आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    नेपाल समाचार
    के गर्यो यसपटकको सार्क सम्मेलनले ?
    May 03 2010

    दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १६ औँ शिखर सम्मेलन "३७ बुँदे थिम्पु रजत जयन्ती घोषणापत्र" जारी गर्दै सम्पन्न भएको  सार्क सदस्य राष्ट्र माल्दिभ्सको आग्रह बमोजिम सार्कको १७ औं शिखर सम्मेलन सन् २०११ मा  मालेमा आयोजना हुने भएको । स्थापनाको २५ वर्षमा सार्कले अनगिन्ती महत्वपूर्ण कार्य गर्न सफल भएकोमा सदस्य राष्ट्रका नेताहरूले सन्तुष्टि व्यक्त गर्नुभएको थियो सार्क बडापत्रको उद्देश्य पूरा गर्न क्षेत्रीय सहयोगका लागि मञ्च उपलब्ध गराउन सार्क सान्दर्भिक महत्वपूर्ण रहेको ठम्याई नेताहरूको रहेको ।दक्षिण एसियाको भावी विकासका लागि बहस छलफल चलाउन तथा विचार आदानप्रदान गर्न "दक्षिण एसिया मञ्च" बनाउन सहमति जनाइएको घोषणापत्रमा उल्लेख

     

    सार्क रजतजयन्तीका सन्दर्भमा प्रभावकारी सञ्चार तथा सार्वजनिक कूटनीति विशेषगरी दक्षिण एसियाली समुदायका विद्यार्थी तथा युवा, निजी सञ्चारमाध्यम तथा क्षेत्र, बुद्धिजीवी, नागरिक समाज आर्थिक विकाससम्बद्ध संस्थामा पुग्नुपर्नेमा नेताहरूले जोड दिएका छन् ।विश्वमा २० प्रतिशत बसोबास गर्ने सार्कका जनताको आशा आकांक्षा पूरा गर्न निश्चित समय निर्धारण गरी अर्थपूर्ण महसुस गर्न सकिने प्रकृतिका जनआधारित क्रियाकलाप प्रभावकारी बनाउन नेताहरू एकमत रहेको पनि घोषणापत्रमा उल्लेख

     

    नेताहरूले बहुदलीय प्रजातान्त्रिक प्रणाली अङ्गीकार गरी प्रभावकारी, क्षमतापूर्ण, पारदर्शी जवाफदेही तरिकाले सार्क राष्ट्रका सरकार अघि बढेकामा प्रशंसा गर्दै अनुभव, असल अभ्यास, संस्थागत सम्बन्ध स्थापनाका लागि सुशासनमार्फत क्षेत्रीय सहयोग सुदृढ गर्नुपर्ने खाँचोप्रति जोड दिनुभएको

    यस्तै घोषणापत्रमा यस क्षेत्रको प्रगतिका लागि प्रजातान्त्रिक तथा सहभागितामुलक प्रचलनलाई समेत आत्मसात गर्नु "सार्क संसद बैठक"को अस्तित्वको खाँचो रहेकोमा नेताहरूले जोड दिनुभएको

     

    घोषणापत्रमा सहस्राब्दी विकास लक्ष्यको मध्यकालीन समीक्षा क्षेत्रीय गरिबी विवरणको सफल क्षेत्रीय अध्ययनलाई समेत दृष्टिगत गरी  गरिबी न्यूनीकरणका लागि क्षेत्रीय प्रयत्नमा जोड दिनुपर्ने सहमति जनाउँदै शिखर सम्मेलनमा सन् २०११ मा गरिबी निवारणसम्बन्धी मन्त्रिस्तरीय बैठक गर्ने नेपालको प्रस्तावलाई स्वागत गरिएको उल्लेख ।जलवायु परिवर्तन सम्बन्धी मुद्दालाई उच्च प्राथमिकता दिँदै संयुक्त राष्ट्र संघीय संरचना अर्न्तर्गत वातावरण परिवर्तन सम्बन्धी गतिविधिलाई खुला, पारदर्शी समावेशिताका आधारमा अगाडि बढाउनुपर्ने घोषणापत्रमा जनाइएको

     

    हिमाली मुलुक सम्मिलित मन्त्रिस्तरीय बैठक यसै वर्षकाठमाडौँमा आयोजना गर्ने नेपालको अग्रसरतालाई घोषणापत्रमा स्वागत गरिएको

    सार्क मन्त्रिस्तरीय बैठकको वातावरण संरक्षणसम्बन्धी जलीय पर्यावरण, अन्तरसीमा जैविक विविधता क्षेत्र, मौसम केन्द्रसम्बन्धी स्वचालित संयन्त्र वैज्ञानिक तथ्याङ्कको नियमित तथा प्रणालीगत आदानप्रदान, जल व्यवस्थापन तथा क्षेत्रीय रूपमा भएका असल अभ्यास, ज्ञान, क्षमता अभिवृद्धि पर्यावरणमैत्री प्रविधिको आदानप्रदानमा सहयोग सहकार्य गर्ने घोषणापत्रमा प्रतिबद्धता व्यक्त गरिएको

     

    लैङ्गीक समानता महिला सशक्तिकरणका क्षेत्रमा  जारी प्रयत्नप्रति सम्मेलनले सन्तुष्टि व्यक्त गर्दै सार्कको दशौँ महासचिवमा माल्दिभ्सबाट महिलालाई नियुक्ति गर्ने प्रस्तावलाई स्वागत गरिएको

     

    क्षेत्रीय तथा उपक्षेत्रीय कार्यक्रम तथा आयोजनामा लगानी गर्ने उद्देश्यले स्थापित सार्क विकास कोष महत्वपूर्ण रहेको ठान्दै नेताहरूले भुटानमा यसको स्थायी सचिवालयसहित प्रमुख कार्यकारी अधिकृतको समेत व्यवस्था भएकोमा स्वागत गरी यसबाट यस क्षेत्रका जनताको आर्थिक बृद्धि, सामाजिक उन्नति गरिबी निवारण हुने विश्वास व्यक्त गर्नुभएको

     

    साफ्टाको भावनाअनुरूप क्षेत्रीय व्यापारमा विशेष छुटको व्यवस्था गरी आर्थिक गतिविधिलाई बढावा दिने, लगानी प्रवर्द्धनका लागि सार्वजनिक-निजी साझेदारीलाई प्राथमिकता दिने, विशेषगरी भूपरिवेष्ठित मुलुकका लागि सूचना प्रणालीको विकास, यातायात पूर्वाधार तथा पारवहन सुविधाको व्यवस्था गर्न नेताहरू सहमत भएका छन्

     

    यसैगरी विश्वविद्यालयबीच विभिन्न कार्यक्रम अन्तरक्रिया गर्ने, अनुसन्धानमुलक गतिविधिमा जोड दिने, दूर शिक्षा तथा खुला शिक्षाको प्रवर्द्धन गर्ने, दक्षिण एसियाली क्षेत्रमा प्राज्ञिक तथा व्यावसायिक तहको एकरूपता कायम गर्ने, दक्षिण एसियाली विश्वविद्यालय स्थापना गर्ने सन् २०१० देखि २०२० लाई "अन्तर क्षेत्रीय सम्पर्क दशक"को रूपमा अनुमोदन गर्ने पनि घोषणापत्रमा उल्लेख

     

    घोषणापत्रमा कृषि उत्पादनमा बढावा दिई क्षेत्रीय रूपमा खाद्य सुरक्षा गर्ने, क्षेत्रीय बीउबीजन भण्डारको सोच अगाडि बढाउने, उन्नतजातको खेतीप्रणालीमा जोड दिने, पर्यटन प्रवर्द्ध नमुखी कार्यक्रमका साथ जनस्तरमा सम्पर्क बढाउने उल्लेख गर्दै सन् २०११ मा तेस्रो पर्यटनमन्त्री स्तरीय बैठक आयोजना गर्ने नेपालको प्रस्तावलाई स्वागत गरिएको

     

    यसैगरी घोषणापत्रमा जलविद्युतसहित ऊर्जा व्यापारको प्रवर्द्धनमा सहयोगात्मक कार्यक्रम बढाउने, सार्क ऊर्जा केन्द्रबाट ऊर्जा संरक्षणको कार्ययोजना तयार गराउने, विद्युतका लागि सार्क बजारको विकास मार्गचित्र तयार गर्ने भारतको प्रस्तावमा ध्यानाकर्षा भएको आतङ्कवाद उन्मूलनमा क्षेत्रीय सहकार्यलाई बढावा दिने चेलीबेटी बेचबिखन लागुऔषधको ओसारपसार जस्ता सामाजिक विकृति अन्त्य गर्ने पनि उल्लेख

     

    त्यस्तै, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १६औँ शिखर सम्मेलनले जलवायु परिवर्तनको मुद्दालाई उच्च प्राथमिकता दिई वातावरण संरक्षणसहित पर्यावरणीय सन्तुलनका पक्षमा सार्कका सबै सरकार प्रमुखले संयुक्तरूपमा प्रतिबद्धता व्यक्त गरका छन् शिखर सम्मेलनको समापनपछि जारी एक वक्तव्यमा सार्क नेताहरूले जलवायु परिवर्तनसम्बन्धी ढाका घोषणापत्र सार्क कार्ययोजनाको कार्यन्वयनको समीक्षा गर्न सहमति जनाएका छन् जलवायु परिवर्तनसम्बन्धी सार्क कार्ययोजनाले निर्दिष्ट गरेबमोजिम स्पष्ट नीति तथा निर्देशिका तयार गर्न अन्तरसरकारी विशेषज्ञ समूह गठन गर्न पनि उनीहरू सहमत भएका छन्

     

    र्सार्क क्षेत्रमा पर्नसक्ने पर्यावरणीय जोखिमबारे १७औँ शिखर सम्मेलनमा प्रतिवेदन प्रस्तुत गर्नका लागि एक अध्ययन सुरू गर्न उनीहरूले सार्क महसचिवलाई निर्देशन दिएका छन्

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक