आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    जीवनशैली
    केबुलकारको सपना यसरी पुरा भयो
    April 02 2010

     

    बाल्यकाल शिक्षादीक्षा 

     

    वि.सं. १९९४ सालमा तत्कालीन पश्चिम नम्बर बोलिने गोर्खामा लक्ष्मणबाबु श्रेष्ठको जन्म भएको थियो उहाँको बाल्यकाल गोर्खामा नै बित्यो साधारण अध्ययन सिध्याएर गोर्खाबाट काठमाडौं छिरेका लक्ष्मणबाबुले २०१२ सालमा एसएससी उतीर्ण गर्नुभएको थियो उहाँले वि.सं. २०१६ सालमा त्रिचन्द्र कलेजबाट विए तहको अध्ययन पूरा गर्नुभयो भने त्यसपछि उहाँ कामको सिलसिलामा लाग्ने सोच बनाउनुभयो

     

    मन पर्ने फौजी जागीर 

    गोर्खा जिल्लामा जन्मेका लक्ष्मणबाबुका बुबा कपडा पसलको व्यवसाय गर्नुहुन्थ्यो नेवार परिवारमा जन्मिएका कारण लक्ष्मणलाई पनि व्यापार व्यवसायतर्फनै लगाउने परिवारले सोच बनाएको थियो

    बीएको पढाइको अन्तिम वर्षो क्रम चल्दै थियो, लक्ष्मणबाबु अब कुन क्षेत्रमा लाग्ने भनेर सोच बनाइरहनुभएको थियो गोर्खापत्रमा एउटा सूचना निस्कियो, बम्बईमा इन्स्पेक्टरको ट्रेनिङ लिनको निम्ति साथीभाइको लहलहैमा लागेर लक्ष्मणबाबुले पनि दर्खास्त हाल्नुभयो, नभन्दै उहाँ सेलेक्सन पनि हुनुभयो त्यस बेला उहाँको माइला दाजु घरको हर्ताकर्ता हुन्थ्यो उहाँले माइला दाजुलाई चिठी लेख्नुभयो जवाफमा माइला दाइले  "भाइ तैँले राम्रैसँग पढिस्, हामी नेवारको छोरा हौं त्यसैकारणले हाम्रो विशेष काम भनेको बन्द व्यापार नै हो, तैंले जागीर खाने इच्छा पनि गरिस्, त्यो पनि राम्रो कुरा हो तर जागीर खाए पनि पुलिसमा चाहिँ कहिल्यै पनि नखानू, त्यो छुच्चो काम हुन्छ ।" भनेर लेख्नुभयो

    लक्ष्मणबाबु भन्नुहुन्छ, "त्यो बेला धनकुटाका राजेश शाह, कमलपोखरी, काठमाडौंका मोहन वैद्य, रुम्जाटारका डिवि गुरुङलगायत / जना गएर दर्खास्त दिएका थियौं त्यतिबेला मलगायत जना सेलेक्सनमा परेका थियौं ।" "पछि घरको दाइहरुको सहमति छैन भने किन यो पेश गर्ने भनेर मैले माइन्ड नै चेन्ज गरेँ," उहाँ बताउनुहुन्छ

    "पछि फेरि आर्मीको लेफ्टीनेन्टको दर्खास्त मागियो त्यसमा पनि दर्खास्त दिएँ, त्यसमा पनि हुन्छ कि भन्ने आशा थियो, सबैमा पास भएँ तर चारजनाबाट दुइ जना सेलेक्सन गर्दा दुइजना भित्र पर्न सकिनँ ।" उहाँ अगाडि भन्नुहुन्छ, "म पहाडको मान्छे, मेरो निम्ति भनसुन गरिदिने मान्छे कोही थिएन, अरु हुनेखानेका छोराहरु सेलेक्सनमा परे चाहिँ परिनँ ।" यस कुरालाई भने लक्ष्मणबाबुले घरपरिवारलाई सुइँको सम्म पनि दिनुभएन

     

    फौजीमा निराश, व्यापारमा आश :

    हेर्दैमा हट्टाकट्टा फूर्तिलो एवं तन्दुरुन्त देखिने फौजीका मानिसहरुलाई देख्दा लक्ष्मणबाबु सानैदेखि पुलकित बन्नुभएको थियो उहाँ भविष्यमा आफू पनि फौजी क्षेत्रमा लागेर देशको सेवा गर्ने इरादा मनभित्र सजाएर राख्नुहुन्थ्यो सानोमा अलि उग्रवादी स्वभावका लक्ष्मणबाबुलाई यस्तो काम गर्न खुब मज्जा लाग्ने गथ्यो पनि   उहाँ भन्नुहुन्छ -मलाई फौजीमा काम गर्न मन लाथ्यो तर उहाँलाई यस घटनाले ज्यादै नै निराश तुल्यायो, अब उहाँले आफ्नो भविष्य व्यापारकै क्षेत्रभित्र खोल्न थाल्नुभयो   अब के गर्ने, कसो गर्ने भन्ने मनमा अनेकन खुल्दुलीहरुले लक्ष्मणबाबुको मनलाई चञ्चल पारिहेको बखत थियो उहाँ कोठामा बस्दाखेरी खानाखाँदाको बखत होस् या खाटमा पल्टिरहेको बखत उहाँ किम्कर्तव्यविमूढ बन्नुहुन्थ्यो त्यसैबखत २०१७/१८ सालतिरको कुरा हो, उहाँको सपनालाई साकार पार्नको निम्ति गोर्खापत्रको एउटा टेण्डरले ढोका खोलिदियो

     

    लक्ष्मणबाबुको रामकहानी :

     

    पढाइलाई भर्खरै सिध्याएर जागीरको चक्करसँग रुमलिनुभएका लक्ष्मणबाबुलाई घरबाट व्यापारव्यवसायतिर लाग्ने सल्लाह हुन्थ्यो उहाँको रुचि चाहिँ फौजीतर्फथियो तर उहाँले सोचेजस्तो भएन उहाँलाई गोर्खापत्रमा निस्किएको टेण्डरको सूचनाले व्यवसाय सुरु गर्न तर्फउत्साहित तुल्यायो, साथसाथै पहिलो गाँसमा नै ढुंगा भनेझैं यसैबखत उहाँले व्यवसायिक रामकहानी झेल्नुपर्यो

    उहाँ भन्नुहुन्छ, "एक दिन गोर्खापत्रमा चितवन हर्टिकल्चर अफिसको टेण्डर निस्कियो त्यतिबेला रु. एकको टिकट टाँसी दर्खास्त दिन पाउने चलन थियो मैले दर्खास्त हालें, पछि वास्तै गरिन् तीन महिना पछि कृषि विभागका मानिसहरुलाई टेण्डर हाल्ने मान्छेको विषयमा खुल्दुली भएछ यता मलाई भने टेण्डर हाल्ने इच्छा थियो, हाल्दिएँ सकियो

    मेरो डेरा क्षेत्रपाटीमा थियो, डेरामा बसिरहेको बखत एकजना व्यक्ति भर्याङबाटै "यहाँ लक्ष्मणबाबु भन्ने व्यक्ति को छ?" भन्दै उक्लिएँ भर्खरै खाना खाएर खाटमा पल्टिरहेको थिएँ मैले ढोका खोल्दै हेरेँ, अग्लो अग्लो बाहुन एकदम टिङरिङ परेका व्यक्ति देखेँ, "को कहाँबाट आउनुभएको" भनेर मैले उनलाई सोधे उनले केशवप्रसाद हुँ भनेर भने, ती व्यक्ति कृषि विभागका कार्यरत सुब्बा पदमा कार्यरत कर्मचारी रहेछन् "लौ तँलाई समात्न आएको लुगासुगा लगा" भनेर उनले भने त्यतिखेर झस्याङ भए "के कारणले मलाई समात्न खोज्नु भएको, चिठी ल्याउनोस् न" भनेर मैले भने चिठीसिठी उहीँ नै दिउला तँलाई, अहिले तँ मसँग सुरुक्क हिँडन भनेर सुब्बा केशवले भने साह्रै हैरानीमा परेँ मैले कारण खोतल्ने अनेकन प्रयास गरेँ, सकिनँ त्यसपछि लुगा लगाएर सुब्बासँग तल ओर्लिएँ उनको पछिपछि लागेँ , उनले मलाई सिंहदरवार लिएर गए "

     

    त्यतिबेला महानिर्देशक चन्द्रवीर गुरुङ भन्ने थिए उनीकहाँ पुगेपछि पो बल्ल थाहा भयो वास्तविक कुरो महानिर्देशक गुरुङले मलाई सोधे, "तिमीले दर्खास्त हालेका थियौं, किन वास्ता नगरेको ।" प्रत्यूत्तरमा मैले भने, "सूचना पढेँ, दर्खास्त हाल्ने इच्छा लाग्यो, मैले हालेँ, काम गर्ने इच्छाले चाहिँ हालेको होइन मैले ।" त्यसो गर्न कहाँ पाइन्छ भन्दै गुरुङले त्यसबखत हप्काउनु भयो उहाँले जेल हाल्छु भनेर समेत धम्काउनु भयो जवाफमा मैले भने, "मलाई थाहा छैन, जेलमा हाल्नोस् कि घरमा हाल्नोस्, केही मतलब छैन मैले नोटिश पढेँ, इच्छा लाग्यो हालिदिएँ, तपाइँले त्यो नोटिसमा जेल हाल्छु भनेर लेख्या छैन नि, यदि त्यस्तो लेख्या भए हाल्दै हाल्दैनथिएँ भनेर भन्दिएँ" मेरो कुरा सुनिसकेपछि महानिर्देशक गुरुङले केटो गजबको रहेछ भनेर भने त्यसताका टेक्कापट्टाको काम गर्न तराईबाट मानिसहरु आउने गर्दथे, उनले पहाडीया क्षेत्र देखेर त्यो टेण्डर मलाई पारिदिएको कुरा बताए जवाफमा विद्यार्थी मान्छे घरबाट आएको पैसाबाट मैले गुजारा गर्नुपर्छ कहाँ ठेक्का गर्न जाने भनेर भनिदिएँ त्यसपछि गुरुङले तिम्रो घरमा सल्लाह गर भन्नुभयो मैले पनि "हस्, हजुर सल्लाह गरेर आउँछु" भनेर त्यहाँबाट फुत्किएँ पछि जाँदै गइनँ एक महिना पछि त्यही सुब्बा बाजे आए फेरि पनि मलाई उनले समातेर लगे फेरि पनि फन्दामा परेँ डेरा सर्छु भन्ने पनि लाग्यो डेरा पनि खोज्दाखोज्दै पाइएन पनि चारचोटीको पालोमा उनीहरुलाई पैसा मसँग छँदै छैन, ठेक्काको काम पैसा नभई हुँदैन कसरी गर्ने अब, मात्र गएर हुन्छ भने जान तयार छु, भनेर भने त्यसो भन्दा तँ गए पुग्छ भनेर उनीहरुले भने फेरि मलाई उनीले फसादमा पारेँ तँलाई पैसाको के फिक्री तँ गएर बस मात्रै हामी सबै काम गर्छौं भनेर उनीहरुले भने त्यसपछि पनि घरसल्लाह गर्ने बहानामा फेरि फुत्किएँ

    फेरि पनि सुब्बाबाजे कोठामा नै आइपुगेँ एक साल बित्न आँटिसक्यो, फेरि पनि उम्कने खोजीमा लागेँ मलाई चन्द्रवीर गुरुङले खुब फकाए, "हेर बाबु, यो राम्रो मौका काम गरिस् भने तँ ठूलो मान्छे हुन सक्छस्, पैसा कमाउन सक्छन् तँ पैसाको चिन्ता नगर, सबै व्यवस्था मिलाइदिन्छु तँ गएर मात्रै बस"' भनेर भन्नुभयो पछि सोच्दासोच्दै ठिकै नि भन्ने ठम्याइमा पुगेँ जान तयार भएँ अनि त्यहाँको मेनेजर केशवराज राजभण्डारी उहाँ पनि त्यसबेला सिंहदरवार आउनुभएको रहेछ उहाँलाई बोलाएर त्रि्रो ठेकेदार यो हो, यिनलाई लिएर जाउँ, व्यवस्था सबै मिलाउ देऊ, पैसा जति चाहिन्छ यसलाई दिनू, यिनलाई राखेर काम गराउनू भनेर महानिर्देशक गुरुङले भन्दिए त्यसपछि गएँ चितवन, सुरुवात यसरी भएको थियो

     

    ठेक्काको काममै भुलेछु :

     

    "बाउन्न हण्डर त्रिपन्न घुस्सा" खाँदै ठेकेदार बनेका लक्ष्मणबाबु श्रेष्ठ त्यतिबेला २२ वर्षा लक्का जवान हुनुहुन्थ्यो ठेक्काको काम गर्दागर्दै उहाँ विस्तारविस्तारै त्यसैमा  भुल्लिन थाल्नुभयो उहाँ भन्नुहुन्छ, "त्यहाँ काम लागे पछि अरु अरु कामहरु पनि आयो, मज्जा लाग्न थाल्यो, पैसा पनि आउन थाल्यो चितवनको जंगलमा फुसको घर बनाएर बसे पनि केही छैन भन्ने उहाँले सम्झन थाल्नुभयो

     

    त्यसपछि उहाँले हर्टिकल्चरको कामसँगसँगै शिक्षाको काम थाल्नुभयो राप्ती जुन प्रोडेक्टको काम पनि उहाँलाई नै आयो पछि पछि सबैले मलाई नै काम दिन थाले काम गर्दै मेहनत पसिना बगाउँदै जाँदा लक्ष्मणबाबुले मनग्गे सम्पत्ति आर्जन गर्नुभयो उहाँ भन्नुहुन्छ, "पैसा राख्ने ठाउँ नै थिएन त्यसताका पैसाको शिरानी बनाएर राती सुत्ने गरिन्थ्यो ।" उहाँ भन्नुहुन्छ, "चितवन जंगलमा मानिसहरु त्यति थिएनन्, त्यसमा लाग्दालाग्दै मेरो जिन्दगी नै यसैमा सकिएछ ।"

     

    यो क्षेत्रमा लागेर धेरै नै उकालीओराली गरियो उहाँ भन्नुहुन्छ, "कहिले पैसा कमाइयो, कहिले पैसा गुमाइयो, यसको कहानी लामो , तपाइँ लेखेरै सक्नुहुन्न ।"

     

    संघर्षशील जीवन, राष्ट्रलाई योगदान :

     

    विभिन्न चढारतनावहरुका बाबजुद पनि लक्ष्मणबाबु श्रेष्ठलाई समयले एउटा स्थापित ठेकेदार पछिल्लो समयमा स्थापित उद्योगपतिको रुपमा स्थापित गराइसकेको उहाँले देशको लागि महत्वपूर्ण् धेरै कामहरु गरिसक्नुभएको कामको सिलसिलामा उहाँले नारायणी अञ्चलदेखि लिएर झापा, मेची अञ्चलदेखि लिएर महाकाली अञ्चलसम्म धेरै ठाउँमा काम गर्नुभएको विशेष गरी धेरै ठूल्ठूला कामहरु नारायणी सिंचाइ योजना, चितवन सिंचाइ योजना पोखराका मुख्य योजनाका सम्पूर्ण कामहरु उहाँले नै गर्नुभएको पोखराको राष्ट्र बैंक बनाउनेदेखि पोखराकै फेवा ड्याम, वेगनास ड्याम, विजयपुर ड्यामलगायत फुलबारी रिसोर्ट, मणिपाल हस्पिटललगायतका कामहरु पनि उहाँले गर्नुभएको हो महाकालीतिर धनगढीमा नेपाल राष्ट्र बैंक, महेन्द्रनगरतिर खानेपानीको जापनीज योजनाहरु मेची-महाकाली नै उहाँले गर्नुभएको हो   उहाँले केवुल कार स्थापना गरेर अर्को महत्वपूर्ण काम गर्नुभएको

     

    सरर केवुल कारैमा :

     

    गीतसंगीतलाई औधी माया गर्ने लक्ष्मणबाबु श्रेष्ठलाई "लालुपाते नुह्यो भैतिर, कि लाऊ माया मतिर, कि लाउ उहीँतिर, निलम, नलाऊ दुइतिर" बोलको गीत साह्रै मनपर्छ, सायद त्यसैले होला उहाँले सानैदेखि "सरर केवल कारैमा"को सपना मनभरि साँचेको हुनुपर्छ

    उहाँ भन्नुहुन्छ, "यो केवल कार मेरो बच्चादेखि सोच हो ।" "मलाई केवुल कार भन्ने थाहा थिएन, बच्चादेखि उकालोआरोलो गर्दागर्दा दिक्क लाथ्यो, चौतारोमा झोला राखेर यसो हेर्यो नजिकै ।" त्यतिबेला लक्ष्मणबाबु मनमनै सोच्नुहुन्थ्यो, "यी टुप्पा टुप्पामा डोरी टाग्न पाए, कति सजिलोसँग हिँड्न पाइन्थ्यो होला ।" नभन्दै संघर्षको मैदानमा उहाँ होमिइरहनुभएको कारण उहाँको सोचलाई माता मनकामनाले साकार गर्न मद्दत पुर्याउनु भयो

    जब उहाँ काठमाडौं आउनुभयो, काठमाडौं उहाँले लहरी देख्नुभयो राणाकालमा हलचोकबाट लौनचौरमा लहरीले ढुंगा बोक्थ्यो उहाँ भन्नुहुन्छ, "मेरो डेरा नजिकै रोपेवेको टावर थियो ।"

     

    त्यसबखत उहाँले यसरी नै गोर्खामा पनि तार टागेर हिँड्न पाए, बडो गजब हुने थियो भन्ने सोच्नुभएको थियो जब उहाँ कलेज जीवनमा पुग्नुभयो, कलेज पढ्दा फुर्सदको समयमा उहाँले दिनहुँ विभिन्न लाइव्रेरीमा पुगी केवल कारका बारेमा जानकारी लिन थाल्न लाग्नुभयो इण्डिया, अमेरिका, जापान सबै देशहरुको उपयोगी पुस्तक अध्ययन गर्नमा उहाँले समय व्यतीत हुन्थ्यो

    १९९८ मा जुनबेला मरिचमान प्रधानमन्त्री थिए, त्योबखत गोर्खापत्रमा मनकामनामा केवुल कार लाने नोटिश निस्क्यो उहाँलाई पनि टेण्डर हाल्छु भन्ने मनमा लागेको थियो, त्यतिबेला उहाँ वीरगञ्ज, चितवन, पोखरालगायतका ठाउँमा ठेक्कापक्काको काम गरिरहनुभएको बखत थियो, उहाँ साह्रै व्यस्त हुनुहुन्थ्यो कामको चापले गर्दा उहाँले त्यस कुरालाई बिर्सनुभयो, अर्कैले टेण्डर प्राप्त गर्यो "पछि गएर सोध्या टेण्डर अर्कैले पाइसक्यो, यतिबेला तपाइँ टेण्डर किन्न आउने भनेर उल्टै झापड खाइयो हुस्सु भइएछ भनेर आफैंलाई लाग्थ्यो ।" लक्ष्मणबाबु बताउनुहुन्छ  

     

    त्यसपछि उहाँ फर्केर आउनुभयो दुइतीन वर्षत्यत्तिकै बिते, उहाँले कसलाई दिएको भनेर मान्छे पनि खोज्दै हिँड्नुभएन तर धेरै समय बित्दा पनि हल्लाखल्ला , त्यहाँ काम नै सुरु भएको , त्यो देखेर स्थानीय व्यक्तिहरुलाई समेत केवुल कारको बारेमा लक्ष्मणबाबुले सोधखोज गर्नुभयो, प्रत्युत्तरमा कसैलाई थाहा नभएको जानकारी पाउनुभयो १९९३ मा उहाँ उद्योग विभाग जानुभयो त्यसबखत भानु आचार्य महानिर्देशक हुनुहुन्थ्यो, उहाँसँग लक्ष्मणबाबुले केवुल कारको बारेमा जानकारी लिनुभयो त्यतिबेला आचार्यले "हैन, हामीले बनाउने कोसिस पनि गरेका हौं, एउटा टेण्डर हाल्यो, म्याद थप गरेर बस्छ, काम गर्दैन," भन्नुभयो "काम नगर्ने मान्छेलाई काम दिने त" लक्ष्मणबाबुले भन्दाखेरि आचार्यले काम गर्ने अर्को मान्छे पनि चाहियो नि भन्ने जवाफ दिनुभयो त्यसबखत लक्ष्मणबाबुले मलाई इच्छा भएर सोध्न आएको भनेर महानिर्देशक आचार्यलाई भन्नुभयो "तपाइँ पनि त्यस्तै गर्ने हो कि साँच्चिकै गर्ने हो भनेर" लक्ष्मणबाबुलाई सोध्नुभयो

     

    जवाफमा लक्ष्मणबाबुले "साह्रै नै इच्छा भएर आएको हजुर" भन्नुभयो आचार्यले सम्बन्धित फाँटको मान्छेलाई बोलाएर थप जानकारी दिनुभयो उसले आवश्यक सबै विवरण आचार्यलाई दियो उसले पनि "म्याद थप्ने काम गर्दैछ, के गर्नु हजुर, यो हामीलाई घाँडो भएको छ" भन्यो त्यसो भए तुरुन्त चिठी लेखी १५ दिने म्यादमा स्पष्टीकरण बुझाउनुपर्ने आशयको पत्र लेख भनेर महानिर्देशक आचार्यले अह्राउनु भयो लक्ष्मणबाबुलाई एक महिना पछि आउनू भनेर आचार्यले भने पछि ठेकदारले "हजुर काम सुरु गर्छु भनेर लेखेर दिएछ ।" एक महिनापछि मजाँदा उसले नै सुरु गर्छ भनेको भनेर महानिर्देशक आचार्यले भन्नुभयो त्यसपछि लक्ष्मणबाबु फर्किए त्यसबेला एकडेढ महिना पछि फेरि आउनोस् भनेर भनेका थिए पछि त्यो काम गर्ने जिम्मेवारी लक्ष्मणबाबुकै काँधमा आइपुग्यो नभन्दै उहाँले सानोछँदा देखेको सपना पूरा गरि नै छाड्नुभयो

     

    उहाँ भन्नुहुन्छ, "त्यो भन्दा ठूलो खुशीको क्षण मेरो निम्ति के हुन सक्छ र ?" उहाँले त्यतिखेर करीब ६० करोडको लागत लगाएर केवलु कारको सुरुवात गर्नुभएको थियो

     

    अतीतलाई सम्झँदै उहाँ भन्नुहुन्छ, "मलाई त्यतिबेला हेर्याससमेन्ट गराउने मान्छेहरु धेरै थिए तर मैले आँटेको काम पूरा गरि नै छाड्ने अठोटका साथ लागेको कारण सफल भयो पनि ।" अहिले केवुल कार चलेको पनि १२ वर्षभइसकेको तर पनि कुनै समस्याविना नै यो चलिरहेको हरेक चार महिनामा तीन दिन बन्द गर्ने गरेको समयसमयमा सर्भिसिङ गर्ने गरेको लक्ष्मणबाबु बताउनुहुन्छ उहाँ भन्नुहुन्छ, "अहिलेसम्म माताको आशीर्वादले केही पनि भएको छैन ।"

     

    कृषि क्रान्ति अभियानमा :

    लक्ष्मणबाबु अहिले कृषि क्रान्ति गर्नेतर्फ बडो सचेत बनेर लाग्नुभएको उहाँले चितवन दुग्ध मिल स्थापना गरेर विदेशी आयातलाई कटौती गर्ने, स्वदेशी किसानहरुलाई प्रोत्साहन गर्दै वातावरण मिलाउने तर्फउहाँ लागिपरिरहनुभएको उहाँ भन्नुहुन्छ, "अहिले सहरले गाउँलाई शोषण गरिरहेको तर अब यो क्रान्तिले गाउँले शहरलाई सेवाका साथ आर्थिक उपार्जनको माध्यम बनाउने ।" गाउँगाउँका भरियाहरुले पानीको सट्टा कोकाकाला फ्यान्टा किनेर खाइरहेको कुरालाई उहाँले व्यङ्ग्य गर्दै यो प्रसङलाई उहाँले कोट्याउनु भएको हो

     

    यदि उचित रुपमा किसानलाई कृषि कार्य गर्नको लागि प्रोत्साहन सानो रुपमा पनि आर्थिक सहयोग गर्ने हो भने किसान पनि बाँच्ने विदेशीको मुख ताक्नु नपर्ने उहाँको धारणा

     

    प्रस्तुति: मदन सिलवाल

    Comments
    Posted By: saritashrestha111@yahoo.com
    Apr 02, 2010
    dhari dari dhanna bad . nepal ko pahilo mancha huncha tapai. thank you
    Posted By: shyam devkota
    May 02, 2010
    This is one of the great example of the good work,keep it up, we all have a good wishess for you.
    Posted By: bjarat khadka
    Nov 13, 2010
    Laxman ji you are the great person. Maile suneko thiya tapaile tatkalin raja birendrale bhetda timi matra hou company profit ma gayako chha bhanne byakti .
    Posted By: Nav raj shrestha
    Dec 21, 2010
    वास्तवमा नेपाल र नेपालीको बारेमा सोच्ने मात्र नभई केही गरेर पनि दिनु भएको ले धेरै धेरै धन्यबाद तपाईलाई | तर के गर्ने तपाईको जस्तो सोच अरुको पनि भएको भय ...... आट हुनेसंग गाठ हुदैन... गाठ हुनेसंग आट हुदैन तर तपाईसंग..........धन्यबाद हामी सम्पूर्ण नेपालीको तर्फबाट .......|
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक