आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    जीवनशैली
    पुत्रवात्सल्यले महलबाट सडकसम्म याचना
    May 05 2010

           कालिका खड्का

    सुशीलकुमार शर्मा आफ्नो आठवर्षो छोरालाई रोगबाट बचाउने पिरलोले गर्दा अहोरात्र कहिले अस्पताल कहिले सडकको पेटीमा बसेर सहयोगको हात पसारिरहेका छन् । जन्मिएको पाँच महिनादेखि नै हठात बिरामी परेका पुत्र रौनकको स्वास्थ्यप्रति चासो नदिएका शर्मालाई त्यही रोग प्रलयका रूपमा आइलाग्छ भन्ने के थाहा ? आज उनी एकातिर छोराको उपचारका लागि भौँतारिरहेका छन् भने सँगै त्यही पीडाले आफ्नी अर्धाङ्गिनीको अचेतावस्थालाई टुलुटुलु हेर्न विवश छन्

     

    वि.सं. २०५९ जेठ काठमाडौँ महानगरपालिका-२५ मा जन्मिएका  रौनकको रोग प्रारम्भमा साधारण ज्वरोजस्तो भएपनि कालान्तरमा त्यही रोगले अन्य रुप लिन पुग्यो दृष्टिगोचरको समस्या मात्र भएन, शरीरका कुनै पनि अङ्ग छुँदा रुने कराउने भयो

     

    पुत्रको रोगले चिन्तित शर्माकालागि सहृय भएन उनी शिक्षण अस्पतामा उपचारका लागि पुगे अस्पतालबाट छोरालाई एमआरआई गराउनु पर्ने सुझाव भएपछि उनी त्यसका लागि तम्तयार भए त्यो गराए पनि त्यतिबेला एक एमआरआईका लागि उनले रु. दशहजार खर्च गरेका थिए

     

    यसैक्रममा उपचार गराउनका लागि बाँसबारीस्थित न्युरो अस्पतालमा डा.उपेन्द्र देवकोटालाई भेट्दा उपचारका लागि आवश्यक पर्ने पैसाको जोहो गर्न नसकेपछि छोरालाई लिएर शर्मा उपचार कहाँ गराउने भन्ने द्विविधामा राजधानीका धेरै अस्पातमा चहार्न थाले तर, पैसा नभएपछि कुनै अस्पतालमा पनि उपचार सम्भव भएन

     

    एकातिर अर्थ अभाव, अर्कातिर छोराको अवस्था नाजुक बन्दै गयो उनी दैनिकजसो १० देखि १२ पटक बेहोस हुनथाले चिन्तित अवस्थाका सुशीलकुमारले पुत्रमोहका लागि जायजेथाको पनि वास्ता गरेनन् सबै बिक्री गरे तर, दुर्भाग्य सबै सम्पत्ति बिक्रीपछि पनि त्यसले धान्नसक्ने अवस्था भएन

     

    उपचारका लागि उनले छोरालाई जनकल्याण आयुर्वेदिक अस्पतालमा लगे उपचारका लागि महिनामा रु. २५ देखि ४५ हजार लाग्ने रकम कहाँबाट ल्याउने भन्ने चिन्ताले उनलाई दिनरात सताइरहृयो एकातिर बिरामी छोरो, अर्कोतिर निको नहुने छोराको रोगको कारण अर्धचेत श्रीमतीको ख्याल राख्नुपर्ने भए पनि छोरालाई सडक किनारामा राखेर बटुवासँग पैसा माग्न थाल्नुपर्यो

     

    राजधानीका सुन्धारा, हनुमानढोका, बानेश्वर, दक्षिणकालीमन्दिरलगायतका  सबै ठाउँमा पैसा माग्दै छोराको उपचार गर्न थाले । तर पनि त्यसले पनि पुगेन अन्ततः सरकारले सहयोग गर्छ कि भनेर झिनो आशा लिएर उनले छोरालाई बोकेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मन्त्रीलाई भेटेर निःशुल्क उपचारका लागि सहुलियत कार्ड पनि बनाए 

     

    त्यसपछि उनलाई छोराको उपचार हुन्छ भन्ने आशा पलायो सहुलियत कार्ड बोकेर अस्पताल धाउन थाले, तर चिकित्सकले निःशुल्क उपचार गर्न नसकिने बताएपछि उनी निराश भए

     

    छोराको उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सहयोग पाइन्छ भन्ने जानकारी पाएपछि उनी सोझै प्रधानमन्त्री निवासमा गए तर, कार्यालयमा बजेट नभएको जानकारी पाएपछि उनको छिनभरको आशा निराशामा परिणत भयो

     

    "छोरालाई अझै पूर्णरुपमा निको बनाउन एक वर्ष औषधि खुवाउनुपर्छ," उनले भने- "अहिलेसम्म औषधि खुवाउनका लागि जसोतसो पैसा सङ्कलन गर्दैछु, बाँकी दिनमा उपचार गराउन सहयोग पाउँछु या पाउँदैन भन्ने पिर लागिरहन्छ ।" छोरालाई पूर्णरूपमा निको बनाउनका लागि अझै रु. पाँच लाख खर्च हुने चिकित्सकको भनाइ स्मरण गर्दै केही गर्दा पनि उपचार खर्च जुटाउन नसकेकामा उनले आफैँलाई धिक्कार्न थाले

     

    "औषधि खुवाउँदाखुवाउँदा अहिले छोराले आँखासम्म हेर्न थालेको ," छोराको स्वास्थ्यमा सुधार आउनसक्ने झिनो आशाका साथ अगाडि थप्दै उनले भने-"पहिला टाउको सिधा हुँदैनथ्यो, अहिले सिधा हुन्छ ।" एकवर्षनिरन्तर उपचार गराउन पाए छोरालाई निको हुने विश्वास व्यक्त गर्दै उनले छोरालाई बचाउन आवश्यक पैसा सहयोग गरिदिन सहृदयी सबैसँग आग्रह गरे

     

    सडक किनारमा बसेर पनि उनले "मेरो छोरालाई बचाउन आवश्यक पर्ने औषधि किन्न पैसा दिनुस्" भन्दै सबैलाई सहयोगको याचना गर्दै आफ्नो पुत्रवात्सल्य पोख्छन्

    Comments
    Posted By: R.B thapa
    May 05, 2010
    Nepal ma yesta pani hudo rahecha jaha garib lai matara kina vane dhani susilkumar vaye ko vaye yesari aru ko chakadi garnu pardain thiyo hey bhagawan ma pray garchu sab dhani and netaa haru ko santan lai yestai ho ani tini haru lay thaha paucha?k yeti help garna lai pani hamro nepale dajubhai didi baine haru ko he chain ta? plz sakincha vane garidinus,,
    Posted By: ashok panta
    May 13, 2010
    dukha lagdo news.sabai milera sahayog garau.mero tarfa bat avasya sahayog milne chha.
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक