आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    कला/सिनेमा
    अत्तो पत्तो छैन अर्पणाको
    May 27 2010

    नेपाली फिल्ममा धुम मच्चाउन आएको बताउने गरेकी अर्पणा सिंह अहिले कहाँ छिन् ? उनलाई पहिलो 'ब्रेक' दिनेदेखि लिएर 'बबाल रोल' दिनेसम्मलाई थाह छैन । 'अर्पणालाई चोरसिपाही फिल्ममा मैले नै पहिलो ब्रेक दिएको हुँ । त्यसपछि के-के गरिन्,अहिले कहाँ छिन्, मलाई थाह छैन,' निर्देशक शोभित बस्नेत भन्छन्, 'सायद उनी आफ्नै घर (सिलगुढी) होलिन् ।'

    अर्पणाले चोर सिपाहीपछि म तिमीविना मरिहाल्छु, ज्वालामुखी (एउटा आइटम गीत), कहाँ छौ कहाँ र दिदीभाइ फिल्ममा अभिनय गरेकी छिन् । उनी अभिनीत फिल्म दिदीभाइ हाल राजधानीका हलमा प्रदर्शन भइरहेको छ । आफ्नो फिल्मको हिरोइन कहाँ छिन्, दिदीभाइका निर्देशक कृष्ण चापागाईं अनि निर्माता सुनील मानन्धरलाई पनि थाह छैन रे ।

     

    'खै, अर्पणा कहाँ छिन्, थाह छैन,' निर्माता-निर्देशकले संयुक्त रूपमा बताए, 'हाम्रो फिल्म चल्न केही ढिला भयो । हामीले त उनलाई बुलन्द रोल दिएका थियौँ । अरूका फिल्ममा राम्रो रोल पाइनन् क्यार । त्यही भएर आफ्नै घर फर्किएकी होलिन् ।' दिदीभाइमा अर्पणा नायक राजेश हमालसँग अभिनयरत छिन् । फिल्मको सुरुको केही समय उनी सकारात्मक भूमिकामा छिन् भने पछि उनी पूरै नकारात्मक भूमिकामा छिन् ।

     

    'पोजेटिभ र नेगेटिभ रोल एकैचोटि निभाउन पाइन्,' निर्देशक चापागाईंले भने, 'पाएको रोलअनुसार उनले बबाल अभिनय गरेकी हुन् । सायद, अरूका फिल्ममा मेरो फिल्मको जस्तो काम पाइनन् । त्यही भएर पलायन भएकी हुन् कि ।'

     

    हिरोइनको रूपमा स्थापित हुने लक्ष्य बोकेर सिलगुढीबाट काठमाडौं छिरेकी उनले आफ्नो बानी-व्यहोरा सन्तुलनमा राख्न नसकेका कारण पलायन भएकी हुन् कि भन्ने अनुमान शोभितको छ । भन्छन्, 'रूपरंग, काम गर्ने क्षमता हेर्दा त उनको सम्भावना थियो । तर, के भएर गडबडी भयो, थाह भएन ।'

     

    अर्पणा हिरोइन बन्न आए पनि पछि जस्तोसुकै भूमिकामा पनि खेल्न थालेपछि ओरालो लागेकी हुन् । म तिमीविना मरिहाल्छुमा उनी भुवन केसीकी बहिनीको नकारात्मक भूमिकामा छिन् । कहाँ छौ कहाँ फिल्ममा पनि उनी नकारात्मक भूमिकामा छिन् ।

     

    उनको नाम कहिले शोभित बस्नेतसँग जोडियो, कहिले भुवन केसीसँग त कहिले रोज राणासँग । हुँदाहुँदा निर्देशक दयाराम दाहालसँगको यौनजन्य भिडियो प्रकरणले पनि उनलाई पलायनको बाटो रोज्न बाध्य पारेको अनुमान फिल्मकर्मीहरूको छ ।

    Comments
    Posted By: amber rai
    Jul 20, 2010
    Dubai ma janus na veti halnu hunchha ni.restaurant ma Dance gardai chhin bichari.prena pariyar urff prena sharma tejula khatiwada jasta heroin haru ta Dubai ma nangai dance garchhan.hernus hola.
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक