आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    साहित्य
    कुसंस्कृत साहित्यकार र रक्षानमा हुत्याउनु पर्ने श्रृजनाहरु
    March 26 2010
    सरोजदिलु विश्वकर्मा "मानिस ठूलो दिलले हुनछ जातले हुँदैन...।" यस छन्दमा निर्माता महाकवि देवकोटालाई सवै साहित्य अनुरागीहरुले सम्मान गर्दछन् । अनि यिनै शब्दोगारलाई शीरमा राखेर दिन-दुःखीका वेदना, दर्द, उत्पीडनमा धेरै श्रजकहरुले श्रृजना गरेका छन् । "दुःखीको घरमा मात्र तेरो वास हुने भए हे इश्वर दया राखि अझ मलाई दुःख दे...।", दुःखमा इश्वर देख्ने वालकृष्ण समको नामलाई पनि छातीमा राखेर कलम चलाउने श्रष्टाहरु उत्तिकै छन् । आजकामध्येमा धेरै साहित्यकारहरु सुत्दा, डुल्दा र बोल्दा यिनै देवकोटा, सम, तिवारी, लेखनाथ पौडेलहरुलाई सम्झना गर्दछन् । तर जव खान लाग्दछन्, त्यतिवेला खानु हुनेभए अहिलेका कतिपय श्रष्टाहरुले ती देवकोटा र समज्यूका हाडछाला चोक्टाचोक्टा पारेर खाँदा हुन् । त्यसैले सजिलै भन्न सकिन्छ- मानव धर्मका गाथा गाएर ती महान श्रष्टाहरुलाई दिनभरी भाक्ने कतिपयहरु नै उत्पीडनका ठेकेदार, शोषणका भागीदार र दुःख र पीडाका जिम्मेवार नबनेका होईनन् । कुनैवेला भक्तिवादी लेखकहरुले राजामहाराज र सामान्त तथा देवीदेवताको गुणगान गाउंथे, त्यसवापत मोठ विर्ता वा नगद वक्सिस पाउँथे र आफ्नो सुब्यवस्था गर्दथे । तिनैलाई महान साहित्यकार भनिन्थ्यो । साहित्यमा फेरि २००७ को जनक्रान्तिपछि अर्को युगको शुवात भयो- प्रतिकवादी साहित्य । तर अन्ततः त्यस्ता रचनाका मालिकहरु पनि जसोतसो शाहीतन्त्रको नजिक रहेर राज्यबाट केही न केही प्राप्त हुने अभिलाषामा कलम चलाउन पुगे । तिनले पनि गिरीवी दारुणता र शोषणकै विरुद्ध कलम चलाएपनि तिनले आफूलाई भने शोषक, सामन्त र सभ्रान्तपनाबाट अलग राख्न चाहेनन् । तिनका कलमहरु ब्यक्तिगत प्रवृती र गलत संस्कारका विरुद्ध नभई फगत नाम र दामका लागि अन्ततः केन्द्रित हुने थाले । साहित्यकारिता बेचेर ब्यक्ति बने, आम्दानीको गतिलो जोहो गरे, राज्यको आँखामा चोखो ठहरिए, तर तिनले समाजलाई बनाएनन् वरु राज्यलाई थप बोझ लगाए । तिनले आफ्ना श्रृजनाका माध्यमबाट अन्याय, अत्याचार, भ्रष्टचार र यथास्थितीको घोरविरोध जनाए, तर तिनका ब्यवहार भने गरीवलाई मान्छै नगन्ने, उत्पीडित र अछूत बनाइएकाहरुलाई फेरि पनि तिरस्कार गर्ने, वञ्चित पार्ने अनि उच्च जातको जोहो गर्ने मानसिकताबाट बाहिर आउन सकेनन् । यिनै साहित्यकारहरुले अहिले पनि आफूहरुले महान कार्य गरेको, राष्ट्रलाई ठूलो गुण लगाएको भनि गर्व गर्दै कतिपयले आफूलाई नेपाली आकाशभन्दा अग्लो उचाईमा उभ्याईरहेका पनि होलान् । अहिले पनि उही पुरानै चिन्तनका श्रष्टाहरु साहित्यीक रजतपट्मा साँढे भएर विराजमान छन् । जो राष्ट्रियताको कुरा गर्दछ, नेपाल आमाको गाथा गाउँछ, तर आफ्ना सन्तानको लागि युरोप र अमेरिका लक्ष्य निर्धारण गरिदिन्छ । जो उत्पीडन, रुढी चिन्तन र भेदभावका विरुद्ध कविता कोर्दछ, अनि दलित-उत्पीडितहरुलाई देख्दा घिन मान्दछ । जो शोषण र दमनका विरुद्ध आफ्ना छन्द, कथा, पट्कथाहरु वुलन्द पार्दछन्, अनि तिनैहरु ब्यवहारमा जेसुकै हरकत् गरेर भएपनि सम्पति आफ्नै घेराभित्र सोरसार रहोस् भन्ने चाहना राख्दछन् । यिनलाई अव महाकवि देवकोटाका अनुयायी भनेर पुजा गर्ने कि साहित्यका दलाल भनेर तिरस्कार गर्ने ? यिनलाई समका अनुरागी भनेर फूलमाला अर्पण गर्ने कि शब्द-विलासिताका ठेकेदार भनेर वाँकी साहित्यप्रेमी दुत्कार्ने ? यिनका रचनाहरुलाई सिरानीमा राखेर निदाउने कि, रक्षानमा हुँक्याई दिएर आराम गर्ने ? अव पछिल्लो पुस्ताका साहित्यकारहरु, जो आफूलाई प्रगतिवादी ठान्दछन्, एकपल्ट पछाडि फर्केर हैर्दै आफूलाई कहाँ छु भनि मुल्यांकन गर्नुपर्ने हुन्छ । यस्ता सोच पालेका र संस्कृत आरचण नभएका लेखकहरुले श्रृजेका रचनाहरु सवै वकवास मात्रै हुन, जसको अध्ययन होईन, बटुलेर आगो ताप्नु नै वेश हुन्छ । र, यी साहित्यकारलाई राष्ट्रका गहना भनेर पुज्नुभन्दा बाटामा देख्नासाथै थुक्नु नै मनासिव हुन्छ । जवकि यिनीहरु साहित्यीक जगतका भाइरस् हुन्, जसले बाँकी साहित्यकारहरुको दिमागलाई नै हयाङ् पार्दै आएकाछन् । यसरी आजको साहित्य फेरिपनि वाहुनवादी चिन्तनबाट अलग रहन सकेका पाईदैंन । वाहुनवाद भनेको कुनै जातिको संस्कार होईन, "जनको नाम गरौं, जसोतसो मनको इच्छा पुरा गरौं, मै खाउँ मै लाउँ सव भोग मै गरुँ" भन्ने चिन्तन नै हो । जवकि जिब्रो र कलम तिनकै चल्छ, तर पाखुरा चल्दैनन्, तिनका पसिना बग्दैनन् । यो पाखुरा र पसिना बगाउनु नपर्ने सवैभन्दा सजिलो मेसो पनि साहित्य नै हुनाले साहित्य जगतको पहिलो पंत्तिमा तिनै छुरा-जिब्रे हुने वर्गहरु नै रहेको सत्य हो । फलतः प्रज्ञा प्रतिष्ठानदेखि कथा, कविता र उपन्यास, निवन्धसम्म र प्रकाशन गृहदेखि सञ्चार गृहहरुसम्मका वौद्धिक हुन पाइने क्षेत्रमा त्यही वर्गहरुको अधिपत्य छ । हो, साहित्य श्रष्टाहरु पक्कै पनि राष्ट्रका गहना हुन् । यिनको सम्मान हुनै पर्दछ, यदि तिनका लेखाई र गराईमा एकरुपता छ भने । महाकवि देवकोटा पुरानो कोट लगाउँथे, नयाँ किताव पढ्थे । उनी आफ्नो आम्दानी हिड्दाहिड्दै दीन-दुःखीका लागि बाँढेर सिध्याउँथे, अनि आफू भने डगरमा फालिएका चुरोटका ठुट्टाहरुका सहाराले कविता लेख्थे । वालकृष्ण सम राज-खान्दानी जहानीया राणा शासनको भौतिक ऐश-आराम त्यागेर उत्पीडन, शोषण र गरीविको यथार्थभित्र रमाउन चाहे । तिनीहरु यही माटोमा, यही माटोका लागि मरेर गए र उनीहरु फेरिपनि यही माटोकै लागि बाँचिरहेका छन् । अरु पनि यस्ता दर्जनौ श्रष्टा होलान्, जसले जे देखे, त्यही लेखे, त्यही वाँचे र त्यही अनुकुलको जिन्दगी अनुपम् ठाने । अतः अवका साहित्यकारले आफूलाई साच्चै नै देवकोटा, सम, पौडेल, भिमनिधि तिवारी आदि मुर्धन्य ब्यक्तित्वहरुको अनुयायी ठान्ने र अनुग्रही तुल्याउने हो भने जे देखिन्छ, त्यो लेख्नु र वाँच्नु पर्दछ । लेखे अनुसारकै भोगाई र गराई हुनुपर्दछ । राष्ट्रवादी कविता वाँच्ने श्रष्टाहरुले आफू र आफ्ना छोराछोरीको सुरक्षित भविश्य अमेरिका र युरोपलाई बनाउने भन्दा एकमुठी स्वास रहुन्जेलसम्म जन्मेको मुलुककै लागि अर्पण गर्न अरुलाई प्रेरित गराउनु पर्ने हुन्छ । तवमात्र श्रष्टाहरु राष्ट्रको गहना भएको ठानिन्छ र तिनीहरु मात्र पुज्यनीय हुन्छन् । र, यस्तै स्वभाव र सांस्कृतिक ब्यवहार भएका श्रष्टाका श्रृजनाले नै पाठकहरुलाई यो मुलुकको वास्तविक रुपान्तरण र समृद्धितर्फप्रेरित पार्न सक्दछ । यस्तै श्रष्टाहरुलाई राज्यले आर्थिक तथा सामाजिक सुरक्षा दिन गम्भिर हुनुपर्दछ ।
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक