आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    सम्पादकीय
    गणतन्त्र दिवसको शुभकामना
    May 30 2010

    दुइ वर्षअघि जेठ १५ गते मुलुकबाट सय ४० बर्ष लामो निरंकुश राजतन्त्रको अन्त्य भएको थियो २०६५ साल जेठ १५ गते बसेको ऐतिहासिक संबिधानसभाको पहिलो बैठकले राजतन्त्रको बिधिवत अन्त्य गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको घोषणा गरेको हो त्यसयता नेपाली जनताले जेठ १५ गतेलाई बिशेष पर्वका रुपमा मनाउने गरेका छन् गणतन्त्र दिवसको अवसरमा मुलुकभर बिबिध कार्यक्रमको आयोजना गरी मनाइयो

     

    गणतन्त्र दिवसको अघिल्लो दिन जेठ १४ गते मध्यरातमा दलहरुले सहमति कायम गरे संविधान निर्माण गर्ने समयसीमा एक वर्ष थपिएको गणतन्त्र दिवसको अवसरमा नेताहरुले संघीय गणतन्त्रलाई सुदृढ बनाउने बचनवद्धता पनि व्यक्त गरेका छन् उनीहरुको बचनवद्धता व्यवहारमा कसरी कार्यान्वयन हुने हो, त्यो भने हेर्न बाँकी

     

    गणतन्त्र घोषणा भएको दुइ वर्षको अवधिमा मुलुकका प्रमुख दलहरु एक आपसमा लड्नमै व्यस्त देखिए उनीहरुले सहमति सहकार्यको संस्कारलाई यसबीचमा चटक्कै भूले सहमतिबाटै मुलुकमा गणतन्त्र आएको कुरालाई विर्सेर दलहरु बहुमतीय प्रणालीमा गए जसको कारण दुइ वर्षमा निर्माण हुनुपर्ने संविधान समेत बन्न सकेन १४ गते रातीसम्म दलहरुले सहमति कायम नगरेको भए आज मुलुक कुन अवस्थामा पुग्ने थियो, सायद त्यो अवस्थाको नेताहरुले समेत कल्पना गरेका थिएनन्

     

    जे होस्, मध्यरातमा सम्झौता गरेर फेरि एकपटक सहमतीय संस्कारको पुनरावृत्ति गर्न खोजिएको अहिले मुलुकको आवश्यकता पनि यही हो

     

    दलहरुले अन्तिम अवस्थामा गरेको तीन बुँदे सहमतिको मूल आशय विगतमा दलहरुबीच भएका सम्झौता सहमतिको कार्यान्वयन गर्ने भन्ने हो विगतमा आफैले गरेका सहमति सम्झौताहरु कार्यान्वयन गर्न लामो संघर्षपछि अर्को सम्झौता गर्नुपर्ने अवस्था आउनु लाजमर्दो विषय हो तर, तीन बुँदे सम्झौतालाई दलहरुले गर्वको रुपमा लिएका छन् तोडिएको सहमती पुनः कायम भएका कारण यसलाई गर्वको रुपमा पनि लिन सकिइला तर, यो सहमति पनि विगतका सहमतिजस्तै कागजमा मात्र सीमित भयोभने आगामी एक वर्षको अवधि पनि विगतको जस्तै नहोला भन्न सकिन्न

     

    अहिले दलहरुसँग आशावादी मात्र बन्न सकिन्छ उनीहरुबाट विगतको जस्तो व्यवहार नहोस् भन्ने अपेक्षा आमजनसमुदायले गरेका छन्

     

    गणतन्त्र दिवसको अवसरमा दलका प्रमुख नेताहरुले विगतको सहमति सहकार्यलाई पुनः कायम राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् , एक वर्षको अवधिमा संविधान जारी गरेरै छाड्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् यो खुसीको कुरा हो

     

    दलका नेताहरुले व्यक्त गरेका प्रतिवद्धता व्यवहारमा उतार्न सकुन्, कुर्सीको लडाइँमा मात्र नलागुन्, जनतालाई दिएको आश्वासन पूरा गरुन् स्वर्णीम नेपालको यात्रामा मुलुकलाई अघि बढाउन सकुन्, गणतन्त्र दिवसको अवसरमा यही हाम्रो शुभकामना

     

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक