पुरुषलाई खेलउना ठान्छन् आजका युवती
March 26 2010
युवतीहरूसँग उनीहरू पुरुषलाई के ठान्छन् भनेर सोध्यो भने प्वाक्कै भन्नेछन्, 'यिनीहरूसँग मोज गर, छोड्देऊ ।' 'स्पा' भन्ने पत्रिकाको एक अंकमा यही प्रश्नलाई अर्को ढंगले सोधियो- तिमीले पहिलोपछि दोस्रो र त्यसपछि पनि तेस्रो पुरुषसँग यौनसंसर्ग गरेकी छ्यौ त ?
तिनीहरूमा एकतिहाइले 'अँ गरेकी छु' भन्ने जवाफ दिनेछन् ।
हामी कबाडी पुरुषको युगमा आइपुगेका रहेछौँ । यो 'स्पा'ले २० देखि ३० वर्षसम्मको उमेरबीचका सयजना युवतीको सर्वेक्षण गरेपछि निकालेको दिक्कलाग्दो निष्कर्ष हो । महिलाहरूको यस्तो विकारले भरिएको व्यग्रताको कारण के होला त ? ३४ प्रतिशत उत्तरदाताले यौनबाट प्रश्न सुरु गर्नुको कुनै तुक छैन र यौन मात्रै कहिल्यै अन्तिम हुन सक्तैन भन्ने जवाफ दिए । २८ प्रतिशतले पुरुषको यौनसंसर्ग गराइ झ्याउलाग्दो भएको बताए । २० प्रतिशत महिलाले आफूले चाहेको पुरुष र अरूसँग सुत्दा कस्तो फरक हुने रहेछ भनी पत्ता लगाउन मात्रै एकभन्दा बढीसँग यौन-सम्पर्क राख्ने गरेको बताए ।
पेसाले पत्रकार एक २७ वर्षीया महिलाले भोजमा एक पुरुषलाई भेटेपछि ऊप्रति आफू हुरुक्कै भएको बताइन् । यतिसम्म कि उनले ती पुरुषलाई आफूसँगै आफ्नो घरमा ल्याइन्, यौनसंसर्गपछि विचार गरिन्- म यसै पुरुषसँग बिहे गर्छु ।
उनले ब्युँझिएपछि बिहानीको उज्यालोमा पुरुषको अनुहारतिर नियालिन् । उसको अनुहार सुपरहिरोको जस्तो आत्मविश्वासले भरिपूर्ण थिएन, दम्भी र बेइमानको जस्तो थियो । 'मलाई ऊसँग सुतेको पछुतो लाग्यो,' उनले भनिन् ।
बिमा कम्पनीमा काम गर्ने २५ वषीया रिसाको कथा यस्तो छ- उनले एकल मानिसहरूको पार्टीमा एकजना केटा भेटिन् । ऊ असल गफाडी र असल पियक्कडहरूबीच रक्सी रुचाउने व्यक्ति थियो । उनीहरूले आपसमा कुरा गरे, हाँसे, पार्कको बेन्चमा घाँटी जोडे, अँध्यारोमा चुम्बन गरे । तर, उसले किन उनलाई तानेर होटेलमा लगेन ? उसले आफूलाई लतारेर लैजाओस् भन्ने उनको ठूलो चाहना थियो । तर, उनको त्यस्तो व्यग्रता उसले देखेन । जे होस्, पाँचौँपटकको भेटघाटमा डिनर खाइसकेपछि उसले भन्यो, 'मैले हाम्रा लागि सहरको एक होटेलमा एउटा कोठा भाडामा लिएको छु, त्यहाँ स्याम्पेन छ र मैले अरू चाँजोपाँजो पनि मिलाइसकेको छु ।'
होटेलमा उनीहरूले सँगै रात बिताए । लौ जे भो, अलिकता कम भए पनि ठीकै भो भन्ने उनले सोचिन् । तैपनि, उसले जस्तो चाहन्छ उस्तै हुन दिइन् । वास्तवमा जति प्रयास गरे पनि उनी चाहेजति सन्तुष्टि पाइरहेकी थिइनन् । त्यसैले उनमा यति लामो समयसम्म संकोचले वास गरिरहेको थियो । संकोचको कारण के हो भन्ने कुरा पनि उनले चाँडै पहिल्याइन् ।
कम्तीमा केही महिलाका लागि आकारको विषय पनि खास महत्त्वको हुन्छ, उसको चाहिँ उनलाई चाहिने आवश्यक आकार थिएन । त्यसपछि उनी आफूले के गरिन् भन्ने कुरा बताउन चाहन्नन् ।
सत्तरीको दशकमा सुहागरातमा सजाइएको शयनकक्षमा अक्षत कुमारीत्व चाहने आदर्शको जगजगी थियो । असीको दशकमा जापानी सामाजिक जीवनमा विलासी पुँजीवाद आयो, जहाँ पुरुषहरू यौन-सन्तुष्टिका लागि आफ्नो शक्ति गौरवपूर्वक खर्च गर्न थाले । भ्रम तोडियो, हतोत्साह बढ्यो, पुरुषहरू 'फुजोकु' अर्थात् उन्मत्त मनोरञ्जन उद्योगका साधनमा रूपान्तरित भए, यौन-सन्तुष्टिका साधन बने र महिला एकराते रूपशीमा बदलिए ।
(एजेन्सीको सहयोगमा)
Comments
Posted By: what'sman
Mar 29, 2010
i like modern view but man or woman are not playing stuff; they have feelings........
Posted By: ART
Jun 03, 2010
girls are a dog . so they can do any thing.
Posted By: sushil lamichhane
Oct 03, 2010
Not only man and only woman, both are same.It depends on society or culture of them.
तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।