आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    फिचर
    के हो साकेला ?
    May 30 2010

    उजुर रा

     

    किराँत राईहरूले प्रमुख चाडका रूपमा मान्ने चाडमा उभौली (वैशाख पूणिर्मा) उधौली (मङ्सिरे पूणिर्मा) साकेला पर्व हो किराँतको देवी देवता सुम्निमा (पार्वती) पारुहाङ (शिव) को उत्पतिसँगै सो चाड मानिँदै आएको किराँत राईका पुर्खाको भनाइ

     

    बाली लगाउने समयमा वर्षा प्रशस्त होस्, दैवीप्रकोप नपरोस्, आफ्नो समुदायमा रोगव्याधि नलागोस्, सुखशान्ति छाओस् भनेर उभौली अन्नबाली पाकिसकेपछि प्रकृतिबाट  धनधान्य एवं  सुखशान्ति प्राप्त भयो भन्ने सन्देश दिन आउने समयमा पनि यस्तै रहोस् भन्ने कामना सहित उँधौलीमा आफ्ना पितृ प्रकृतिको पूजा गर्ने चलन रहेको त्रियुगा नगरपालिका उदयपुरका दीपशेर राई बताउनुहुन्छ

     

    साकेला आफ्ना पितृप्रति श्रद्धान्जलि व्यक्त गर्न एवं उनीहरूको सामाजिक क्षेत्रको कार्य, योगदानप्रतिको सम्मान सम्झनाका लागि गरिन्छ साकेलामा ढोलझ्याम्टा बजाएर सृष्टिका गीत गाउँदै नाचिन्छ यसमा कोदोको चोखो जाँड, नयाँ अदुवा  धान कुखुराको रातो भाले काटेर प्रकृतिलाई भोग दिने चलन रहेको

     

    यसमा केराको पात, माटोको भाँडो (बुछालु) चिण्डो महत्वपूर्ण सामग्रीका रूपमा राख्ने चलन अदुवा किराँत राईहरूको साँस्कृतिक कार्यको महत्वपुर्ण पवित्र पूजा सामग्री भएकाले  अदुवाबिनाको कुनै पनि कार्य विधिवत सम्पन्न नहुने जनविश्वास

     

    साकेला नाच्नु अगाडि राईहरूको पुरोहित (नछुङ)ले भूमिको पूजा गर्ने परम्परा यस पूजामा मकैको बोट, धानको बिउ, कृषि कार्यमा प्रयोग हुने सम्पूर्ण सामग्रीहरू जस्तै कुटो, कोदालो, झम्पल, हँसिया, खुकुरी, हलोको फालीका साथै अन्य हतियार राखेर पनि पूजा गरिन्छ यी सामग्री साकेला थानको रुखको फेदमा राखी पूजा समेत गर्ने प्रचलन रहेको

     

    किराँत समुदायमा प्रचलित भनाइ अनुसार किराँत राईहरूको सृष्टिकर्ता  पारुहाङ सुम्निमालाई खुसी एवं प्रसन्न बनाउन र्सवप्रथम यो नाच नाचिएको थियो भन्ने किराँत बुढापाकाको भनाइ

     

    त्रियुगा नगरपालिका वार्ड नं. गाईघाटका किराँत तराईहरूको संस्कृतिको अध्येता प्रा. कैलाशकुमार राई भन्नुहुन्छ -  पारुहाङ्ग सुम्निमा नै किराँत जातिको आदि पुरुष स्त्री हुन् पारुहाङ सुम्निमाबाट एकसाथ चार सन्तान जन्मिए ती चार सन्तानमा पहिलो होँछा (मानिस), माहिलो चाप्चा (बाघ), साहिँलो बर्पा (भालु) कान्छो ल्खिपा (कुकुर) थिए । पारुहाङ्ग सुम्निमाबाट जन्मिएको जेठा छोराको जवानी बढ्दै जाँदा पानी भित्र बस्ने नाकिह (नाग) को छोरीसँग भेट भएर पछि एकआपसमा बिहे गर्ने निर्णय गरे छोरी बिदाइ हुन लाग्दा बाबुको वाक्षी दाइजोस्वरूप माग्छे तर नाकिहँ वाक्षी दाइजो नदिने कुरा बताउँदै उनले यदि तिमीलाई यो वाक्षी चाहिन्छ भने ढोल, झ्याम्टा बजाएर कोदो, साकेला स्योपैयाँ पुजेमा त्यही स्थानमा  वाक्षी आएर बस्छ भने यसले सहकाल ल्याउँछ सुखशान्ति प्राप्त हुन्छ भने

     

    राई अगाडि भन्नुहुन्छ- आजभोलि पनि साकेला पूजापछि नछुङले साकेलाको वाक्षी निकाल्ने गर्छन् यही अतिप्रचीन मानव सृष्टिको प्रारम्भिक कालदेखि किराँतहरूले ढोल, झ्याम्टा बजाएर साकेला नाच्दै आएको परम्परा भेटिन्छ   साकेला पूजामा नछुङहरू भोग खान नाग आउने बताउँछन् नाग सन्तुष्ट भएमा त्यस वर्षअन्न बाली प्रशस्त उत्पादन हुने, बाढी पहिरो नलाग्ने, रोगव्याधी नलाग्ने वाणी व्यक्त गर्छन्

     

    होँछा सिकल्यिमाका तीन सन्तान दुइ छोरी तायमा, कियामा एक छोरा खचिलिपाको जन्म हुन्छ यिनीहरूको जीवनकालदेखि प्रकृतिका जीवजन्तु चालको अनुकरण कृषि व्यवसायका विविध कार्यहरूको अनकरण गर्दै अनेक किसिमका सिलीहरूको आविष्कार गर्दै चारी पुज्ने, साकेला नाच्दै पारुहोँ सुम्निमा एवं नाकिहँ सिक्रिहँमासँग उँभौली वैशाख  पूणिर्मा उँधौली मंसीर पूणिर्मामा रङरी सायकृत (अन्नको सह रहोस् मनुष्यमा राम्रो होस्) को कामनासहित साकेला नाचिन्छ भन्ने प्रा राईको कथन रहेको

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक