आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    नेपाल समाचार
    आलुको भकारी हेरेर छोरी दिने चलन
    May 18 2010

     

    गीता शर्मा

     

    तपाईं पनि छोरीचेलीको विवाह गर्दै हुनुहुन्छ ? छोरी दिने घरमा के के सुविधा छन्, अनि सम्पत्ति कति छ भनेर हेर्नुहुन्छ होला । तर पर्वतको  भोकसिङ्गमा  छोरी दिनेले भने आलुको भकारी हेर्न थालेका छन् । जति धेरै आलु फलाउन सक्यो भोक्सङ्गवासीले उति नै गतिली बुहारी भित्रयाउने गरेका छन् ।

     

    सदरमुकाम कुस्माबजारबाट दक्षिणपुर्वमा पर्ने भोकसिङ्गमा कृषकले आलुसँग धान साटेर वर्षभरि भात खाने भएकाले छोरी दिने आलुको भकारी हेर्न थालेका हुन् ।भोकसिङ्ग गाविसमा आलुमात्र उत्पादन हुने गर्दछ ।

     

    जिल्लाको प्रमुख आलु उत्पादन पकेट क्षेत्रका रूपमा रहेको भोकसिङ्गका कृषकले वर्षमा १५ मुरीदेखि ३०० मुरीसम्म आलु फलाउने गर्दछन् । उत्पादन गरेको आलुसँग धानसँगै मकै, कोदो पनि साट्ने गर्दछन् । यतिबेला भोकसिङ्गमा आलु लिन आउनेको ताँती लागेको छ । छिमेकी बागलुङको जैदीबाट धान बोकेर आलु लिन आएका दीनानाथ शर्माले भने- हामीले रोजीरोजी धान दिन्छौँ, धान हेरेर रोजीरोजी अरूले छोरी दिन्छन् भोकसिङ्गवासीलाई ।

     

    तीन दशक पहिलेसम्म व्यावसायिक रूपमा आलु उत्पादन नहुँदा मकै र कोदो प्रमुख बाली रहेको थियो । कोदो र मकैमात्र फल्ने भएकाले छोरी माग्न जाँदा विवाहका लागि धेरै अभिभावकले छोरी दिन नमान्ने गरेको अनुभव सुनाउँछन् कृषक रुद्रबहादुर क्षत्री ।

     

    भोकसिङ्गमा २०३५ सालपछि व्यावसायिकरूपमा आलु उत्पादन भएपछि ती दिन पूरै फेरिएका छन् । बीउका लागि आलु साट्न आउनेहरूले ल्याएको धान पनि छानेर लिन थालेका छन् । गुडुराजस्ता मीठो भात हुने चामल रोजीरोजी लिने गरेका छन् । नराम्रो धान देखेमा आलु छैन भनेर फर्काउने गरेका छौँ- अर्का कृषक केशनाथ उपाध्यायले भने । भोकसिङ्गमा आलु उत्पादन भएपछि यहाँको बीउ अन्यत्र पठाउनका लागि राष्ट्रिय कृषि अनुसन्धान कोषको सहयोगमा स्थानीय संस्था सोर्डर नेपालले बीज वृद्धि कार्यक्रमसमेत सुरु गरेको छ ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक