आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    कला/सिनेमा
    सञ्चिताका कारण निर्देशक तनाबमा
    April 03 2010

    नायिका सञ्चिता लुइँटेल एकाएक सम्पर्कविहीन भई मुम्बई छिरेपछि बन्दी फिल्मका निर्देशक विजय केरुङ तनाबग्रस्त छन् । उनी तनाबमा आउनुको कारण सञ्चिताको सुटिङ बाँकी रहेर भने होइन । कारण हो, सञ्चिताको डबिङ कसरी गर्ने भन्ने ।

     

    सञ्चिताले नायक निखिल उप्रेतीसँगको प्रेमलाई बिहेमा परिणत गरिन् भन्ने चर्चाले अहिले कलिउड तातेको छ । निखिल र सञ्चिताले दोस्रो बिहे गरे, अब उनीहरू केही समय नेपाल र्फकन्नन् भन्ने अड्कल र ठोकुवा फिल्मकर्मीमाझ चलिरहेको छ । निर्देशक विजय आफ्नो फिल्म बन्दी सञ्चिताको डबिङका कारण अड्काइरहन चाहँदैनन् । सञ्चिताको डबिङ गराउन अरू नै कलाकार खोज्दै छन्, विजय ।

     

    सञ्चिताले बिहे गरेकाले अब फर्किन्नन् भन्ने सुनेपछि उनले उनको डबिङ अर्की नायिका निरुता सिंहलाई गराउने योजना बनाएका थिए । तर, सञ्चिता र निरुताको स्वर 'म्याच' नखाने भएकाले त्यो योजना खारेज गरेको बताउँछन्, उनी । भन्छन्, 'सञ्चिता केही महिना नेपाल नआउने उनको पारिवारिक स्रोतले बतायो । त्यसपछि मैले उनको डबिङ निरुताबाट गराउने सोचाइ बनाएँ । तर, निरुताको स्वर र सञ्चिताको स्वर दर्शकले प्रस्टै चिन्ने भएकाले उनको डबिङ कसलाई गराउने भन्ने टेन्सन भएको छ ।'

     

    बन्दीमा सञ्चिता लुइँटेलबाहेक अरुणीमा लम्साल, दिलीप रायमाझी, सुमन सिंहलगायतका कलाकारको अभिनय रहेको छ । रमेश गुरुङ कर्मा निर्माता रहेको बन्दीका अन्य कलाकारको डबिङ सहजै हुने भए पनि सञ्चिताका कारण काम रोकिएको बताउँछन्, निर्देशक विजय । 'अब अरू कुर्दिनँ । आइतबारदेखि कोही नयाँ कलाकारबाट सञ्चिताको डबिङ गराउँछु,' निर्देशक विजय भन्छन् ।

     

    उता, निखिलका कारण निर्माणाधीन फिल्म कसमको बाँकी सुटिङ पनि अन्योलामा परेको छ । कसमका निर्देशक लक्ष्मण रिजाल भन्छन्, 'निखिलबाहेकका अरू सिन खिचिसकियो । अब उनी नआएसम्म सुटिङ हुँदैन ।' निखिल कहिले आउँछन् ? उनलाई पनि थाहा रहेनछ । 'खै कहिले आउँछन्, थाहा छैन,' उनले भने, 'एग्रिमेन्ट गरेर पैसा फासाइसकियो । उनी कहिले आउँछन्, केही चाइँचुइँ नै छैन ।'

     

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक