आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    विचार
    किन अमेरिकामा नेपालीले आत्महत्या गर्छन ?
    May 25 2010

     

    अनिल पाण्डे

     

     

    "मित्रता र सदभाव बढाउ,

     अकाल मृत्युबाट बचौ"

     

    एक  व्यक्तिले कतिसम्म मेहनत गर्नसक्छ, लगनशीलता र योग्यता देखाउनसक्छ भनेर हेर्ने हो भने अमेरिकामा घोटिएर काम गरिरहेका नेपालीलाइ हेर्नुपर्छ । यत्रो मेहनत उनीहरुले किन र कसका लागी गरिरहेका छन्,?

     

    यस सम्बन्धमा ध्यानदिनु भने आबस्यक भएको छ । किनभने यस्ता दुई मेहनती मेरा मित्रहरुले किही समययता आत्महत्या गरेका छन् ।

     

    क्यलिफोर्नियाको बे-एरियाका मेरा दुई मित्रले आत्महत्या गरेपछि म निकै स्तब्ध भएको छु. सर सर्ती हेर्दा  दुबैको अबस्ता राम्रो थियो.  अमेरिकामा आएर हतास हुन थालेका नेपाली भाइ-बहिनीलाई उनीहरुकै उदाहरण दिएर म सम्झाउने गर्थें । सफलता पाउने हो भने त्यसरी मेहनत गर भन्थे । तर केहि समय यताबाट यस प्रकारको उदाहरण दिनका लागि मसँग मेरा मित्र रहेनन् 

     

    बिगत का केही बर्स येता कम्तिमा यस्ता दुई मित्र हामीले गुमाए का छौ । बे-एरियाका ती दुईको  मृत्यु भएको जानकारी पछि मैले यस बिषयमा विश्लेषण गर्ने विचार गरें । आखिर किन उनीहरुले आफुलाई समाप्त पारे त ?

    म क्यालिफोर्नियास्थित बेएरियाको प्रहरीले आधिकारिक रुपमा मृत्युको कारण सार्वजनिक नगरेसम्म दुवै मित्रको सम्बन्धमा केही भन्न सक्ने अबस्थामा थिईनँ ।

     

    मलाई त उनीहरुलाई कसैले मारिदियो कि भन्ने पनि लागिको थियो । किनभने मैले उनिहरु दुवैलाई कुनै पनि कोणबाट  उदास र निराश भएको पाइएको थिइन । तेस्मा पनि उत्तम ले त आत्महत्या गर्नु ६ -७ घण्टा अगाडि सम्म एउटा साथी लाई आफ्नो गीत सुनायोको थियो  रे , त्यसैले उनीहरुले आत्महत्या गरे भन्ने भनाइसँग म सहजै सहमत हुन सक्तिन । जसमा डिप्रेसन हुँदैन उसले कसरी आत्महत्या गर्नसक्छ? मलाई पत्याउन कठिन भैरहेको थियो । बर्षौ लामो सहयात्रामा उनीहरुले जीवनबाट आत्तिएर कहिल्यै उजुर गरेको हामीले  देखेकै र पायको  छैन भने म कसरी उनीहरुले आफैलाई मारे भनेर स्वीकार गरौं ! उनीहरुले आत्महत्या गर्नु नै थियो भने एस्तो परी पक्का र येत्रो उमेर माँ आएर किन ? र आज  उनीहरुले त्यस खालको निर्णय लिने अवस्था सृजना किन भयो ?  

     

    तेसमा पनि  मेरो परम मित्र को त आज क्यालिफोर्नियामा  घर-परिवार-business   स्थापित भैसकेको  थियो । र बहिर बाट सरसर्ती हेर्दा  परिवारका साथ उनीहरु  सन्तुष्ट र आरामको जीवन बाँचिरहेको मेरो विश्लेषण छ ।

     

    हातमा सामान्य सीप भएको लगनशील व्यक्तिका लागि अमेरिका अवसरको भण्डार नै हो भन्ने तथ्यलाई प्रमाणित गरिसकेका उनीहरुले किन आत्महत्या गरे त ? येस्को लागी  प्लेन को जस्तो कालो बक्स को भगबान ले हामी भित्र आज सम्म राखन सकेको पनी छैन तेसई  ले पुलिस को रिपोर्ट परिबार बाहेक अरु ले हेर्न नपाउने भय पछी कसको कुरा मानने   ?  तर यसको जबाफ नाखोजेसम्म  एउटा नेपालि कसरि निदाउन  सक्छ ? उनीहरुको असामयिक अवसान चाहे आत्महत्याबाट भएको होस् वा अन्य कुनै कारणले- हामी नेपाली समाजले निदान गरेरै विश्राम लिनुपर्छ ।

     

    त्यो कुन कारण हो जसले कर्मठ नेपालीलाई हामीबाट असामयिक रुपमा विछोड गराइ रहेको छ । स्रोत-साधनको अभावमा कठोर मेहनत गर्ने र आर्थिक रुपमा सरल जीवन विताउन सक्षम भएपछि चुपचाप आत्महत्या गर्ने काम कसैबाट भएकै हो भने किन त ? यसको रहस्य पत्ता नलागेसम्म भोलि फेरि अर्को कुनै नेपालीको असामयिक तथा दुखद अवसानको खबर हामीले सुन्नुपर्नेछैन भनेर कसरी विश्वस्त हुन सकिन्छ र ! यी दुइ मित्रको असामयिक अवसानपछि बेएरिया क्षेत्रमा एक प्रकारको आशंका र त्रास मडारिएको छ- कतै नजिकै हत्यारा कुनै प्रवृत्ति चिन्तन वा सजीव व्यक्ति लुकिरहेको त छैन ! एक नेपाली भएपछि अर्को नेपाली जीवित रहँदा होस् वा मृत्युपछि पनि उसलाई न्याय दिलाउनका लागि आ-आफ्नो तर्फबाट हरेकले प्रयास गर्नैपर्छ ।

     

    नेपाली समुदायले यस प्रकारका घटना किन र कसरी घट्छन् विदेशी मुलुकमा एकपछि अर्को नेपालीको आशामाहिक  अबसान   किन भैरहेको छ एकजुट भएर खोजी गर्नैपर्छ भन्ने सोच ममा मात्र होईन मैले अरु नेपालीमा पनि पाएँ । तर दुःख लाग्ने कुरा के छ भने यस्तो प्रजाततान्त्रिक मुलुकमा बसेर पनि हामीले मानब अधिकार र प्रजातन्त्रको मान र मूल्यलाई भुलेर यस्ता मृत्युका समाचारलाई गम्भीर रुपले लिन सकिरहेका छैनौ र एस्तो परस्थिति को बस्ताबिक कुरा बहिर लेरौनु को सट्टा झंन तेस्लाई डरधमकी दी  लुकाइछ .  के जीवनको समाप्ति मानब अधिकारको समूल नाश होईन ?

     

    मैले पत्तालगाएको आत्महत्याको कारण केहि अनुमानमा आधारित र सैद्दान्तिक हुन पुगेको छ । किनभने कुनै मित्रको परिबारभित्रै पसेर केहि भन्नसक्ने हैसियत ममा छैन । मैले के पाएभने नेपाली नागरिक परिबारबादी प्राणी हो। परिबारका लागि रगत-पसिना बगाउँन उ कम्मर कसेर लग्दछ । तर जब परिबारको आँखामा उ आफुलाई गिरेको पाउछ तब उसले कठोर निर्णय पनि लिने गर्दछ । त्यो कठोर निर्णय आत्महत्या पनि हुनसक्छ । श्रीमती र छोराछोरीले बाबुको मन दुखाए भने उसले सहन सक्तैन । "म परिबाराका लागि कठोर मेहनत गर्ने तर परिबारले मलाई नबुझिदिने" भन्ने चिन्तनले मानिसलाई एक्लो बनाउछ ।

     

    अमेरिकी जीबनमा मानिस अधिक आत्मकेंद्रित हुने गर्दछ । काम गरदागर्दै समय बिते को पत्तेइ पाइदैन समाजलागी कतिखेर समय दिने ? जीवन परिबारमै सीमित हुन्छ । जसका लागि जीवन सीमित गरिन्छ  उसैले नचिनिदिएपछि नेपालीले गरोस् के ?

     

    अन्त्यमा, म नेपाली परिबारहरु एकापसमा मिलेर समुदायको प्रेम भाब स्थापित गर्न आबश्यक ठान्छु, यसो भएमा कम्तिमा श्रीमती र छोराछोरी ठुस्किएको ब्यथा भन्न साथी पाईन्छ । जब श्रीमतीसंग कुरा नमिलेको मनको ब्यथा सुनाउने साथी फेलापर्छ, उसले आत्महत्या गर्ने बिचार पनि साथीलाई भन्छ. स्मरण रसोस, आत्महत्या गर्ने विचार जसले सुनाउछ, उसले अब आफुलाई मर्ने अबस्थाबाट पर हुत्याउछ । अमेरिकाको जीबनमा मानिस परिबारभन्दा माथि उठ्न वा बाहिर जान भ्याईरहेकै हुदैन । यहीनै अमेरिकामा रहेका नेपालीको समस्या हो ।

     

    यहि समस्या मृत्युको कारण पनि बन्न सक्छ । "मित्रता र सदभाव बढाउ, अकाल मृत्युबाट बचौ" अमेरिका र यस्तै अन्यत्र नेपाल बाहिर ब्यस्त जीबन फसेका नेपालीका लागि यो मन्त्र हुनु आबश्यक भएको छ ।

     

    अंतमा म भगबान संग प्रार्थना गर्दछु उहाहरु को आत्मा ले शांति पावस

     

    जय भोलेनाथ!

    Comments
    Posted By: Parshuram gurung
    May 26, 2010
    Hello panday ji, im so sad to read your article, thanks for the article but your article is incomplete. There are so many questions surrounding. If you were freind of the deseased you should know well of them and the reason of suicide. If they were murdered ? so what is the motive ? You have not mentioned the status of them. People wants to know who they are ? why did they suicide ? Your article remained in mystery.
    Posted By: binod tiwari
    May 28, 2010
    Hi everyone this is nice article as well as fact thing in abroad .. the colamunist try to share idea and views for everyone who is in abroad doing good job for family and Nation , might be they are dipressation by any factor but we\\\'ve to take care them try to help .. so that this article try to help all of us , keep it mind be a relax,enjoy try to make good friend and share happy and sadness.. u can stay happy .. long live in this .....
    Posted By: Ram Rana
    May 29, 2010
    Ke ko mitra article esto lekhne ani pic chai pura smile diko?? I think are not sensitive for your late suside friends.
    Posted By: bikram rai
    Jun 04, 2010
    thik 6 article,samasamahik ghatna aafnai sathiko suicide ko barema,tara article pura bhayena mero bicharma,ra yo mathiko compain ko barema smile gareko picture kina rakehko bhannu bhayeko cha ek mitrale,ke sathile sucide garema sad bhayekai piture rakhne ta,sathi bhaneko sathi ho tara , alter death we can give them condolence only right
    Posted By: Gahiri Khet
    Jun 27, 2010
    My condolence goes to the family of the one who are gone. Its a sad story which now has become a past but for future, friends should always look after another friend, in good time and in bad.
    I agree with most of the commentators that the article is incomplete (amateurishly written). This is a sensitive issue so you have to be very careful when you write about these topics that you cover a complete story and let the readers fully understand your insight.
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक