आर्थिक क्रान्ति र परिवर्तनको लागि पर्यटन नै देशको प्रमुख आधार भएको बताउदै आर्थिक मेरुदण्डको रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्नुपर्ने बताउनुभयो । पर्यटन वर्षमा नागरिक सहभागिता गराएर देशको मुहार फेर्नुपर्ने उल्लेख गर्नुभयो । मन्त्रि भण्डारीले पर्यटन बर्ष२०११ लाई बन्द हड्ताल मुक्तबनाउन केन्द्रियस्तरमा प्रमुख दलहरुले प्रतिबद्धता जनाईसकेको स्मरण गराउँदै आफनो प्रतिबद्धताबाट कोहि पनि टाढिन नहुने बताउनुभयो ।
उहाँले एकिकृत माओवादि तर्फ ईंगित गर्दे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका दलले बन्द हड्ताल गरेमा जनताले त्यस्ता दललाई खवरादरि गर्न आवाश्यक रहेको बताउनुभयो । "एकिकृत माओवादिले पनि हस्ताक्षर गरीसकेको छ, यदि उसले सम्झौता विपरीत काम गर्छ भने जनताले कारवाहि गर्नुपर्छ" -भण्डारी भन्नुभयो ।
उहाँले मुलुकमा बन्द हड्ताल हुनु भनेको आर्थिक क्रियाकलाप ठप्प हुने बताउँदै बन्द हड्ताल गरेर जनजिवनलाई प्रभावित नपार्न राजनैतिक दलसंग आग्रह पनि गर्नुभयो । मन्त्री भण्डारीले आन्तरिक पर्यटनको जग बलियो नभएसम्म अर्न्तराष्ट्रिय पर्यटनको कल्पना पनि गर्न नसकिने स्पष्ट पार्नुभयो ।
"जवसम्म आन्तरिक पर्यटन शसक्तहुदैन, तवसम्म वाह्य पर्यटन कल्पना गर्नु बेकार छ"उहाँले भन्नुभयो । मन्त्री भण्डारीले सन् २०११ मा करिव ३३ वटा एअरलाईन्सले नेपालमा उडान भर्ने करिब करिव पक्का भईसकेको बताउँदै अहिले आन्तरिक विमानलाई पनि मजवुत पार्ने काम भईरहेको जानकारी दिनुभयो ।
उहाँले जनकपुरबाट पोखरा हुदै मुक्तिनाथ र मुक्तिनाथबाट लुम्विनि हुँदै काठमाण्डौ पुग्नको लागि नयाँ रुटहरु बनाउने कामको गृहकार्य भईरहेको पनि जानकारी दिनुभयो ।
"पर्यटनका लागि संगसंगै आर्थिक उन्नतीका संगसंगै, अव वेला भएको छ जुट्ने, देश विकासको लागि संगसंगै" भन्ने नाराको साथ पर्यटन वर्ष२०११ को लागि पश्चिमाञ्चल सुभारम्भ कार्यक्रमको मन्त्रि भण्डारीले लुम्वीनिबाट ल्याइएको शान्ति दिप बालेर उद्घाटन गर्नुभएको थियो ।
पोखराको रंगशालामा भएको शुभारम्भ कार्यक्रममा बोल्दै पश्चिमाञ्चल शुभारम्भ कार्यक्रमका संयोजक विप्लव पौडेलले सन् २०११ मा पश्चिमाञ्चलमा बढि भन्दा बढि पर्यटक भित्र्याउन सवै क्षेत्र, वर्ग खुलेर लागन आवाश्यक रहेको बताउनुभयो ।
पश्चिमाञ्चल शुभारम्भकै अवसर पारेर पर्यटन वर्ष२०११ लाई बन्द हड्ताल मुक्त बनाउन पश्चिमाञ्चललामा
वन्द हडताल जस्ता कार्य नगर्न राजनीतिक दलहरुले सार्वजनिक रुपमा प्रतिबद्धता जनाएका थिए ।
राजनैतिक दल , तिनका भातृसंगठन, र विभिन्न संघ संस्थाले तीन दिन अगाडि गरेको लिखित प्रतिबद्धता जनतासामु सामुहिक रुपमा पढेर सुनाएका थिए । प्रतिबद्धता कार्यक्रममा एकीकृत नेकपा माओवादिले सहभागिता जनाएन ।
प्रतिबद्धता सुनाउनेहरुमा नेपाली कांग्रेस कास्कीका तर्फबाट कांग्रेस कास्की सभापति यज्ञ बहादुर थापा, नेकपा एमालेका तर्फबाट कास्की अध्यक्ष मानबहादु जीसी, राप्रपा कास्कीका तर्फबाट कमलमान गुरुङ, जनमोर्चाका तर्फबाट बिष्णु पुरी, नेकपा संयुक्तका तर्फबाट इकानसिंह गुरुङ हुनुहुन्थ्यो ।
यसैगरी विद्यार्थीहरुका तर्फबाटट पृथीवीनारायण क्याम्पसका स्ववीयु सभापति रश्मी आचार्य, नेपाल विद्यार्थी संघ पृथीवीनारायण क्याम्पसका इकाइ समितिका सभापति रामप्रसाद अधिकारी, यस्तै तरुण दल कास्कीका अध्यक्ष ऋषि काफ्ले, युवा संघ केन्द्रीय कमिटी सचिव राजीव पहारी, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका शेषवीर राणा, नेपाल महिला संघ केन्द्रीय सचिव शारदा पौडेल, अखिल नेपाल महिला संघ केन्द्रीय सचिव सीता गिरी, पर्यटन व्यवसायी, उद्योगी, व्यापारी, ट्रेड युनियन, यातायात मजदुर संघ लगायतका अन्य संघ संस्थाका प्रतिनिधीहरुले हस्ताक्षर गर्नुभएको छ ।
कार्यक्रममा लोपोन्मुख जाति कुसुन्डा मामालाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा पश्चिमाञ्चलका १६ जिल्लाका विभिन्न संघसंस्था, क्याम्पस, विद्यालय, आमा समूह, क्लव, पर्यटन ब्यवसायी , विभिन्न संघसंस्था, जातीय संगठन लगायतले आ-आफनो झाँकीसहित कार्यक्रमलाई रौनकता थपेका थिए ।
पर्वतबाट प्रस्तुत गरीएको हनुमान नाँच सबैको आकर्षणको केन्द्रविन्दु बनेको थियो । चर्को घामको बाबजुद पनि मानिसहरुले उत्सुकताका साथ कार्यक्रममा सहभागिता जनाएका थिए । सभा अधि पोखराका विभिन्न ठाँउबाट र्याली निकालीएको थियो ।