आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    फिचर
    रोकिएको छैन सहिद परिवारको आँसु
    April 19 2010

    जनआन्दोलन २०६२/०६३ मा चन्द्र बयलकोटीको मृत्यु भएदेखि आजसम्म ३७ वर्षया कल्पना बयलकोटीको आँखा ओभानो छैन आफ्नो श्रीमानको आन्दोलनका क्रममा मृत्यु भएपछि सहिदपत्नी कल्पनालाई आफ्ना कलिला तीन सन्तानलाई लालनपालन गर्ने पढाउने जिम्मेवारी काँधमा आएको ती सन्तानलाई पढाउनका लागि खर्च उपलब्ध गराउन नसक्दाको पीडाले कल्पनाको आँखामा आँसु रोकिएको छैन

     

    कल्पनाकी १५ वर्षीया छोरी मुना इलाइट बोर्डिङ स्कुल विशालनगरमा नौ कक्षामा पढ्छिन् तेह्र वर्षीय सुमन युनिभर्सल धूम्रबाराहीमा कक्षा चारमा पढ्छन्

     

    कान्छी छोरी आठ वर्षीया कञ्चन इलाइट बोर्डिङ स्कुल विशालनगरमा नै दुइ कक्षामा पढ्छिन् कल्पनालाई यी छोराछोरीलाई पढाउन नसकिने हो कि भन्ने चिन्ताले सधै सताइरहन्छ सहिदपत्नी कल्पनालाई अरू कुनै इच्छा छैन

     

    "छोराछोरीले राम्रोसँग पढ्न पाऊन् श्रीमानको बलिदानको सार्थकतास्वरूप तोकिएको मितिमै संविधान बनोस्"-उहाँले भन्नुभयो-"मेरो श्रीमानको लोकतन्त्र शान्तिप्रतिको बलिदान सफल होस्, समयमै संविधान बन्नुपर्छ, देशमा शान्ति आउनुपर्छ ।"

     

    नेताहरूले सत्ता किर्सीकोहले संविधान बनाउनतर्फ ध्यान नदिएर सहिदको बलिदानलाई अपमान गरेको महसुस हुन्छ कल्पनालाई "सहिदको योगदानलाई सभासद्ले भुलेकोजस्तो लाग्छ"- उहाँ मलिनो स्वरमा भन्नुहुन्छ-"यदि सभासद्ले तोकिएको मितिभित्रै संविधान बनाएनन् भने तिनीहरूलाई सहिद परिवारको आँसु लाग्नेछ ।" मुलुकलाई बर्बाद पार्ने काम नेताहरूले नै गरेकोजस्तो लाग्छ कल्पनालाई

     

    सरकारले सहिद परिवारका छोराछोरीलाई पढ्ने व्यवस्था मिलाइदिएर कम्तीमा एकजनालाई रोजगारको व्यवस्था मिलाइदिनुपर्ने कल्पनाको माग अब भने उहाँलाई कुनै राजनीतिक दलका नेतासँग भेट्न मन लाग्दैन

    बरु नेताहरूको व्यवहार सम्झनेबित्तिकै लाज लाग्छ आफ्ना श्रीमान् घाइते हुँदा अस्पतालमा आएर "चिन्ता लिनु पर्दैन कल्पना, हामी छोराछोरीलाई पढ्न सहयोग गर्छौ" भन्ने नेताले आज आएर कल्पनालाई चिन्दा पनि चिन्दैनन्

     

    अझ कतिपय मान्छेले कल्पनाको मन निकै दुखाएका छन् काम खोज्ने सिलसिलामा उनले निकै नमिठो बोलीसमेत सुन्नु परेको "सहिद परिवारलाई किन काम दिनुपर्यो ! सरकारले त्यत्रो पैसा दिएको " भन्दा कल्पनालाई भक्कानो फुटेर आउँछ

     

    सरकारले दिएको १० लाखले उहाँले बास बस्ने स्थानको निर्माण गर्नुभयो अहिले सरकारले छोराछोरीका लागि महिनाको रु १२ हजार दिने गरेको त्यो पैसाले कल्पनाका छोराछोरीको स्कुलको शुल्क तिर्न पनि पुग्दैन      

                      

    अस्पतालमा हुँदा नेताले दिएको आश्वासन अहिले पनि कल्पनाको स्मृतिमा ताजै उतिबेला सबैले कस्तो भनेर सोध्ने गर्थे "अहिले ती नेता सरकारको कुर्चीमा पुगेका छन् कसैले खोजी गर्दैनन्" उहाँले विगतको कुरा स्मरण गर्दै भन्नुभयो-"नेताहरूले लोकतन्त्रका लागि सहिदले बगाएको रगत बलिदानलाई भुलेका छन्, अहिले नेताहरूसँग भेट्न पनि मलाई लाज लाग्छ ।"

     

    कल्पनालाई आफ्नो श्रीमान् नहुँदा समाजले गरेको अपमान सम्झेर बेलाबेलामा बरु श्रीमानको खुट्टा भाँचिएको भए हुन्थ्यो, जसरी भए पनि बाँचेको मात्रै भए हुन्थ्योजस्तो लाग्छ

     

    "सहिदको योगदानकै कारणले नेताहरू सत्तामा पुग्न सफल भए तर सहिद परिवारको दुःखमा कमी आएको छैन" आँखाभरि आँसु पार्दै उहाँले भन्नुभयो-"सहिदकै योगदानका कारण ती सभासद्का छोराछोरीले राम्ररी पढ्न पाएका छन्, तर ती सभासद् बनाउने सहिदका छोराछोरीले पढ्न पाएका छैनन्, यो कस्तो विडम्बना ।"

    वि.सं. २०६२/०६३ को जनआन्दोलनमा सहिद भएका नुवाकोटका ३५ वर्षीय चन्द्र बयलकोटी वैशाख गते शनिबार त्रिपुरेश्वरको सडकमा गोली लागी घाइते हुनुभएको थियो उहाँको मेडिकेयर अस्पताल चाबहिलमा उपचार हुँदाहुँदै वैशाख २३ गते राति ११ बजे मृत्यु भएको हो

     

    कल्पनालाई आफ्ना श्रीमानले अन्तिममा एकपटक बोलेको सुन्न मन लागेको थियो "श्रीमानको अन्तिम बोलीको प्रतीक्षा गर्दागर्दै नबोली बित्नुभएकामा मलाई अत्यन्तै दुःख लागेको छ" भावुक स्वरमा उहाँले भन्नुभयो-"उहाँको केही चाहना थिए होला, आफ्नी श्रीमती छोरीछोरीलाई केही भन्न मन लागेको थियो होला तर आँसुमात्र झारेर उहाँले संसारबाट बिदा लिनुभो ।"

     

    सहिद परिवार भन्न पनि लाज लाग्छ सहिदपत्नी कल्पनालाई गाडीले किचेर मरेको पनि सहिद, व्यक्तिगत रिसइबीको कारण कसैले मारे पनि सहिद घोषणा गर्ने चलन कल्पनालाई राष्ट्रका लागि बलिदान दिएर जानेको अपमान भएजस्तो महसुस भएको

     

    सहिद परिवारले तोकिएको मितिमै संविधान निर्माणको माग गर्दै संविधानसभा भवन अगाडि गत चैत ११ देखि चैत १५ गतेसम्म एक हप्तासम्म धर्ना बस्दासमेत सभासद्को ध्यान सहिद परिवारको संविधान शान्तिको चिन्ताप्रति नगएकामा सहिदपत्नी कल्पना दुःख मान्नुहुन्छ

     

    विवाह भएपछि १५-१६ वर्षमात्र सँगै बस्न पाएकी कल्पना आफ्ना बच्चा हुर्काउनका लागि भए पनि सङ्घर्ष गरिरहनुभएको नेपालका सहिदलाई हेर्ने दृष्टिकोण राम्रो नभएकामा पनि उहाँलाई चिन्ता लाग्छ

     

    श्रीमानको मृत्युपश्चात् छोराछोरी पढाउन, हुर्काउन बढाउन दुःख कष्ट बेहोर्ने सहिदपत्नी कल्पना एक्ली हुनुहुन्न उहाँजस्तै जनआन्दोलन ०६२/०६३ मा सहिद भएका २५ परिवारका सदस्यको पनि आँखामा आँसु रोकिएको छैन

    - कालिका खड्का

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक