आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    विचार
    पार्टी,सरकार र प्रबृत्तिको गम्भीर मोडमा एमाले
    April 10 2010

    - डिल्लीराज पौडेल- बाल्टिमोर

     

    अहिले मुलुक संबिधान निर्माण र दिगो शान्ति स्थापनामा प्रतिक्षारत छ, नेपाली जनता लोकतन्त्रको संस्थागत विकास र राजनीतिक तरलताको दीर्घकालीन नीकास होस् भन्ने चाहना राख्दछन तर राजनीतिक दलहरु दलीय स्वार्थ भन्दा माथि उठेर राष्ट्रिय सहमतिमा पुग्न सकिरहेका छैनन् । मुलुकको निम्ति यो सबै भन्दा ठूलो दुर्भाग्य हो ।

     

    निर्बाचनमा बढी सिट ल्याएको कारण एमाओबादी,सरकारको नेतृत्व गरिरेको कारण एमाले र हिंग नभएपनि हिंग बाधेको टालो- इतीहासमा ठूलो पार्टी रहेको नेपाली कांग्रेसमा विद्यमान दम्भ यी  तीनवटा संकिर्ण राजनीतिक सोचको कारण नेपाली राजनीतिले गति प्राप्त गर्न सकिरहेको छैन | कार्यकारी शक्तिका हिसाबले सरकारको नेतृत्व गरिरहेको एमालेका सामु दुइवटा चुनौती र अवसर एकैचोटी थपिएकोछ ।

     

    जिम्मेवार राजनैतिक दल भएकै कारणले एमाले लोकतान्त्रिक नेपालमा नौलो आयाम कायम गर्नु र राज्यप्रतिको दाइत्व पुरा गर्नु उसको दलीय जिम्मेबारी हो |  त्यो भन्दा बढी बर्तमान सरकारको गठनको परिस्थिति र शैली जस्तोसुकै भएपनि न्युनतम रुपमा त्यसको नेतृत्व एमालेले गरेकै कारणले पनि सरकारको तर्फबाट समेत यसले राजनीतिक निकासको निम्ति पहलकदमी गर्नु  नैतिक कर्तब्य समेत हो ।

     

    एमाले अहिले पार्टीका मूल्य र मान्यता, सरकारको नेतृत्व, त्यसको शैली र औचित्यता  अनि पार्टी र सरकारलाई हेर्ने बिचलित प्रबृत्तिको गम्भीर मोडबाट गुज्रिरहेको छ |  नेपाली राजनीतिमा अलग पहिचान  कायम राख्न सफल एमालेमा आज दलगत मान्यता वा कार्यगत मान्यता कुन ठूलो भन्ने यक्ष प्रस्न खडा भएको छ । ने.क. पा. एमालेको क्रान्तिकारितामा  पूर्ण बिराम लगाउने र सत्ता राजनीतिमा लिप्त हुने वा परिवर्तन नभएको अर्थमा पार्टीका मूल्य र मान्यता त्यागि पार्टीनै फुटाउने उग्र क्रान्तिकारिता अपनाउने दुइ बिपरित ध्रुबको बिचमा संयोजनको समस्या देखिएको छ । यतिबेला एमाले दक्षिणपन्थी र उग्र पन्थी दुइ सोचबाट ग्रसित भएको छ । जबजको  मध्यमार्गीय  अबधारणा  एमालेको पहिचान र मुलुकको आबस्यकता दुवै हो तर जबज भनेको  बिसर्जनबाद र उग्रवादको लुकामारी खेल्ने मैदान होइन ।

     

    पार्टीको नीति र झन्डा भित्र अटाउन सक्ने तर पार्टीका मूल्य र मान्यतालाई एक भएर लागु गराउन नसक्नु यो एमालेको नीतिगत होइन नेताहरुको समस्या हो । लाखौ सदस्यहरुले प्रदान गरेको लेबिबाट तलब भत्ता चाही मिलेर  खाने, काम चाहि मनपरी गर्ने ? के एमालेको नेतृत्वमा  पुग्नु  भनेको नेताहरुलाई तलब भत्ता खुवाउने धर्मशालामा पुग्नु  हो ???  खबरदार !!! नेताहरुको स्वार्थ र लम्पटपनको  कारणबाट पार्टीको अपमान हुनेगरि हुर्मत काढ्न पाइदैन | अन्तर-पार्टी संघर्स जीवन्त पार्टीको निम्ति आबस्यक र स्वाभाविक दुवै हुन्छ तर संघर्षको उदेस्य राष्ट्रिय स्वार्थको निम्ति र शैली बस्तुगत हुनुपर्दछ | पार्टी, नेताहरुको पैत्रिक सम्पति होइन कसैले सरकारको मुहानमा गएर मुहान थुनी पार्टीलाई सुख्खा पार्ने अनि कसैले घुर्कि लगाउँदै पार्टीलाई अंस-बण्डा लगाइ टुक्र्याएर पोको बोकेर हिड्न पाइदैन ।

     

    पार्टीको मूल्य र मान्यता दलको पहिचान र गन्तब्य हो । कार्यगत एकता परिस्थितीको उपज हो यो आवधिक र परिबर्तीत हुन्छ तर कार्यगत एकताको नाउमा दलगत मान्यतालाई तिलान्जली दिनु राजनीतिक अपराध हो, राजनीतिक मान्यतालाई परिस्थितीको दास बनाउनु राजनैतीक बेइमानी र धोका समेत हो । एमालेमा अहिले सरकार नेतृत्व गर्नको निम्ति भएको कार्यगत एकतालाइ  निरन्तरता दिनु  भनेको  पार्टीको मूल्य, मान्यता र पार्टीको छविलाई चुनौती दिनु  हो ।पार्टीले सरकार हाक्न सक्छ, पार्टी नीति र बिधीले चल्छ तर  सरकारी लौरोले पार्टीमा प्रभाब कायम गर्न खोज्नु दिवा सपना मात्र हो, एमाले नेतृत्वलाई यो खुला चुनौती समेत हो ।

     

    पार्टी प्रमुख र सरकार प्रमुख सातु र खट्टे साटे जस्तो होइन । सरकार प्रमुख बाट हट्नु पर्छ भने पार्टी प्रमुखले पनि राजिनामा गर्नु पर्छ भनेर लाखौ कार्यकर्ताको आसा र बिस्वासको केन्द्र बिन्दुको रुपमा रहेको पार्टीलाई प्रधानमन्त्रीको च्याखे थापेर जुवा खेल्ने अधिकार माधब नेपाललाई कसले दियो ? यो सरकार माधब नेपालको हो भने चुनाब पछि बकौतो पाएको सभासद पदबाट राजिनामा गरेर सरकार प्रमुख हुनु पर्यो । होइन सरकारको नेतृत्व एमालेले गरेको हो भने पार्टीको मान्यता र मुलुकको आबस्यकतालाइ आत्मसात गरेर रष्ट्रिय सहमतिको सरकार गठन गरेर या त  संबिधान निर्माण गर्नु पर्यो होइन भने  मुलुकलाई दुर्घटना हुन बाट बचाउन राजिनामा दिएर निकासको मार्ग प्रसस्त गरिदिनु पर्यो । माधब नेपालको सरकारले एमाले चलाउने होइन एमालेका माधब नेपालले सरकारको नेतृत्व गर्ने हो भने  एमालेले फिर्ता बोलाउदा पार्टीलाई बन्धकी र पार्टी प्रमुखलाई सर्त राख्ने होइन सुरुक्क राजिनामा दिने हो, यो राजनीतिको सामान्य नियम हो । यसैमा स्वयम माधब नेपाल, एमाले र सिङ्गो नेपालको कल्याण छ।

     

    एमालेको तेस्रो  धार न एता न उता सधै लम्पसार! जब जब मुलुक संक्रमण आवस्थामा पुग्दछ र मुलुकलाई एमालेको नेतृत्व आबस्यक पर्दछ  अनि  एमालेमा तेस्रोधार अन्यायमा पर्दछ । पार्टी अधिबेसन देखि सामान्य अबस्थामा यो सुतेर बस्दछ, जब जाग्दछ तब यसले पार्टीमा बिद्रोहमात्र होइन उस्तै परे अन्सको पोको बोकेर भाग्दछ । यो रोग एमालेमा ५० को दसकपछी लागेको हो र अध्याबधी कायम छ । भाग्ने बुहारीका कुरै धेरै भने जस्तो अहिले यो धारको सत्य कुरालाई समेत एमालेको  सरकारबादी धारले सुनेर  भन्दा उडाएर आत्मरति पुरा गर्दछ । यो  माधब नेपालको १५ बर्से नेतृत्वको उपज हो । कठिन घडीमा उपयोग गर्ने र सहज घडीमा सत्तो सराप गर्ने माधब नेपाल प्रबृत्ति र फुटमा होइन एकजुटमा कल्याण छ भनि नबुझ्ने यस पक्षको कमजोरी एमाले पार्टीको निम्ति दुइ फरक प्रकृतीका क्यान्सर हुन् । फुटाएर नेतृत्व लिन खोज्ने र फुटाउने घुर्की लगाएर नेतृत्वमा पुग्न खोज्ने दुवै रोगको निदान खोज्नु प्रतेक एमाले सुभेच्छुक हरुको दाइत्व बनेको छ आज ।लाखौ एमालेका सदस्यहरु पार्टीका इमान्दार अनुयाई  अबस्य हुन्  तर जंगबहादुरका अन्धभक्त सिपाही  कदापी होइनन, नेतृत्व यसमा प्रस्ट भए हुन्छ।

     

    एमालेमा जति नेता उत्ति धार- निर्बाचनमा बिजय होइन हारै हार !!! एमालेमा अर्को कन्सुत्ले धार छ जो संसदीय र पार्टीका सबै निर्बाचनमा हार्छ तर सिंह दरबारको वरपर रहेर सत्ताको बाडुकी डकार्छ । जुँगाको चालमा बोल्ने र बिमति राख्ने सबैलाई पोल्ने यो धारको बिशेषता हो । चुडकिको भरमा बोल्न जति सहज छ ब्यबहारमा उतार्न कठिन छ, यो इतीहासले प्रमाणित गरेको  हो । त्यसैले चुडकिले चटके त बन्न सकिएला तर  राजनेता बन्न सकिदैन । यो प्रबृत्तिले  जनमतको आधारमा होइन शक्ति-केंद्रहरुसंगको मिलेमतोमा  एमालेलाई सत्तामा पुरर्याउन त सकिएला तर  शक्ति केन्द्रहरुको नुनको सोझो गर्दा सरकारलाई पतीत र अन्तत्तोगोत्वा  पार्टीलाई समेत  पतन गराउछ, जो अहिले भैरहेछ  । यो धार एमालेको निम्ति खट्टा अंगुर हो । सरकारमा पुग्नु एमालेको उद्देस्य हो लक्ष्य होइन । सरकारनै सर्बेसर्बा देख्ने अल्पबुद्धिले पार्टीलाई अल्पायुमा बद्नाम गर्न पाइदैन, पार्टी मजबुत भए पुग्दछ पतित सरकार नेतालाई मात्र हो कार्यकर्तालाई चाहिदैन ।

     

    दुइ बिपरित ध्रुबलाई संगै लिएर हिड्नु वर्तमान नेतृत्वलाई स्वाभाविक र सहज होइन । तर मिलापको नाउमा  दुवै पक्षसंग सम्झौता गर्दै जादा माधब नेपालको १५ बर्से इतिहास नदोहोरिएला भन्न सकिदैन । बर्तमान नेतृत्व  पार्टीलाई रुपगत शैलीमा होइन सारगत शैलीमा संचालन गर्न अनिर्णयको वन्दी बन्नु हुदैन । पार्टीको नेतृत्व त्यागको पुरस्कार होइन समर्पणको उपज हो अनि लाखौ कार्यकर्ताको बिस्वास हो र यसलाई  ब्यबहारमा उतार्नु  राजनैतिक निखारता र परिपक्वता समेत हो । नेतृत्वले निर्णय गर्दा ब्याक्ति र जुंगालाई हेरेर होइन टाउकामा कात्रो बाधेर पार्टीको निम्ति मर्न तयार गाँउका दूखी तर इमान्दार कार्यकतालाई सम्झेर गर्न सक्नु पर्दछ | 

     

    बस्तुनिस्ट शैलीले काम गर्न सकेमा  पानीमा तैरीएको लेउ जस्ता बिना धरातलका कृतिम समस्या र प्रबृत्तिहरु कार्यकर्ताको कसीमा बिलाएर जानेछन, अनि मात्र एमाले रुप र सार दुबैमा मजबुत पार्टीको रुपमा स्थापित हुन सक्ने छ |

    Comments
    Posted By: khagendra Thapa
    Apr 10, 2010
    baltimore maa baser jhalanaathako jhola bokne ki baamdevako puchhar banne ? jahalanaathako jhola bokne ho ra baamdevako puchhar banne ho bhane nepal jaanu parchaa mr. som prasad ok.
    Posted By: dhruba karki
    Apr 10, 2010
    One should not interpret somebody's fair judgement as a group prejudice.... I totally agree with Dilli jee's opinion in the current political situation...
    Posted By: bishnu gurung
    Apr 10, 2010
    ma dilli ji ko bhanaai sanga purai samarthan garchhu.4 neta laai DAADO KATAAUNU PARCHA--KO KO BHANE MADHAV,JN,KP RA BAME
    Posted By: bishnu gurung
    Apr 10, 2010
    dilli jyu ko lekh thik lagyo, makune,jhale,khade ra party phoduaa ra bhaduaa baamee laai daado kataaunu parchha.
    Posted By: prakash bhotewal
    Apr 10, 2010
    mero sasuraale ke garnu bhaako chha ra aarop?
    Posted By: prem lopchan
    Apr 10, 2010
    timro sasuraale ke garyo thahaa chaaina? paarty phutaayo,sun kaandamaa dui karod khaayo,maaobaadiko sarkaarko paalaamaa griha mantri hudaa timro naamma 2 ropani jagga kini diyo ani ahile pheri paarty phutaauna laageko chha.uttar chha?
    Posted By: rameshwor
    Apr 10, 2010
    haamro deshma baaburaam, pradip nepaal ra narhari netaa bannu parcha.
    Posted By: Brihaspati lama
    Apr 14, 2010
    i think this view is not bad but poltic leader is croption i hed all partys leader u have to wrote for leader and party.why slient for bad leader this is my view.
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक