नौलो सूर्य उदाएको अब यहा नौलो विहानी पछि
तीता बैमन ती बिशालु दिनका विर्सेर जो विमति ।
शान्तिको गर शंखघोष सुरिलो नेपाल सुल्झाउन
सक्छौं त्याग र दानले विगतको कलंक मेटाउन ।।
यौटी प्रिय विहान आँशु रहमा पोते नकाटोस् रुदै
यौटा वालक जीन्दगी भरि कतै बाबा नखोजोस् रुदै ।।
आमा बा विचरा रुदै विरहले व्याथा नगाउन् यहाँ
नेपाली अब शोकका लहरमा डुब्दै नरहुन् यहाँ ।
ओस्सिउन् सब बन्दुक, विरहका खेती रोकिउन सबै
मास्सिउन् अब भावना समरका, त्यो द्धेष भागोस् सवै ।
नेपाली अब फेरि दाश नबनुन्, गोली नखाऊन् कतै
यो धर्ती अब फेरि लाश नगनोस्-सत्यं नहारोस् कसै ।।
साक्षी आज बनोस साल नव यो, विदा गरी वैमन
कायाकल्प उठोस देश-जनको आजै उताका दिन ।
हाम्रा वान्धवमा वढोस दिलको साझा बचाइ अव
नेपाली जनको फिरोस दिन त्यो उठाउँदै गौरव ।।
धेरै धेरै शुभकामना