आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    साहित्य
    ज्योतिषको नजरमा नयाँ वर्ष
    April 19 2010

    अच्यूतप्रसाद पौडेल 'चिन्तन'

    नव वर्ष२०६७ को हार्दिक मंगलमय शुभकामना यस वर्षको सम्वतसरको नाम शोभन हो शोभा सबैतिर होस् शुभच्छा समेत समग्रमा मुलुकको स्थिति सामान्य नै रहने देखिन्छ, यस वर्षपनि वर्षको आरम्भ बुधबार परेको मुलुकमा बौद्धिक वहस हुन्छ नै वैशाखमा अधिक मास परेकाले मुलुकको गति निर्धारण गर्ने, संविधान लेखनमा केन्द्रित निखरताभन्दा पनि सबैजसोको मनस्थिति आर्थिक लाभ व्यपारकेन्द्रीत नै देखिन्छ संविधान लेखन कार्यमा शिथिलता आउने जेठमा संविधान जारी गर्नुपर्ने हो तर जेठ गतेदेखि १३ गतेसम्म दिन राम्रो देखिँदैन यो समय भनेको "विश्वघस्रपक्ष" हो यदाकदा हुने १३ दिनको पक्ष परेको अधिका युगहरुमा यस्तो अपशकुन भएको पक्षमा ठूला विसंगति युद्ध भएका छन्

     

    सामान्यतया १३ दिने पक्षमा शुभ काम हुने गर्दैन संविधान जारी हुने दिन जेठ १४ गतेको पूर्व सन्ध्याहरुमा १३ दिने पक्ष तथा अधिकमासको समय परेकाले सबैलाई मान्य हुने र्सवसम्मत संविधान मुलुकले पाउने देखिँदैन संविधान आइहाले पनि अति संक्षिप्तर केही समयका लागि मात्र प्रयोग हुने खालको देखिन्छ ग्रहगति समयलाई विश्लेषण गर्दा त्यसभन्दा अघि नै मुलुकले थप कुनै उतारचढाव व्यहोर्नुपर्ने देखिन्छ औंसीका दिन नक्षत्रका अन्त्यमा वर्षआरम्भ हुनाले पनि वर्षरिको मुलुकको राजनैतिक फल सकारात्मक हुने देखिँदैन

     

    यस वर्षो राजा मंगल भएकाले मुलुकवासीले इष्र्या, तनाव, वैमनस्यता खेपिरहनुपर्ने देखिन्छ चोरी, हत्या, हिंसा, दुर्भिक्ष बढ्न सक्छ आमजनताहरु व्रि्रहको मनस्थितिमा हुन्छन् जुटाउने भन्दा फुटाउने तत्वहरु हावी भएको हेर्नुपर्छ राजनैतिक सरगर्मी उतारचढाव बढ्नेछ जनताले नेताबाट धोकाको महसुस गर्नेछन्

     

    सेना प्रहरीको काम धेरै बढ्ने अशान्ति उपद्र सत्ताको लुछाचुडीले गर्दा ठूला अपराधहरु पनि लुक्ने डर बढी हुनेछ घटना दुर्घटनाका खबर धेरै हुनेछन् इमर्जेन्सी अस्पताल सेवामा बिरामीको संख्या तीव्र बढ्नेछ औषधीव्यवसायीका लागि यस वर्षराम्रो फलीफाप हुनेछ मुलुकले नयाँ द्वन्द्वको सामना गर्नुपर्नेछ, जनताले राजनीतिबाट वितृष्णा प्राप्त गर्नेछन् पछुतोमा पनि पर्नेछन्

     

    आम नागरिकहरुले विगतमा झैं दुःख, पीडा, दुर्घटना व्यहारर्ने पर्ने देखिन्छ थोरै प्राप्तिमा चित्त बुझाई गरिबीको पीडाले ग्रस्त मानसिकतालाई बोकेर आम नेपालीहरुको पाखापखेटी पीडित भई नै रहने योग देखिएको , वर्षभरि नै

    मुलुकमा मन्त्री बुध हुन् व्यापार, व्यवसायमा मुलुकमा केही हदसम्म रोजगारी वृद्धि हुने, आर्थिक मन्दीबाट केही राहत हुने, अन्नको उत्पादनले पर्याप्त वर्षा हुनाले राज्यले नीति राम्रो तय गरेमा पेटकै लागि भने आमनागरिकले समस्या झेल्नु नपर्ने विश्वास गर्न सकिन्छ

     

    राशीगत दृष्टिले हेर्दा ग्रहका न्यायाधिश ग्रह शनि, कन्या, राशीमा भ्रमण गर्नेछन् वर्षरि नै कन्या, राशी हुनेका लागि वर्षरि मध्ये साढेसाती हुने तुला राशीलाई आधा साढे साती अनि सिंह राशीका लागि अन्त साढे साती दशा चल्नेछ मिथुन, कुम्भलाई अढैया शनिले आफ्नो प्रभाव जमाउने

     

    जन्म राशिमा शनि अनिष्ठ कारक भए यी सबै ग्रहराशीका मानिसले अनावश्यक दुःख, कष्ट, हैरानी, विवाद, कलह, अशान्ति, पारिवारिक समस्या, धन हानी शरीर विसञ्चो, कार्यक्षेत्र नकारात्मकजस्ता समस्याहरु झेलिरहनुपर्ने देखिन्छ काममा ढिलासुस्ती, मानसिक पीडा दर्द, धनको नोक्सानी, मानसम्मानमा आघात, झुट्टाआरोप, मिथ्या अपवाद खेप्नुपर्ने देखिन्छ आफ्नो जन्मकुण्डलीमा शनिदेव हटेर जानेछन्, आत्तिनुपर्ने अवस्था आउँदैन पनि

     

    शनिकै कारण मुलुक यस वर्षयुद्ध, न्यायकर्म, कुकर्मतिर अग्रसर हुने देखिन्छ द्वन्द्व व्यवस्थापनका जटिलताहरु थपिनेछन् वृहस्पतिको राम्रो प्रभावका कारण अवस्था भने राम्रै देखिन्छ मुलुकमा खराब भएकाले सीमाना विवाद कायमै रहन्छ

     

    राजा मंगलकै कारण ठूला व्यक्तिहरुले विवादमा मुछिनुपर्ने देखिन्छ भने एकताको पनि कमिनै देखिन्छ धर्मविरोधी नाराहरु मुलुकमा घन्कन थाल्नेछन् शुक्रग्रहणका कारण मनोरञ्जनको वृद्धि, नृत्य, कला, संगीत, नाचगान, सुगन्धितवस्तुको उपयोग बढी हुने देखिन्छ धातुको मूल्य भने बढ्नेछ सुनदेखि फलामसम्मका वस्तु धातुजन्य वस्तुको महंगी हुनेछ वैदेशिक सम्बन्ध सुधार हुन यस वर्षकठिन वैदेशिक व्यापारमा गत वर्षरुमा झैं शिथिलता आउनेछ निर्यात व्यापारमा थप ह्रास आउनेछ प्रशासन गैरराजनैतिक व्यक्तित्वहरुले राम्रो सुझाव पेश गर्न सके मुलुक थप संकटबाट बच्न सक्छ

     

    विपरित वुद्धि बौद्धिक जमातको अपव्यय हुँदै आएको समयमा मन्त्री बुध रहेको यस वर्ष२०६७ मा बौद्धिक जमातले मुलुकलाई त्राण दिन सक्ने अपेक्षा गरिएको राजा मंगल भएकाले नारा हुलहुज्जत बढ्ने देखिए पनि मन्त्री बुधले यसको सन्तुलन मिलाउने आशा पनि गर्न सकिन्छ

     

    हाम्रो मुलुकमा जेठमासले निकै चुनौती दिएको इतिहास जनमत संग्रहको घोषणदेखि राजसंस्थाको विदाइसम्म दरवार हत्याकाण्डसम्मले यो महिना चर्चित धेरैजसो स्थानीय निर्वाचन पनि जेठतिरै हुने गर्थे,पहिले यसपटक ऐतिहासिक संविधानसभाको संविधान घोषाणा हुनेथियो

    अपशकुन १३ दिने पक्षको संयोगमात्र नहुन सक्छ मुलुकबाट चौतर्फी निराशा समेत हुने संकेत देखिएको

     

    अत्यमा स्वदेश विदेश जहाँ बसेका भए पनि आमनेपालीहरुको घरआँगनमा सुख, समृद्धि समुन्नतिको शुभकामना ग्रहगतिका कारण जेजस्तो भए पनि मुलुकवासीले सकारात्मक सोचले आर्थिक समुन्नति गर्न सकौं सबैमा शुभकामना

     

    (ज्यो. पं. अच्यूतप्रसाद पौडेल 'चिन्तन',वरिष्ठ लोखक, संस्कृतिविद् एवं समाजशास्त्री हुनुहुन्छ पूर्वीय दर्शनका विशिष्ट विद्वानसंग अमेरिका दर्पणसंग कुराकानीमा आधारित ) 

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक