आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    विचार
    किन बाँडिन्छन सपनाहरु ?
    May 03 2010

    - रामप्रसाद दाहाल

    राज्य सञ्चालनमा जब पार्टीका व्यक्तिहरू पुग्दछन् तब केही केही गर्ने आकांक्षा हुनु स्वभाविक हुन्छ प्रत्येक निकायदेखि विभाग मन्त्रालय हुँदै योजना आयोगसम्म वजेट निर्माणमा जुट्छन् बजेट वनाउने क्रममा कार्यक्रमहरू तर्जुमा गरिन्छ कार्यक्रमलाई पारित गरी कार्यान्वयनमा लगिन्छ यो सामान्य प्रक्रिया चलिरहन्छ चलिरहला तर प्रत्येकले भन्ने गर्छन् जनता जनार्दन हुन् जन चाहाना नै राज्यको सवै पाटोमा प्रतिविम्बित हुनुपर्दछ यसको खोजीमा हाम्रा मनहरूलाई परिचालन गरिन्छ मानिसलाई सम्वृद्ध वनाउन विभिन्न पहल कदमी गरिन्छ यसै पहल कदमी भित्र रोजगारका कार्यक्रम पनि ल्याइन्छ कति कार्यक्रम आर्थिक वर्ष समाप्त भइसक्दा पनि आरम्भ हुँदैन भने कति कार्यक्रम आयोजनाहरू आरम्भ हुन्छ नेतृत्व फेरिदा ती पूर्वाधार वरू नष्ट गरिन्छ कार्यान्वयनमा जोड दिइदैन् अनि लथालिङ्गे देशको भताभुङ चाला बनिदिन्छ नेपालीहरूको । विकास प्राप्त गर्ने चाहना भत्काइन्छ नयाँ नारा वोकेर फेरि  उचालिन्छ समयका क्रममा ग्रामीण क्षेत्रलाई लक्षित गरि पस्किएका थुप्रै कार्यक्रमहरू मध्ये आफ्नो गाउँ आफैं वनाऔं अथवा गाउँ गाउँमा सहकारी घर घरमा भकारी जस्ता थुप्रै कार्यक्रम मनमा तरेली परेर संझनामा पोखिन्छन् धेरै नेपालीलाई छुन सकेको यस्ता लोकप्रिय कार्यक्रम हुँदा-हुँदै पनि नेपाल गरीबी पीडाबाट आक्रान्त विहान वेलका छाक टार्न धौ-धौ ठूलो संख्यामा सिप भएका नभएका, सामान्यदेखि विशिष्ट तहसम्मका ज्ञान-विज्ञानको सम्पत्तिहरू रोजगारीकै अवसरमा विदेशमा जाने लर्को लागेको

     

    पहाड वस्तीमा मलामी नउठ्ने परिस्थिति भइरहेको शहर पनि साँधुरिदै प्रकृति नष्ट हुदैछ त्यैपनि सरकार हिमालको फेदमा वैठक बसाएर भएपनि गाँउ वनाउने सपना बाँडेर भएपनि, संविधान निर्माण गर्ने सभा भवनमा क्रिया-प्रतिक्रिया व्यक्त गरेर होस वा जेष्ठमा वजेट आउँदैछ भनेर किन नहोस जनतालाई आश्वस्त पार्न खोजिरहेछ यसै क्रममा मलाइ संझना भइरहेछ युवा स्वरोजगार कार्यक्रम अर्थमन्त्रीले रिक्सा चढेको दिनको

     

    मलाइ लैजान्छ नेपालको सुदूर पश्चिम कैलालीको धनगढी बजारमा प्रचण्ड घामले तरतरी पसिना काड्दै जीवन जीउन वाध्य भएर बसेका ती श्रमजीवि किसान तथा दाजुभाइ दिदी बहिनीको चेहरा झलझली याद गराउँछ झन त्यसमा पनि मानिस सामान ओसार-पसार गर्दै तरतरी पसिना काडेर सकि नसकि सवार चलाउने रिक्सा मजदूरको कहानी भित्र डुवुल्की मार्न मन लाग्छ अनि संझना हुन्छ ती श्रमजीवि दाजुभाइको लागि भविलाल लामिछानेले खर्चिदा-खर्चिदै कविता लेखेर धेरैलाई पाठ पढाएको कुरा-

     

                  "जिन्दगीभरी खर्चिरहन्छ आफूलाई

                  अलिकति परिवारका लागि

                  केही भाइ बन्धुका लागि

                  रहल अरूहरूको लागि

                  यसरी

                  एउटा सग्लो मान्छे      

                  सकिन्छ खर्चदा-खर्चिदै

                  अलिकति खरानी छोडेर

                  केही दिनपछि

                  रहन्छ कि रहन्न कुन्नि

                  उसको पहिचान पनि स्मृतिमा"

     

    यी अभिव्यक्तिलाई गहिराइमा लाँदै जाँदा हामी बाँचेको युगको कथा व्यथा पोखिए जस्तो लाग्छ बाँच्नेहरू भन्दा मर्नेहरूले विजय हासिल गरेको अनुभूति हुन्छ आलोचना समालोचना पढ्दा पनि आलोचकको भूमिकामा मान्छेलाई उभिन मनलाग्छ अनि एक छाक मासु खाली दिमागहरू सांझ पख भट्टी पसल, रेष्टुरा, तारे होटलमा जमजमाएको दृश्यले समाजमा धेरै विगारे पनि खाने खुवाउनेको लागि केही भएको देखिदैन् यस्तै कहानी भित्र "गुडवाइ" छोडि जाने गरि खानेलाई भन्न पनि मन लाग्छ तर त्यो होइन जिन्दगी सपना जन्माउने रातपनि हुन् नयाँ वर्षो नयाँ उमङ थप्ने साथ पनि हुन् अनि संझन्छु नेपालमा वित्तीय क्षेत्र सुधारका लागि वैकिङ क्षेत्रको भूमिका, सहकार्य, सहमति एकताका कुरा जनताको घर घरमा हात-हातमा पैसाको कारोवार गरी जीवनयापनलाई सहज अवतरण गराउने वैंक तथा वित्तीय संस्थाको संख्या २०६६ साल सम्ममा वाणिज्य बैंक २६ विकास बैंक ७०, वित्त कम्पनी ७७, लघुवित्त विकास बैंक १५, सहकारी (सीमित वैकिङ) १६, गैर सहकारी संस्था सीमित बैकिङ ४५ गरी जम्मा २४९ वित्तीय संस्थाहरू मार्फ देशको अर्थतन्त्र चलिरहेको अव यसै लाममा देशैभरी करिब २५ हजार सहकारीहरू, आइसकेको व्याख्या विश्लेषण भइरहेको यी सवैको अर्न्तनिहित चाहना भनेको "आफू पनि खाँऊ अरूलाई पनि खुवाऊँ" श्रमलाई सम्मान गरौं भन्ने नै होला ? किन भइरहेको छैन ? प्रश्न खडा पनि होला

     

    फर्कन मन लाग्छ सरकार किष्ट बैंकको सहकार्य युवा स्वरोजगार कार्यक्रमको सेरोफेरोमा सरकारले आफ्नो सजाइएको रातो पुस्तिकाको वार्षिक बजेटमा युवा स्वरोजगार कार्यक्रमलाई अघि सारेको थियो यस कार्यक्रममा सरकारले कोष खडा गरेको त्यो कोष मार्फत युवालाई रोजगार प्रदान गर्ने आफ्नो लक्ष्य राखेको यसको नेतृत्व अथवा मूलघर अर्थ मन्त्रालय आफैं रहेको कार्यक्रम हेरी उसले रकम औचित्य पुष्टि गर्ने भए ऋण दिन सक्छ निश्चित प्रतिशत व्याजमा यस वर्ष युवा स्वरोजगार कार्यक्रम अन्तर्गत हालिएका प्रस्ताव मध्ये रिक्सा चालकलाई मालिक वनाउने अभियानको किष्ट बैंकको प्रस्ताव पारित भयो बैंकले १० करोड रकम प्रतिशत व्याजमा प्राप्त गर्यो उसले रिक्सा चालकलाई प्रतिदिन रु.३५ जम्मा गर्ने शर्तमा रिक्सा वितरण गर्ने प्रभावकारी योजना ल्यायो आजीवन रिक्सा चलाउदा पनि रिक्सा चालकहरू मालिक नबनेको यो क्षणमा मालिक बन्न पाउने कुरा वा स्वामित्वको भोग अधिकार हक अधिकार प्राप्त गर्ने अवसर थियो रिक्सा वितरण कार्यक्रम

     

    वास्तवमा रिक्सा चालकहरूको मुस्कान देखिनु खुशी पनि थियो त्यही खुशी साट्ने कुरामा उभिएको किष्टको पंक्ति सरकारको पंक्तिको संयुक्त कार्यक्रममा नव-वर्षंग-संगै सवको दुःख हर्न सकेहुन्थ्यो भन्ने भावना रहँदा-रहँदै यो यस्तै स्वरोगार कार्यक्रमले देशै ढाके हुन्थ्यो भन्ने लागिरहेको थियो मलाइ संझिरहेको थिए कवि पुरूषोत्तम सिग्देलको यो कविता-

     

                  "पावस हिमाली जनले यसमा सुगन्ध

                  पाहडका जन सकून हुन गोलबन्द

                  बाँकी तराइतिरका खुशमै रमाउन

                  मेरो भनेर सब्ले मुटुमा सजाउन"

     

    वास्तवमा यस्तै स्वरोजगार अपनत्वको कार्यक्रमले नै हाम्रो जीवनमा परिवर्तन ल्याउन सक्छ यिनै यस्तै क्षणहरूले समाजलाई उचाल्न सक्छ अर्थमन्त्री सुरेन्द्र पाण्डे चर्को घाममा भएपनि उभिदिनु भयो पहिलो १० जनालाई रिक्साको साँचो हस्तान्तरण गरिदिनु भयो किष्ट बैंकका सहायक महाप्रबन्धक बालनरसिंह घर्तिले कार्यक्रम माथि सूत्रवद्ध प्रकाश पारेपछि करिव २०० को लामबद्ध रिक्साहरू किष्टको लोगो अंकित गन्जीको पहिरनमा बजार परिक्रमा गर्दै कार्यक्रम आयोजनाको स्थल जिल्ला विकास समितिको सभाकक्ष सम्म पुगेको   थियो त्यो लामलाई अगाडि बढाउन माननीय अर्थमन्त्री सुरेन्द्र पाण्डे मुनिन्द्र चौधरीको रिक्सामा चढि दिनुभयो साथमा रहनुभयो किष्ट बैंकका प्रवन्ध सञ्चालक कमल ज्ञवालीजी त्यसपछि सभासद तथा जि.फन्डका अध्यक्ष विष्णु रिमाल अर्थसचिव रामेश्वर खनाल, राजश्व अनुसन्धान विभागका प्रमुख महेश दाहाल लगायत धेरै गन्यमान्य व्यक्तिहरूले रिक्साको यात्रा गर्दै उनीहरूको दर्द पीडालाई सोध्दै एक अर्कामा साटेको भावनाको क्षण कति रमाइलो थियो यो नेतृत्वदायी प्रति रिक्सा चालकहरू कवि पेशल आचार्यले भने झैं गुनगुनाइरहेझैं लाग्थ्यो-

     

                  "जीवनको घार तर्न एक्ला-एक्लै सकिएन

                  खोलावारि रहें पारि पुग्नै सकिएन

                  आसालाई पोको पारी काखी भित्र चेपेको छु

                  डुवुल्कीमा मैले किन त्रि्रै छायाँ देखेको छु"

     

    किष्ट बैंकले निकै बधाइ पनि पाएको जैले पनि जनचाहना, जनइच्छा अनुसार बैंक नाफा कमाउने संस्था भएर पनि सेवा दायित्वलाई त्यतिकै वुझि आफ्ना लोकप्रिय कार्यक्रम र्सार्वजनिक गरिरहेको यसै क्रममा नाफा भन्दा पनि तराइका करिव एकलाख रिक्सा मजदूरलाई मालिक वनाउने यात्रामा जुटेको संधै पूर्वबाट झुल्कने घाम यसपाली किष्ट बैंकले सुदूरपश्चिमको धनगढीबाट घाम झुल्काएको रिक्सा वितरणको आरम्भ गरी पूर्वतर्फलम्कने अभियानमा क्रियाशील संधै जागरिलो, तर्कशील, हँसिलो, जिम्मेवारी वहन गर्ने, ज्ञान विषयगत गहिराइका धनी बालनरसिंह र्घर्ति यस कार्यक्रमका सारथी वन्नुभएको अरू यसमा सवार गर्दै उहालाई साथ दिन प्रतिवद्ध रहेका छन् पलपलका क्षणहरूमा उहाँ नीतिका कुरा भन्दै हुनुहुन्थ्यो-

     

                  "गर्दा अशक्तको रक्षा मान्छे हुन्छ प्रशंसित

                  खडेरीमा झरी पारी बन्छ बादल चर्चित"

     

    कार्यक्रम औपचारिकतामा परिणत हुन्छ प्रमुख अतिथि प्रमुख अतिथिको आसनबाट आसनवरण गरिन्छ माननीव अर्थमन्त्री सुरेन्द्र पाण्डे युवा उत्साह निकालेर चाँडो भन्दा चाँडो रिक्सा मजदूर साथीहरूलाई मालिक वनाउ भनेर व्याख्या गर्दै किष्ट बैंकले कार्यक्रमलाई अगाडि बढाइदिएको धन्यवाद दिन चुक्नु पनि भएन जि.फन्डका अध्यक्ष सभासद विष्णु रिमालले खुशी व्यक्त गर्दै मेरो आफ्नो घर मजदूरहरूको संगठन मात्र होइन धेरै श्रमजीविहरूले मालिक बन्ने क्षण बन्ने घर बनोस भन्ने शुभकामना व्यक्त गर्दै हुनुहुन्थ्यो भने अर्थ सचिव रामेश्वर खनाले राज्य एक्लैले सवै प्रयास गर्ने होइन किष्टले लघुवित्त कर्जा-रिक्सा अर्न्तर्गत युवा स्वरोजगार कार्यक्रमलाई अगाडि बढाउन देखाएको सहयोग प्रशंसनीय रहेको कुरा उल्लेख गर्नुभयो यस्तै प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवाली किष्ट बैंकको सम्पूर्ण गतिविधिको झलक प्रस्तुत गर्दै किष्ट जनताको बैंक हो, यसको सफलता जनताको सफलता हो जनचाहना अनुरूप नै जीवन उकास्ने आफैं रिक्साको मालिक बन्ने यो अभियान आफैंमा गौरव गर्ने कार्यक्रम हो भन्नुभएको थियो भने किष्ट बैंकका सञ्चालक प्रा.रामप्रसाद दाहालको सभापतिको आसनबाट बोल्दै परिवर्तित शैलीका कुरा नयाँ नेपालका कुरा धेरै उठिरहेको वेला कम्तिमा हामीले एक-अर्कामा सकरात्मक सोच राखेर अगाडि बढ्न सक्ने वातावरण जुट्न सक्ने प्रेरण प्राप्त गर्न यस्ता कार्यक्रम फलदायी हुने कुरा व्यक्त गर्नुभयो कार्यक्रमको आकर्षा पक्ष रिक्सा चालक मुनिन्द्र चौधरीको रहेका थिए

     

    उनले आफ्नो रिक्सा प्राप्तिपछिको मन्त्रीलाई केही क्षण रिक्सामा चढाएपछिको अनुभवमा भन्दै थिए एकदमै खुशी छु हामी कति अर्काको शोषणमा पर्ने, दिनभरी कमायो, साहूलाई वुझायो कहिले रिक्सा आफ्नो नहुने दिनबाट अव हामी मुक्ति पायौं जसले यो सहयोग जुटाइदिनु भयो ति सवैलाई यो रिक्सा चालकको तर्फाट धन्यवाद भनेको उनको अभिव्यक्ति कति मार्मिक कति उच्च थियो संधै गाडीमा गुड्ने मन्त्री रिक्सा चढेको निकै संस्मरणमूलक धनगढीको बजारभित्रको आकर्षा नै यसको विषयवस्तु वनेको थियो मुनिन्द्र चौधरी उनको समूहलाई संझदै कवि भूवनहरि सिग्देलले लेखेको यो कविता संझदै थिए-

     

                  "घरमा फुर्सद काम कडा

                  दिन, रात खटेर रिझाउ बडा

                  पढाइ कुनै हुन गो गतिलो

                  राख अरे सुकिलो मुकिलो"

     

    जे होस् हामीले अर्थशास्त्रमा पढेको कार्यकुशलताको अर्थ धेरै संझे कम समयमा बढी काम उच्च गुणस्तरमा पूरा गर्न सक्ने क्षमतालाई कार्यकुशलता भनिन्छ कार्यकुशलतामा कम समयमा काम पूरा गर्नसक्ने बढी काम पूरा गर्नसक्नु कार्यसम्पादन उच्च गुणस्तरको हुनु तीन प्रमुख विशेषता मान्न सकिन्छ यी विशेषतालाई वुझाएर रिक्सा चालकलाई अगाडि बढाउन मेहनतको फलको जगेर्ना गर्न सीप, योग्यता, क्षमता आफैं संग भएको कुरा राख्न सकेपनि सफलता प्राप्त हुने नै किष्ट लघुवित्त कर्जा रिक्साका लगानी शर्तलाई पालनगरी अगाडि बढ्न सक्ने समग्र तराइका श्रमजीवि रिक्सावाल सेवा वेचेर स्वामित्व ग्रहण गर्न सक्ने परिस्थीतिमा उभिनेछन् यसको लागि सम्वन्धित पक्षको सहयोग अपरिहार्य यिनै कुराहरू राख्दै धनगढीको यात्रा, युवा स्वरोजगार कार्यक्रम अर्थमन्त्रीले रिक्सा चढेको दिनलाई केही सन्देशमूलक उपयोगी बन्न सकोस सवैको सामु भन्दै यो कता कताको कथा, कथा होइन है भन्दै कवि कृष्ण प्रसाद पराजुलीका यी पंक्तिहरूको अक्षरलाई प्रदर्शन गर्दै धनगढीको यात्राबाट ओझेल पर्न चाहन्छु किनकी मन सुसाउँदैछ-

     

    "रोए पनि हासिन्छ, सम्झी आएमा

    हाँसे पनि दुख्तछ बिर्सीएमा

    लामो रात काटेर हुन्छ विहानी

    छाती भरि लेखिन्छ मीठो कहानी"

                 

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक