युवाहरुले हेर्नैपर्ने इ-बुक
March 26 2010
युवाहरुमा राजनीतिले कस्तो प्रभाव पारेको छ भन्ने खाशै खोजी भएको छैन । स्कुक, कलेज पढ्दै प्रगती पथमा लम्कदै गरेका युवालाई राजनीतिक दलले आफ्नो कब्जामा पार्छन् । जबकि ती युवाहरुलाई राजनीति भनेको के हो भन्नेसम्म थाहा हुँदैन । राजनीतिक पार्टीले नीति र सिद्धान्त नै थाहा नभएका कलिलो दिमागमा आफ्नो पार्टीको नीति र सिद्धान्त घोकाउन थाल्छन् राजनीतिक दल । युवाको पढ्ने, काम गर्ने र उन्नती गर्ने बेलामा कता अल्झिए त युवा ?यसको खोजी गरेका छन् समीत शर्मा समीरले ।
राजनीतिक परिर्वतनको घटनाक्रमसँगसँगै युवाहरुमा थोरै सकारात्मक र धेरै नकरात्म्क असर परेको छ भन्छन्,"अन फिनिस जोर्नी : स्टोरी अफ अ नेशन" का लेखक समीत शर्मा समीर । उनले वि.स २०३३ सालदेखि २०६६ सालको सुरुवातसम्म युवापुस्तामा विभिन्नचरणका राजनीतिक घटनाक्रमले कस्तो प्रभाव पारेको छ भन्ने बारेमा अध्ययन गरेर अनलाईन किताब र(इ-बुक) प्रकाशन गरे । राजनीतिक घटनाक्रमकै कारणले वर्तमान नेपाली युवापुस्ताहरुमा विभिन्न कारणले फ्रस्टेसन भएको उनले पुस्तकमा समेटेका छन् ।
पुस्तकमा मुख्यतः नेपाली युवाहरुलाई राजनीतिक दलहरुले अनावश्यक रुपमा प्रयोग गर्नाले उर्बर युवा दिमागमा पार्टीको कोरा सिद्धान्त घुसाइन्छ । आफ्नो पार्टी सबै राम्रो अरुको पार्टी सबै नराम्रो । वास्तवमा ती युवाहरुले कुन पार्टीको सिद्धान्त कस्तो भन्ने बारेमा जानकारी समेत पाएका हुदैनन् । आँट, साहस र हिम्मत भएका कलिलो मस्तिष्कमा राजनीतिले राम्रो भन्दा पनि नराम्रो असर बढी पारेको पुस्तकमा समेटिएको छ । ६/७ कक्षामा पढ्दादेखि नै संगठन बनाउने माग राख्ने, पूरा नभए अराजकता मच्चाउने । सभ्यता, नैतिकता, अनुशासन सिक्ने र अध्ययन गर्ने बेलामा संगठन विस्तारमा लाग्छन उनीहरु । अनि बन्द हुन्छ भविष्य निर्माणको बाटो ।
३३ वर्षलामो अध्ययन गरीसकेपछि २०५५ सालमा दशैको टीकाको दिन कोअपरजल लिमिटेड लण्डनले अनलाईनमा शर्माको पुस्तक प्रकाशन भयो । वि.स २०३४ कार्तिक महिनामा रामेछापको मन्थलीमा जन्मी लण्डनबाट समाजनीतिमा मास्टर गरेका शर्माले स-साना कुराहरुलाई पनि पुस्तकमा समेटेका छन् । उनको यही इ-बुक यडरोइट प्रकाशनद्वारा पुस्तकको रुपमा बजारमा आउने भएको छ ।
एक सय १० पेजकोर् इ-बुक १० डलरमा किन्नुपर्छ । पुस्तकमा खाश गरेर वर्तमान नेपाली युवापुस्तामा विभिन्न समयको राजनीतिक घटनाक्रमहरुले कस्तो प्रभाव पारेको छ भन्ने बारेमा अध्ययन गरिएको छ । धेरैजसो युवाहरुलाई राजनीतिक दलले ठूल-ठूला सपना देखाएर, त्यो पूरा नहुँदा युवाहरुमा फ्रस्टेन भएको पुस्तकमा समेटिएको छ ।
"युवा समाज परिर्वतनका सम्वाहक हुन् । मुलुक परिर्वतनमा युवा शक्तिको ठूलो भूमिका हुन्छ । मुलुक परिर्वतनमा साच्चै भन्ने हो भने युवाहरु नै अगाडि छन् । युवा सही ठाउँमा परिचालन गर्नुपर्छ । राजनीतिक दलले युवालाई गलत रुपमा प्रयोग गर्नुहुदैन । युवाहरुले स्पष्ट रुपमा आफ्नो इच्छाले राजनीतिक सिद्धान्त विचार बुझ्न पाउनुपर्छ । जबरजस्ती युवालाई राजनीतिमा होम्नु हुँदैन भन्ने कुरा पुस्तकमा समेटिएको छ । पार्टीको नीति र सिद्धान्त युवापुस्ताले नबुझी राजनीतिमा लागेर भविष्यलाई अन्धकार बनाउनु हुदैन" लेखकले प्रष्टयाएका छन् । त्यसो त राजनीतिले केही मात्रामा युवाहरुलाई सकारात्मक असर पारेको पनि उनको पुस्तकले देखाएको छ ।
लेखक राष्ट्रले समाज परिर्वतन गर्न निकै बाँकी भएको देखेका छन् । त्यति मात्र हैन । उनले युवाहरुको मुलुक निर्माणको जिम्मेवारीको यात्रा पनि सकिएको छैन भनेका छन् । राष्ट्र निर्माणमा युवाको भूमिका लेखकले देखेका छन् ।
तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।