आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    नेपाल समाचार
    तपाईं पनि निन्द्रामा घुर्नु हुन्छ कि ?
    April 03 2010

    घुर्ने आम समस्या हो । घुर्ने समस्या कुनै न कुनै समय वा उमेरमा जो-कसैलाई पनि हुने गर्छ । कहिलेकाहीँ घुर्नु गम्भीर समस्या होइन । तर, मोटा मान्छेमा यो समस्या बढी हुने गर्छ । ४५ प्रतिशत वयस्क कहिलेकाहीँ घुर्ने गर्छन् । तर, २५ प्रतिशतमा नियमित घुर्ने समस्या रहेको अध्ययनले देखाएको छ । घुर्ने समस्या ठूलो वा गम्भीर प्रकृतिको समस्या नभए पनि सँगै सुतेकालाई त्यसले ठूलै समस्या हुन्छ । तर, नियमित घुर्नेले आफ्नो सँगै सुत्नेलाई मात्र डिस्टर्ब गर्दैन, ऊ आफैँले पनि राम्ररी निद्रा पाएको हुँदैन । सुतेर उठ्दा ऊ लखतरान देखिन्छ । आराम गरेर उठेको मानिस स्फूर्त हुनुपर्नेमा लखतरान हुनु स्वास्थ्यको दृष्टिले पनि राम्रो होइन । त्यस्ता समस्या भए चिकित्सकलाई देखाएर उपचार गराउनुपर्छ 

     

    किन घुर्छ मानिस ?

     

    श्वास-प्रश्वासमा अवरोध हुँदा मान्छे घुर्ने गर्छ । मुख तथा नाकबाट श्वास लिँदा तथा बाहिर फाल्दा अवरोध भए मानिस घुर्छ । श्वास फेर्दा सहज तरिकाबाट श्वास लिन र छाड्न नसक्दा घाँटीका भित्तामा कम्पन हुन्छ । श्वास-प्रश्वासमा अवरोध गराउने केही तत्त्व हुन्छन् 

     

    नाकको प्वालमा अवरोध

     

    यदि, नाकको प्वाल वा त्यसको नलीमा केही वस्तु अड्किएर अवरोध पुर्‍यायो भने सुतिरहेको वेला श्वास फेर्न अतिरिक्त कोसिस गर्नुपर्ने हुन्छ । यसले कण्ठको अति कमला र अडिग रूपमा नबस्ने तन्तुलाई एकै ठाउँमा खिच्छ वा तिनलाई ध्वस्त पार्छ अनि मानिस घुर्छ । पिनासको संक्रमण भएका मानिस एलर्जी हुने याममा मात्रै घुर्छन् । एक नासिकाबाट अर्को नासिकालाई छुटयाउने भित्ताको संरचना बिग्रन गएमा वा नासिकाको पोलिप्स -उयथिउक) ले पनि अवरोध उत्पन्न गर्न सक्छ र निद्रामा समस्या आउन सक्छ 

     

    जिब्रो तथा घाँटीका मांशपेसीको खराब ध्वनि

     

    कण्ठ तथा जिब्रोका मांशपेसी धेरै लचिला भए भने या ती नासिने या वायुनलीतिर र्फकने सम्भावना हुन्छ । गहिरो निद्रा, रक्सीको नसा वा निद्रा लाग्ने औषधि खाएका कारण यस्तो हुन्छ । सामान्य बुढयौलीमा पनि यस्ता मांशपेसी खुकुला बन्छन् र घुराइको कारण बन्न सक्छन् 

     

    घाँटीका तन्तु मोटा भएमा

     

    बढी वजन हुने व्यक्तिको घाँटीका तन्तु मोटा हुन्छन् । ठूला टन्सिल भएका वा नाकका पोरा ठूला भएका बालबालिका प्रायःजसो घुर्छन् 

     

    नरम तालु वा किलकिले लामो भएमा

    लामा नरम तालु वा किलकिले लामो भएमा त्यसले नाकदेखि मुखसम्म जाने नलीलाई साँघुरो बनाइदिन्छ । निदाएको वेला यी संरचनामा कम्पन उत्पन्न हुँदा वा एक-अर्कोमा टकराउँदा वायुनलीमा अवरोध उत्पन्न भई मानिस घुर्न थाल्छ 

     

    के-के खतरा हुन्छ ?

     

    घुर्ने बानी परेका व्यक्तिको स्वास्थ्य गम्भीर खतरामा हुन सक्छ । सुताइमा अवरोध खडा हुनु एकप्रकारको बिरामी हुनु हो र यो प्रायःजसो विकृत घुराइसँग सम्बन्धित हुन्छ । यस्तो अवस्थाले कैयौँ समस्या खडा गर्छ । जस्तैः निदाएको वेला दस सेकेन्डभन्दा बढी समयसमम श्वास फेराइमा लामो अवरोध भएमा श्वासनलीमा आंशिक वा पूर्ण अवरोध आउन सक्छ । यस्तो गम्भीर अवरोध रातभरिमा सयौँचोटि पनि हुन सक्छ 

     

    आफूलाई थाहा नभए पनि निद्राबाट बारबार ब्युँतने समस्या हुन सक्छ । अवरोध उत्पन्न भई निद्रामा घुर्नेहरू हलुका मात्र सुत्न सक्छन् किनभने तिनलाई निरन्तर वायुप्रवाहका लागि आफ्नो घाँटीका मांशपेसी तन्काइराख्नु आवश्यक हुन्छ 

     

    धिरैजसो, रगतमा अक्सिजनको मात्रा कम हुन्छ । यसले गर्दा मुटु बेस्सरी चल्नुपर्ने हुन्छ र रक्तचाप बढ्न जान्छ । यसले छटपटी हुनुका साथै निद्रा लाग्दैन । दिनभरि आलश्य हुन्छ र व्यक्तिको जीवनको गुणस्तरमा नकारात्मक असर पार्छ 

     

    लामो समयम्म यस्तो अवरोध रहिरहयो भने रक्तचाप बढ्दै जान्छ अनि मुटुको आकार ठूलो हुन सक्छ र हृदयाघात हुने एकदमै खतरा हुन्छ 

    Comments
    Posted By: chyangba moktan
    Apr 21, 2010
    oooooooooooho yestyo po rahichha yar?
    la hai sathi ho balaima bichar garnu hai?
    rok lai palnu hudainani la..mero .......... haru?
    Posted By: Ramkrishna
    May 14, 2010
    naghurne upaya k hola please mero ta beijwat bhai sakyo yo samasya le
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक