वैवाहिक कार्यक्रम सम्पन्न भएको जानकारी दिदै मिर्जाकी प्रवक्ता रुचा नायकले दाम्पत्य जीवनको सफलताको लागि सुभकामना दिन सुभेच्छुकलाई आग्रह गरेकी थिइन्। मिर्जा र मलिकको विवाहको बाटो गत साता मात्र खुलेको थियो।
मलिकले आफूसँग सन् दुई हजार दुईमा नै विवाह गरेको दावी गर्ने आयशा शिद्धिकीले सम्बन्ध विच्छेद गर्ने घोषणा गरेपछि यी दुई चर्चित जोडीको विवाह गर्ने बाटो खुलेको थियो। मलिकले भने आयशासँग विवाह नगरेको दावी गरेका थिए।
तर, मुस्लिम धर्मगुरुहरुको आग्रहपछि शोएबले अत्यन्तै न्यून १५ हजार भारतीय रुपैयाँ आयशालाई जरिवानास्वरुप तिरेको संचारमाध्यमहरुले जनाएका थिए। गत साता विवाह गर्न हैदरावाद पुगेका मलिकको राहदानी भारतीय प्रहरीले जफत गरेको थियो।
२८ वर्षिय मलिक र २३ वर्षिया मिर्जाबीच विहीवार विवाह गर्ने निर्णय भएको थियो। तर, अप्रत्याशित रुपमा यी २ को विवाह सोमवार भएको हो। विवाहपछि मलिक र मिर्जाले दुवइमा बस्ने योजना बनाएका छन्।
मलिक पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान हुन्। हाल उनी एक वर्षको लागि प्रतिबन्धमा परेका छन्। सानिया र शोएबको बैवाहिक कार्यक्रममा दुवैको परिवारसँग आवद्ध लगभग ७० जना सहयोगी र आफन्तहरुको सहभागिता थियो।
वैवाहिक कार्यक्रममा शानियाले आफ्नै आमाको रातो रंगको साडी पहिरिएकी थिइन्। जसलाई उनकी आमाले २५ वर्षपहिले आफ्नो विवाहमा पहिरिएकी थिइन्।