आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    खेलकुद
    युवतीको पहिलो रोजाइका खेलाडी
    May 06 2010

    महिलाहरू अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा "सेक्सी" खेलाडी कसलाई मान्दा होलान् ? यो प्रश्नपछि धेरैको आँखामा क्रिस्टियानो रोनाल्डो, फर्नान्डो टोरेज वा राफेल भ्यान डर भार्टको तस्बिर चाच्न सक्ला । तर, फ्रान्सेली महिलाहरू त्यस्तो सोच्दैनन् ।

    फ्रान्सको एक डेटिङ वेबसाइट फस्र्टअफेयर डट एफआरले गरेको सर्वेक्षणले आगामी विश्वकपका सर्वाधिक "सेक्सी" फुटबलरमा थियरी हेनरीले बाजी मारेका छन् । सो वेबसाइटले राखेको "कुन फुटबलरसँग ओछ्यानमा जान रुचाउँछौँ," भन्ने प्रश्नमा झन्डै एक हजार पाँच सय फ्रान्सेली महिलाले जवाफ दिएका थिए ।

     

    सो सर्वेक्षणमा सोधिएका सबै प्रश्नको जवाफका आधारमा सर्वाधिक मत पाएर हेनरी आगामी विश्वकपमा फ्रान्सेली युवतीको पहिलो रोजाइको खेलाडी बने । साथै सर्वेक्षणबाट महिला दर्शकमध्ये ५४ प्रतिशतले फुटबलरको शरीरमा पहिलो ध्यान दिने देखिएको छ । त्यसपछि खेलाडी व्यक्तित्व अनि मुस्कानले महिला दर्शकलाई तान्नेछ ।

     

    फ्रान्सेली महिला फुटबल दर्शकमध्ये २३ प्रतिशत हेनरीको दिवानी बन्नेछन् भने फ्लोरेन्ट मालौडालाई १४ दशमलव आठ प्रतिशतले रुचाएका छन् । यसैगरी राफेल भ्यान डर भार्टले नौ दशमलव तीन प्रतिशत मत पाउँदा निकोलास एन्केलाले ६ दशमलव चार प्रतिशत मत पाए ।

     

    पाँचौ स्थानमा आएका क्रिस्टियानो रोनाल्डोको भागमा पाँच दशमलव दुई प्रतिशत मत पर्‍यो भने नवौँ स्थानमा आएका फर्नान्डो टोरेजको भागमा दुई दशमलव दुई प्रतिशत मात्रै मत पर्यो । यस्तै फ्रान्सेली महिलाले आफ्नै मुलुकको टोलीलाई "सेक्सियस्ट टिम" मानेका छन् । त्यसपछि उनीहरूको रायमा पोर्चुगल र ब्राजिल "सेक्सियस्ट टिम" हो ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक