राष्ट्रसंघीय सदभावना दूत बनेकी प्रीति जिन्टा चाहिँ हेलिकोप्टर चार्टर गरेरै अघिल्लो साता हरिद्वार पुगिन्। हिन्दूहरुको पवित्र तीर्थस्थल मानिएको हरिद्वारमा उनी आमासँगै गएकी थिइन्।
डिम्पल ब्युटी प्रीति हरिद्वारको तीर्थाटनबाट फर्केपछि उनको इन्डियन प्रिमियर लिग (आइपीएल) टिम "किङ्ग्स ११ पञ्जाब"ले मोहालीमा विजय हात पारेको थियो।
लगातार हार भोग्दै आएको उनको टिमले एक्कासि पाएको सफलतालाई भारतीय सञ्चारमाध्यमहरुलाई तीर्थाटनसँग जोडेर टिप्पणी गरेका छन्।
११ खेल समाप्त हुँदा कूल चार खेल जितेर प्रीतिको टिम ८ अंकका साथ आइपीएल अंक तालिकामा पुछारमा छ। पछिल्ला तीन विजय प्रीतिको हरिद्वार तीर्थाटनपछि प्राप्त भएका हुन्।