पछिल्लो क्रममा कायम राखेको रेकर्ड भङग गर्दै खगेन्द्रले अर्को वर्ष विश्वको सबैभन्दा होचो नागरिकको रुपमा नेपालको उचाई विश्वसामू पुर्याउनेछन् ।
पिङपिङको उचाई २९ दशलमब पाँच इञ्च छ । पाँच वर्ष देखि बाबुआमासँगै पोखरा बस्दै आएका खगेन्द्र हाल पोखराको शिवालयचोकस्थित सरस्वती माविमा यूकेजीमा अध्ययनरत छन् । गतवर्ष देखि पढ्न सुरु गरेका खगेन्द्रले अहिले सावाँ अक्षर हेरेर सार्न सक्छन् ।
प्रतिष्ठानले खगेन्द्रलाई मासिक चार हजार रुपैया तिरेर विद्यालयमा पढाउने ब्यवस्था मिलाएको हो। खगेन्द्रका एकमात्र भाइ महेश बाराही उच्चमावि, पोखरामा कक्षा ६ मा पढ्छन् । उनको उचाई भने सामान्य छ । खगेन्द्रका बाबुआमाले जीविकोपार्जनका लागि पोखराको सिर्जनाचोकमा चियापसल सञ्चालन गर्दै आएका छन् ।
यसैबीच, खगेन्द्र थापामगर प्रतिष्ठानले उनको जन्मदिनको अवसर पारेर बुधबार पोखरामा दोस्रो साधारणसभा गरेको छ
तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।