शुक्रवार, २०६८ माघ २७ गते, 10 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    सम्पादकीय
    खतराको तरवार ज्युँका त्यूँ छ
    May 18 2010

    एकीकृत नेकपा माओवादीले आव्हान गरेको अनिशिचतकालीन आमहड्ताल स्थगित गरेपछि नागरिकले राहतको महसुस गरेका छन् तर उनीहरुको शिरम मडारिएको कालोबादल भने हटिसकेको छैन अझै दलहरुबीच सहमति बनेको छैन सहकार्यको वातावरण बन्ने थुप्रै छेकेवार बाँकी नै छन् माओवादीले आमहड्ताल फिर्ता लिए पनि आन्दोलन जारी नै रहने घोषणा गरेकाले जनजीवन पुनः कष्टकर बन्ने सम्भावना ज्यूँका त्यूँ नै रहेको

     

    यतिबेला माओवादी एक कदम पछाडि हटेको उसलाई पछाडि हट्न वाध्य पार्न उद्योग व्यवसायी, नागरिक समाज स्वतस्फूर्त रपमा वसन्तपुर पुग्ने नागरिकले ठूलो भूमिका निर्वाह गरेका छन् नागरिक अन्तराष्ट्रिय समुदायको दवावकै कारण माओवादी आमहड्ताल फिर्ता लिन वाध्य भएको हो

     

    आन्दोलन फिर्ता लिएपछि विभिन्न जिल्लाबाट राजधानीमा ल्याइएका माओवादीका कार्यकर्तालाई तत्काल माओवादीले जिल्ला नफर्काउने भनिएपनि अहिले बाहिरबाट ल्याएका सबैलाई माओवादीले फर्काएको राजधानीको सडक जाम पार्न, जनजीवन अस्तव्यस्त पार्न राजधानीमा अहसज परिस्थिति सिर्जना गराउनकै लागि एनेकपा माओवादीले राजधानी बाहिरबाट ल्याइएका आफ्ना कार्यकर्तालाई तत्काल फिर्ता नगर्ने देशव्यापी रुपमा माओवादीको क्रियाकलापको भर्त्सना भएपछि उसले आफ्ना कार्यकर्ता फर्काएको हो

     

    माओवादीले आन्दोलनका दौरान आफ्नो तर्फाट व्यक्त गरिएका भनाइलाई समेत सच्याउने मात्रै होइन, त्यसप्रति क्षमायाचना समेत गरेको   यसबीचमा माओवादी निकै लचक भएको देखिएको तर पनि राजनीतिक निकास कसरी आउने हो अझै प्रष्ट भएको छैन

     

    एमाओवादीको आमहड्तालमा काठमाडौंका जनताले साथ दिएनन् आमहड्ताललाई एमाओवादीले जनआन्दोलनको संज्ञा दिएपनि त्यो कार्यकर्ताको आन्दोलनको रुपमा देखियो सडकमा हजारौं व्यक्ति उतारेको भएपनि ती अधिकांश ठूलो धनराशी खर्च गरेर ल्याइएका मानिस थिए मुलुकका विभिन्न स्थानबाट ल्याइएका ती नागरिकहरुलाई राजधानीका विभिन्न स्थानमा क्याम्प बनाएर राखिएको थियो उनीहरुको आवास, खाना यातायातको सम्पूर्ण बन्दोबस्त एकीकृत माओवादीले करोडौं खर्च गरेर थियो स्वेच्छाले कम दवावले बढी व्यवसायीबाट उठाइएको 'चन्दा'बाट माओवादीले आन्दोलनको लागि ल्याइएका मानिसहरुको खाना अन्य बन्दोबस्त गरेको थियो यसबाट पनि यो जनआन्दोलन नभएर एकीकृत माओवादीको आन्दोलन थियो भन्ने प्रष्ट

     

    २०६२/०६३ को आन्दोलनमा जनता कसैको क्याम्पमा बसेका थिएनन् कुनै पार्टीको भरणपोषणमा आन्दोलनमा होमिएका थिएनन् तर यसपटक 'जनआन्दोलन' शब्दकै दुरुपयोग गरिएको

     

    यति हुँदाहुँदै पनि माओवादीले उठाएका मुद्दालाई कुनै कुनै रुपमा सम्वोधन गरिनु जरुरी शान्तिपूर्ण राजनीतिको मूलधारमा आएको माओवादीलाई अब विच्किन बहकिन नदिनु नै मुलुकको हितमा भन्ने बुझ्नु जरुरी उनीहरुमा अझै बन्दुकको दम्भ बाँकी धम्कीको भाषा उनीहरुले त्यागेका छैनन् बन्दुक धम्की एकीकृत माओवादी राजनीतिको प्रमुख आधार हो भन्दा अत्युक्ति नहोला

     

     किनकि त्यो पार्टीका नेता कार्यकर्ताको विगत १२ वर्षको स्कुलिङ नै यही हो यो यथार्थलाई अन्य दलले बुझेर उसलाई रुपान्तरण गर्नेतर्फजोड दिनु जरुरी उता सरकार पनि अचेल त्यस्तै गर्न खोज्दैछ माओवादीले आफ्नो तर्फबाट अधिकतम लचकता प्रदर्शन गरेको भान दुनियाँसामू देखाउन सफल भएको

     

    उसको यो लचकतालाई संविधान शान्तिको पक्षमा प्रयोग गर्नु नै बुद्धिमता हुनेछ तर दलहरु यस कार्यमा सफल हुन सक्ने हुन् या होइनन् यसैमा मुलुकको भविष्य निर्भर  

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक