आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    सम्पादकीय
    दलीय घेराबाट माथि उठ
    April 13 2010

    नयाँ वर्ष २०६७ ले नेपालीको घर आँगनमा पाइला टेक्न आँटेको नयाँ वर्षको आगमनसँगै बितेको वर्षमा भएगरेका राम्रा नगराम्रा कामहरूको समेत समीक्षा शुरु हुन थालेको

    नेपाल यतिबेला राजनीति संक्रमणकालको अवस्थामा संविधानसभाको निर्वाचन सम्पन्न भएको चैत्र २८ गते वर्ष पुगेको अन्तरिम संविधानमा दुई वर्षभित्र नयाँ संविधान जारी गरिक्नुपर्ने उल्लेख तर संविधानसभाका सभासद्हरूले सपथग्रहण गरेर पहिलो बैठक गरेको दिनबाट समय गणना गरिएकोले २०६६ जेठ १४ गतेभित्र नयाँ संविधान जारी गरिसक्नुपर्ने समयसीमा तोकिएको हो

     

    अन्तरिम संविधानमा यही समयभित्र संविधान जारी गरिसक्नुपर्ने व्यवस्था गरिएको तर दलहरूको रवैयाले गर्दा यो मितिसम्ममा संविधान जारी हुने सम्भावना समाप्त भएको देखिँदैछ

     

    २०६७ को आगमनसँगै नेपालीले थप पीडा भोग्नुपर्ने भय सन्त्रास बढिरहेको दलहरूबीचमा देखिएको बेमेल तिक्तताले मुलुकवासीले कुन अनिष्टको सामना गर्नुपर्ने हो, त्यसको अनुमान लगाउन अहिले कठिन

     

    २०६६ को एकवर्षको अवधि मुलुकको राजनीति अत्यन्त तरल र टकरावपूर्ण रह्यो यही अवधिमै नेकपा माओवादी नेतृत्वको सरकार ढल्यो भने एमाले नेतृत्वको सरकार गठन भयो तर, राजनीतिक अस्थिरता थप उत्कर्षमा पुग्यो सडक सदन लगातार अवरुद्ध बने बन्द, हड्ताल चक्का जामले बितेको वर्षले नयाँ कीर्तिमान कायम गर्यो संविधानसभामा सबभन्दा ठूलो दल एनेकपा माओवादीले निरन्तर सदन अवरुद्ध गरेर सदनका सबै गतिविधि अवरुद्ध बनायो त्यतिमात्रै होइन, सरकारलाई सार्वजनिक बहिष्कार गर्ने नाममा देशभर मुठभेड भीडन्तका घटना दोहोरिइरहे समग्रमा भन्नुपर्दा गणतन्त्र स्थापनापछि राजनीतिक मुठभेडको वर्षको रुपमा स्थापित भयो, २०६६

    शान्ति प्रक्रियाको निस्कर्ष, नयाँ संविधान राज्यको पुनसंरचनाजस्ता प्रमुख एजेण्डामा दलहरू चुके राष्ट्रिय महत्वका यी अहं सवाललाई दलहरूले नजरअन्दाज  गरेको देखियो शान्ति प्रक्रिया निस्कर्षमा पुर्याउने संविधान निर्माण गर्ने मूल जिम्मेवारीबाट पञ्छिएर दलहरू एकअर्कामा आरोपप्रत्यारोप गर्नमै तल्लीन देखिए अझ सत्ता समीकरणको खेलमा लाजलाग्दो गतिविधि देखाए दलहरूले यो दृष्टिबाट हेर्दा एकदम निरासाजनक वर्षको रुपमा विदा भयो, २०६६

     

    मुलुकमा गणतन्त्र स्थापना गर्न माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलाधारमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई समेत मुलुकले यसै वर्ष गुमाएको आफ्नो राजनीतिक जीवनको अन्तिम क्षणमा मुलुकको राजनीतिको मियोका रुपमा स्थापित हुन सफल भएका कोइरालाको निधनले मुलुकलाई एउटा अभाव खड्काउने काम गर्यो यसकारण पनि यो वर्ष सबैको स्मरणमा रहिरहने

     

    प्राकृतिक विपत्ती, राजनीतिक असहजता, विदेशी चलखेल, दलहरूको अकर्मण्यता, सरकारको लाचारी सत्ता लिप्साजस्ता अनेक कारणले बितेको वर्षलाई नेपालीहरूले लामो समससम्म स्मरण गर्ने छन् केही राम्रा सकारात्मक उपलब्धीलाई छाड्ने हो भने २०६६ को मूल्यांकन यसरी नै गरिनेछ

    विगतका नराम्रा अप्ठ्याराहरूबाट शिक्षा लिएर भविष्यको बाटो बनाउनुपर्छ भन्ने आम मान्यतालाई राजनीतिकर्मीले पनि आत्मसाथ गर्नुपर्ने अवस्था देखिएको २०६६ का उनीहरूका असफलताबाट दलहरूले सिक्नु आवश्यक विगतको बेमेल, असहिष्णुता, सत्तालिप्सा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिलाई अन्त गरेर नयाँ वर्षको आगमनसँगै दलहरू मुलुकप्रति जिम्मेवार हुनु जरुरी जनताले दिएको जिम्मेवारी पूरा गर्न दलहरू तत्काल लागेनन् भने नयाँ वर्ष पनि उनीहरूको लागि अभिशाप सावित हुनेछ

     

    यो वर्षशान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउने, नयाँ संविधान जारी गर्ने, मुलुकलाई अग्रगामी रुपान्तरण गर्ने प्रक्रियामा दलहरू सफल हुन सक्नुपर्दछ, त्यसको लागि दलीय स्वार्थलाईभन्दा राष्ट्रिय स्वार्थलाई महत्व पदिनु आवश्यक

     

    इतिहासमा नेपाललाई नयाँ युगमा प्रवेश गराउने वर्षको रुपमा २०६७ स्थापित हुन सकोस् यस दिशामा सबै अग्रगामी शक्तिले सफलता हासिल गरुँन् यही हाम्रो शुभकामना

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक