आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    जीवनशैली
    कार्की जिजु हजुरवुवाले भित्र्याए कान्छि
    May 17 2010

    गणेश बस्नेत

     

    तपाई आफुभन्दा कति उमेरको फरक व्यक्तिसंग विवाह गर्नुहुन्छ वा गरिसक्नु भएको ? सायद सरदर दुइदेखी दश वर्षो फरकमा होला, तर दोब्बर भन्दा माथिको उमेरको फरकमा सायदै बिवाह भएको होला नेपाली समाजमा कहिलेकाही विवाहका नौला आश्चर्य जनक घटनाहरु घट्ने गर्दछन् यस्तै आश्चर्यजनक बिवाह भएको , आइतवार भक्तपुरको लोकन्थलीमा एक वृद्ध व्यक्तिले आफुभन्दा आधा उमेर भन्दा कम उमेरकी एक युवतीसंग तेस्रो पटक प्रेम बिवाह गरेका छन् उनीहरुको यस बिवाहले मानिस बुढो भएपनि मन बुढो हुँदैन मायालाई उमेरले छेक्दैन भन्ने उखानलाई एक पटक फेरि ब्यवहारमा चरितार्थ गरिदिएको

     

    उमेरले असी कटेका बृद्ध कर्ण बहादुर कार्की आइतवार परम्परागत रुपमा विवाह बन्धनमा बाधिएका छन् युवा झैं देखिने जिउडाल भएका कार्कीले आफूभन्दा आधा कम उमेरकी युवती यशोदा खडकालाई आइतवार तेस्रो श्रीमतीका रुपमा भित्र्याएका हुन कार्की खडकाबीच महिना अघिदेखि प्रेमको बिजारोपन भएको थियो सुन्दा पत्यार नलाग्न सक्छ, यो तस्विर त्यही जोडीको हो तस्विरमा देखिएका दुलाह हुन, ८३ वर्षीय कर्ण बहादुर कार्की दुलही हुन ४२ बर्षीया युवती यसोदा खडका

     

    संखुवासभाको चैनपुर गाविस वडा नम्बर फलाटे स्थायी घर भई भक्तपुरको लोकन्थलीमा बस्दै आएका कार्कीले आइतवार संखुवासभा कै छिमेकी गाँउ बानेश्वर गाविस निवासी यशोदा खडकासंग विवाह बन्धनमा बाधिएका हुन प्रेमलाई अन्तिम रुप दिने निर्णय भएपछि कार्कीले ४२ वर्षीय अविवाहित खड्कालाई तेस्रो श्रीमतीको रुपमा आफ्नो घर भित्र्याएका हुन कान्छी श्रीमतीको एक वर्षअघि निधन भएपछि कार्की बुढेसकालको साहारा भन्दै आइतवार पुन तेस्रो पटक विवाह बन्धनमा बाधिएका हुन

     

    चार छोरा, पाँच छोरी २५ नाति, नातिना पनाति पनातीना रहेका कार्कीले यो विवाह लुकाएर गरे, भागेर नै उनले सिंगै समाजको अगाडी सानदारसंग आफ्नो तेस्रो विवाह गरेका हुन् बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काधै माथि भन्ने उखान आफुमाथि नलागोस् भनेर तेस्रो पटक ८३ को उमेरमा विहाव गरेका हुन्, कार्कीले उनी दुलही लिन जन्ती जानुको साटो दुलहीका परिवारलाई नै आफ्नै घरमा बोलाएर विवाह बन्धनमा बाधिएका हुन् माया प्रेमलाई उमेरले छेक्दैन भन्ने लोकोक्ती सुन्नेहरुका लागि कर्ण- यशोदाको जोडी बलियो दृष्टान्त हो ८३ वर्षीय बेहुला कर्ण ४२ बेहुली यशोदा दुवै खुशी छन्

     

    दुइ छोरा छुट्टएपछि बुढेसकालको सहाराको रुपमा यसोदालाई भित्र्याएको बेहुला कार्की बताउँछन आफूलाई खाना पकाएर खुवाउने बुढेसकालको साथीको खाँचो परेकोले अर्को विवाह गर्नु परेको उहाको भनाई थियो

     

    "बुढेसकालको साहाराको रुपमा यिनलाई भित्र्याएको हु," बिवाहबारे कार्कीले भने आफु भन्दा दोब्बर उमेर भन्दा माथिका कार्कीलाई मन पराएकी दुलही यशोदाले पनि आफुलाई मन पराएको कारण घरमा माग्न आएपछि स्वीकृती दिएको बताइन दुइ जनाबीच प्रेम बसेपछि कार्की उनलाई माग्न घर गएका थिए यशोदाको परिवारले शुरुमा अस्वीकार गरेपनि कार्कीसंग बिवाह गर्ने अडान लिएपछि स्वीकृती दिएको थियो यशोदाले बिवाहबाट आफुलाई अत्यन्त खुसी तुल्याएको प्रतिक्रिया दिइन "उहाँहरु घरमा माग्न आउनु भयो मैले हुन्छ भने" याशोदाको भनाई थियो

     

    बाबुको बिहे देखियो भन्ने नेपाली उखानका कारण हुनसक्छ, कार्कीको बिवाहमा छोराछोरी भने कोही सहभागी थिएनन् यद्यपी बाजेले तेस्रो पटक बिवाह गरी नयाँ हजुरआमा भित्रयाएपछि नाती नातिनाहरुले भने खुशी व्यक्त गरे उनीहरु सामाजिक रुपमा गलत नजरले हेर्ने हो कि भन्ने डरले क्यामरामा भने आउन रुचाएनन्  

     

    विवाह मण्डपमा सहभागी छिमेकी राजेन्द्र केसीले मन मिले विवाहको लागि उमेरले छेक्न सक्दो रहनेछ भन्ने प्रमाण बृद्ध युवतीबीचको बिवाहले पुष्टि गरिदिएको बताए बुढेसकालमा गरिएको विवाहले पालन पोषणमा राम्रो व्यवस्था हुने उनको भनाई थियो विवाह व्यक्तिको निजी मामला हो

     

    बुढेसकाल हेरचाहका दृष्टिले सबै भन्दा महत्वपुर्ण उमेर समुह हो सहाराको खोजीमा जुरेको यो लगनले विवाहलाई उमेरको कसीमा राखेर हेर्नेहरुलाई गतिलो सवक सिकाएको विवाहलाई हेर्ने संकीर्णबादी सामाजिक दृष्टिकोणलाई पनि रुपान्तरणको पाटोमा लैजान उत्प्रेरित गरेको वृद्ध कार्कीको हेरचाह गर्ने कसम खायर प्रणयसुत्रमा बाँधिएको कर्ण यशोदाबीचको लगनगाठोलाई हाम्रो पनि सलाम

    Comments
    Posted By: nabin
    May 17, 2010
    badhai 6 hajur ba, briddha ba ama ko bewasta biruddha ko yo kadam smman yogya 6. Abhibadan
    Posted By: hari neupane
    Sep 24, 2010
    karna ko death pa6i yasodako life kasari bit6 ? kinaki karna 83 year bhaisakyo.
    Posted By: medina
    Dec 17, 2010
    khusiko kura, sasaiko saharako mag pura vayo. dukhko kura umerko,tar ,kasailai thaha hudain ko kati bacha6 vaner,so bachunjell garu Ramaeloo .very big, COGRATUALATION!KARKI JI!!
    Posted By: Khagendra
    May 20, 2011
    This might be due to the lack of company during oldage as the children are busy and even do less/ no care to the old parents. May be this is one solution of lonlyness.
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक