आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    सम्पादकीय
    खुसी र दुःखी हुनुको अर्थ छैन
    March 26 2010

    पूर्वपञ्चहरुको दुइ पार्टी राप्रपा र राजपाको एकीकरण भएको छ । यी दुइ पार्टीका प्रायः सबै नेताहरुको पुष्ठभूमि पञ्चायती व्यवस्थाबाट आएको रहेको छ । राजाका निकट र राजसंस्थालाई मुलुकको अतिआवश्यक शक्तिको रुपमा मान्ने यी दुइ पार्टीको एकीकरणले मुलुकको वर्तमान राजनीतिक अवस्थामा कुनै असर नपारे पनि यसको संकेतिक अर्थ भने अवश्य पनि रहस्यमय नै रहेको प्रतीत हुन्छ ।

     

    यद्यपि दुवै पार्टीहरुले आफ्नो विधान राजसंस्था निरपेक्ष बनाएको घोषणा गरिसेका छन् । यी दुइ पार्टीको एकीकरणको समर्थन वा विरोध गर्नु आवश्यक नभए पनि उनीहरुको पृष्ठभूमि, उनीहरुले खेलेका भूमिका र भविष्यमा उनीहरुबाट खेलिने सकारात्मक र नकारात्मक कामको भने अवश्य पनि राजनीतिक क्षेत्रमा विश्लेषण हुनेछ । राजनीतिक दलहरुबीच एकता र सहकार्य हुनु आवश्यक छ, यो स्वागत योग्य र राम्रो कदम हो । पार्टीहरुबीच आपसी बेमेल, वेमनश्य र झगडाले अन्ततोगत्वा मुलुककै अहित गर्दछ । २०४६ को आन्दोलनपछि प्रमुख शक्तिको रुपमा रहेको एमाले र कांग्रेसमा आएको विभाजनले मुलुकलाई कहाँ पुर्यायो ? त्यो सबैका सामू र्छलङ्ग नै छ ।

     

    हाल एकीकरण भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय जनशक्ति पार्टीका नेता पनि अहिलेसम्म आधादर्जन पटक फुटे र जुटे । आपसी स्वार्थ नमिल्दा फुट्ने र कुनै स्वार्थको लागि जुट्ने प्रवृत्ति सबैको लागि हानिकारक नै हुन्छ । २०४६ पछिको प्रसंगलाई हेर्ने हो भने दलहरुको फुट र मेल कुनै राष्ट्रिय स्वार्थको लागि भएको देखिँदैन । फुट्दा उनीहरुले ठूला-ठूला सैद्धान्तिक विषयहरु उराले पनि जुट्दा ती सवालमा प्रवेश गरेको पाइँदैन । यसबाट के प्रमाणि हुन्छ भने फुट्ने बेलामा उठाइएका कथित राजनैतिक, सैद्धान्तिक र राष्ट्रियताका मुद्धाहरु केवल देश र जनतालाई भ्रममा पार्न उरालिएको खोक्रा नारा मात्र हुन् । कार्यकर्तालाई आफूतिर तान्न दलहरुले बेलाबेलामा राष्ट्रियता, जनजीविका र यस्तै प्रसंग जोडिएका अनेकन विषय उराल्ने गरेका छन् ।

     

    समयक्रममा ती नाराहरु पानीको फोका जसरी बिलाएर गएका छन् । यस्तो प्रवृत्ति जुनसुकै दलहरुमा पनि देखिने गरेको छ । यो नितान्त पाखण्डपन हो । यसले पार्टीका नेता र कार्यकर्तालाई त बरालेको छ नै, यस्तो प्रवृत्तिले सिंगो मुलुकको भविष्यलाई नै पछाडि धकेलेको छ । मुकको भविष्य निर्माण गर्ने लक्ष्य बोकेर गठन भएको भनिएका दलहरु विना उद्देश्य फुट्ने र जुट्ने गरेको यथार्थ अब कसैका सामू नौलो विषयवस्तु रहेन । विगतमा नेपाली कांग्रेस र एमाले पनि फुटे । फुट्दा उनीहरुले एकआपसमा जायज र नाजायज सबै आरोप लगाए ।

     

    जुट्दा आफूले लगाएको आरोपका निम्ति र सिंगो जनसमुदायमा छरेको भ्रमप्रति यिनीहरुले क्षमा त मागेनन् नै आफ्नो मतदातासामू उनीहरुले माफी माग्नुपर्ने आवश्यकता ठानेनन् । अहिले राप्रपा र राजपाको एकीकरणको प्रसंग पनि यो भन्दा फरक देख्न सकिँदैन । नेता भनाउँदाहरु सत्तामा पुग्न जे पनि गर्ने प्रवृत्तिको अन्त नभएसम्म यस्तो प्रवृत्ति रोकिने छैन । तर्सथ अहिलेको परिवेशमा राजनीतिक दलहरु फुट्दा दुःखी हुनुपर्ने र जुट्दा खुसी हुनुपर्ने कारण देखिँदैन ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक