आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    वार्ता
    'सच्चा डेमोक्रेष्ट त बुद्ध हुन्'
    May 30 2010

    बौद्ध धर्म दर्शन संगीतमार्फत सबैलाई सुःख शान्ति हुने कामना बाँड्दै हिडने गायिका हुन्, आनी छोइन डोल्मा अन्तर्राष्ट्रिय बजारमा उनलाई बौद्ध दर्शनका भजन गायनले लोकप्रियता दिलायो भने नेपाली सांगीतिक बजारमा "फुलको आँखैमा फूलै संसार.." बोलको गीतले चर्चित तुल्यायो उनी विहे गर्नु नपरोस् भनेर आनी बनिन् सबैले चाहेको सुःख शान्ति खोज्नतर्फलागिन्, बौद्ध दर्शनभित्र अनि गीतसंगीतसँग रमाउने आनी छोइनसँ गरिएको कुराकानी उनकै शव्दमा प्रस्तुतत गरिएको  छ :

     

    ०००

    काठमाडौं बौद्धमा जन्मेको मान्छे सानोछँदा बौद्ध आसपासका महिलाहरुले बडो दुःख गरेर रक्सी, मःम आलु बेचेर बालबच्चा पाल्थे, तर लोग्नेमानिसहरु दिउँसभरि तास खेल्दै जाँडरक्सी खाँदै साँझ परेपछि मातिएको सुरुमा घरमा आएर स्वास्नीलाई कुटपीट गर्ने गर्थे, त्यो मैले देखेको थिएँ हाम्रो समाजमा पुरुषलाई अलि ठूलो महिलालाई तल्लो मान्ने भन्ने प्रचलन , यो दुर्ग्भायपूर्ण कुरा हो हाम्रो समाजमा सारा काम महिला नै गर्नुपर्छ भन्ने जुन संस्कार , त्यसबाट मैले उम्कनुपर्छ भन्ने लाग्यो त्यसकारणले गर्दा मलाई सानैदेखि विहे गर्न नपरोस् भन्ने चाहना हुन्थ्यो त्यसैको विकल्प आनी बन्नुपर्छ भन्ने लाग्यो आनी बनेपछि विवाह गर्नुपर्दैन भने त्यसैले आनी बन्छु भन्ने इच्छा ममा जाग्यो पछि गुम्बामा गएर गुरुको शरण लिइयो एकदमै भाग्यमानी रैछु , सदगुरुको शरण पाएँ त्यहाँ मैले धेरै ज्ञानगुणका कुरा सिक्न मौका पाएँ

     

    ०००

    गायन क्षेत्रमा लाग्दैमा धर्मबाट अलग्गिएको भन्ने कुरा मिल्दैन मैले गायन क्षेत्रमा बौर्द्धधर्मकै परिधिभित्र रहेर बौद्ध दर्शनको ज्ञानहरु अरुसँग बाँड्ने कोसिस गरेको छु कहीँकतै निरासाजनक गीत सांसारिक गीत मैले गाएको छैन त्यही बुद्ध दर्शन नै गाएको छु, बुद्धले दिनुभएको ज्ञानहरुको प्रसंगलाई गीति शैलीमा प्रस्तुत गरेको छु तर साँच्चिकै बुद्ध धर्म बुझ्ने हो भने मानिसले समयअनुसार ठाउँ अनुसार, मान्छेअनुसारको व्यवहार गर्न जान्नुपर्छ धर्मको मुख्य जग भनेको करुणा हो बुद्ध ज्ञान दर्शनलाई याद राखेको त्यसको मूल्य, सिद्धान्तलाई आधारस्तम्भ बनाएर नै व्यवहारमा अतिकति फरकपन ल्याउन सक्नु नै धर्म हो स्वार्थी भएर होइन निस्वार्थ स्वरुप व्यवहार गर्न जान्नुपर्छ करुणाले भाव जगाएर काम गर्न सक्नुपर्छ

     

    ०००

     

    बौद्धमार्गीहरुले अहिले जेजति काम गरिरहेका छन् धेरै ठूलो काम हो भन्ने लाग्छ मलाई दुर्गम क्षेत्रको नानीहरु ल्याएर गुम्बामा राखेर विना शुल्क खान बस्न दिएर पठाइएको , ज्ञानगुणनका कुराहरुको शिक्षादीक्षा दिइएको , जसले गर्दा मैले पाप गर्नु हुँदैन, मैले अरुलाई दुःख दिनु हुँदैन भन्ने ज्ञान ती नानीहरुले पाइरहेका छन् एउटा गुम्बामा सयजना लामाहरु राखिएपनि १०० जना मान्छेहरु नराम्रो हुनबाट बचेनी यो देशका आफ्नै जन्म दिने आमाबाबुले लालनपालन, पठनपाठन गर्न नसकेका नानीहरुलाई ल्याएर गुम्बामा राखी पढाउने, खाने, लाउने सबै दिनुभएको , जसले गर्दा यो देशमा नराम्रो हुनबाट बचेको गुरुहरु हामी आनी लामाहरुको अभियान हरेक दिन, हरेक क्षण हुन्छ हरेक व्यवहारमा हुन्छ, किनभने हामीले कहिल्यै नराम्रो सोच्नु हुँदैन, नराम्रो गर्नुहुँदैन, नराम्रो बोल्नु हुँदैन भन्ने जुन बुर्द्धदर्शन , त्यसमा हरेक क्षण मनन गर्ने कोसिस गरेमा त्यो नै  हरेक पल शान्ति स्थापनाको निम्ति हाम्रो अभियान हो

     

     

    ०००

    हरेक व्यक्ति व्यक्तिको सोच व्यवहारमा फरक आइदियो भने शान्ति स्थापना भन्ने कुरा त्यसैबाट हुने हो बोल्दैमा मात्र केही हुँदैन साँचो अर्थमा भन्ने हो भने सच्चा डेमोक्र्याट गौतम बुद्ध थिए उनले कसैलाई कसैप्रति व्यभिचार राख्नुभएन, समान दृष्टिले हेर्नुभयो, यो सबैले बुझ्नुपर्ने कुरा हो अहिले यहाँका हाम्रा राजनीति दलका नेताहरु भन्नुहुन्छ, "शान्ति स्थापना, शान्ति स्थापना" शान्ति स्थापना शब्द उच्चारण गर्नुमा नै उहाँहरुमा एकअर्काप्रति रिस , पावर देखाउने व्यवहार देखाउनुहुन्छ शान्ति भन्ने शब्दको अर्थ नै अनर्थ गरेर व्यवहार देखाइन्छ भने हाम्रो लामा, आनी, गुरुहरुले यो शान्ति वास्तविक के अर्थ लाग्छ भन्ने कुरा हरेक क्षण हरेक दिनको व्यवहारमा मनन गरेर अगाडि बढिरहेका छौं देशमा नीति नियम होस् भन्ने चाहना सबैको हो, हरेक व्यक्तिले आफ्नो अधिकारका साथ आफ्नो कर्तव्य पूर्णरुपले निभाउन पाउनुपर्ने कुराको जुन विश्वास हामी सबैले बोकेका छौं, त्यो कुरा सबैले बुझौं विश्वास गरौं भन्ने हाम्रो पनि चाहना हो यो देशमा शान्ति विकास होस् भन्ने चाहना हाम्रो पनि हो तर त्यसभन्दा ठूलो अझै धर्मको ज्ञान सबैले लिउन् भन्ने हो

     

    ०००

     

    आधारभूत रुपले भन्ने हो भने कुनै पनि धर्मले सिकाउन चाहेको एउटै कुरा हो, एकअर्काप्रति माया, सद्भाव गर्नुपर्छ भन्ने कुरा हामी यो हिन्दु बौद्ध धर्म फरक हो भन्ने कुरालाई ल्याउँदैनौं, हामीमा समानता के भन्ने कुरालाई बुझ्ने कोशिस गर्दछौं बुझ्नेले आधारभूत सिद्धान्तलाई बुझ्नुपर्छ त्यो -आफ्नै तरिकाले व्यवहारमा अपनाउने गर्नुपर्छ तरिका फरक हो तर उद्देश्य एउटै हो बुझ्नुपर्ने कुरा ज्ञानको मूल सार पनि एउटै हो किनभने सबभन्दा पहिलो कुरा हामी सबै एउटै प्राणी हौं, किरा फट्याङ्ग्रा, गाईगोरुदेखि मानिससम्म हामी सबैले चाहेका छौं सुःख तर फरक यति मात्र हो कि हामी मान्छे एकदमै चलाख छौं, कहिलेकाहीँ "ओभर चलाख" भएर पनि काम बिग्रन्छ चाहना सबैको सुखकै हो, तर अपनाउने सुःख भोग्ने तरिका फरक भयो, त्यसले गर्दा अलिकति हामीले मार खाइरहेका छौं यदि त्यसबाट अलिकति बच्ने हो भने सबैको कल्याण हुनेछ सबै धर्मको आआफ्नो तरिकाबाट ज्ञान लिनुपर्छ, सबै धर्मको ज्ञानको सार एउटै हो

     

    ०००

     

    यदि सबै मानिसले मैले पनि चाहेको सुख हो, उसले पनि चाहेको सुःख हो, यसले पनि चाहेको सुःख हो भन्ने कुरा बुझ्न सक्यो भने अवश्य सुःख प्राप्ति हुनेछ सुःख पाउने तरिका पनि यदि हामी यस्तो तरिकाले पाउन सकिन्छ विना कसैलाई दुःख नदिइकन त्यो ठीक हो भन्ने कसैले बुझ्न सक्छ त्यसमा मनन गर्न सक्छ भने निश्चय नै उसले सही तरिकाबाट सजिलै सुख पाउन सक्दछ तर सुःख प्राप्तिको निम्ति अरुलाई यो गर्नुपर्छ त्यो गर्नुपर्छ भन्ने पोजिशनमा छुइनँ

     

    ०००

     

    एउटा भाग्यमानी व्यक्ति बनेको छु, जहाँ जहाँ जान्छु जजसलाई जे चाहिएको , मैले केही गर्न सकूँ भन्ने मेरो धारणा रहेको अडिएको छैन मेरो सीमित हुने इच्छा पनि छैन जहाँ जसले दुःख पाएको , त्यहाँ दुःख कम गर्न सकुँ मेरो इच्छा, प्रार्थना भनेको त्यही हो आनीहरुले औपचारिक शिक्षाको मौका पाउनुपर्छ भन्ने इच्छा अनुसार काठमाडौंकै सेतीदेवी गाविस (फर्पिङ जाने बाटो)मा एउटा बौद्ध पाठशाला निर्माण गरेको छु त्यहाँ अहिले ६७ जना बालबच्चाहरु छन् दुःख पाएका सबै वर्गका बालबालिकालाई त्यहाँ राखेको छु विदेशमा गएर जति पनि कन्सर्ट गर्छु र त्यसको कमाईबाट मैले त्यसलाई म्यानेज गरिरहेको छु हरेक वर्ष युरोप अमेरिका मात्र १०० भन्दा बढी संख्यामा कन्सर्ट गर्छु अहिले एउटा किड्नीसम्बन्धी रोग लागेको व्यक्तिहरुको निम्ति अस्पताल खोल्ने तयारीमा छु किनभने त्यो रोगको पीडा मैले अलिकति आफैंले पनि भोगेकी छु, मेरी आमा त्यो रोगबाटै बित्नुभएको हो मेरी आमा भाग्यमानी भनौं अरुको दाँजोमा । तर त्यो आर्थिक रुपले कमजोर भएका व्यक्तिहरु जुन रोगले पीडित भएका छन्, त्यस्तोहरु देख्दाखेरि भगवानले मलाई सायद यो रोग मेरो आमालाई दिएको कारण नै यही नै हो कि - ती रोगीहरुको मर्म मैले पनि बुझ्न सकुँ मैले केही गरुँ भन्ने हिसाबले  त्यसै कारणले पनि मैले केही गर्ने कोसिस गरिरहेको छु  

     

    ०००

     

    मान्छे जन्मदेखि नै नराम्रो हुँदैन कोही पनि परिस्थिति, समयअनुसार मान्छेलाई प्रभाव पार्छ साथीसंगत, वातवरणले मान्छेलाई अलिकति फरक पार्छ मूल कुरा उसको प्रकृति स्वभाव नै एक्लै बाँच्न सक्ने हुँदैन, त्यसैले उसलाई कहीँ कतैबाट एकअर्काको साथ सहयोग चाहिन्छ हामी सबैजना एकअर्कामा आश्रति छौं सबैले यो कुरालाई बिर्सनु भएन सबैको चाहना सुख नै हो त्यो ती कुरा सरल तर पनि चाहना अति सुःख भएर पनि आँखाको परेला धेरै नजिक भएर नदेखिएको जस्तै साना कुरालाई हामीहरु हेर्न,बुझ्न खोज्दैनौं, गाह्रो कुरा मात्र खोज्छौं, त्यसो गर्नु हुँदैन

     

    ०००

    हेर्दा मात्र तपाइँले मलाई सिम्पल, शालिन देख्नुभएको परेको खण्डमा फेरि क्रोघित पनि हुन सक्छु, कसैले हेप्यो कसैले अरुलाई दुःख दिएको देख्यो भने फेरि अलिकति बलियो हुन पनि खोज्छु

    मैले अहिले पनि बृद्धत्व प्राप्ति गरिसकेको छुइनँ पनि तपाइँसरह मान्छे नै हुँ मलाइ पनि पिटे दुख्छ, कसैले गाली गरे मलाई पनि चित्त दुख्छ, कसैले हेप्यो भने मलाई रिस उठ्छ, पनि चाहन्छु सुख, शान्ति, त्यही हो तर मेरो सुख शान्तिको बाटो चाहिँ अरुलाई दुःख दिएर हैन अरुलाई सुख दिएर,अरुको अलिकति सेवा गरेर मात्र पाउँछु भन्ने कुरामा विश्वास गर्छु मेरोमा भिन्नता पाउनु भएको भए सायद तेत्ति मात्र होला

     

    ०००

     

    त्यही गीतैमा त्यो बृर्द्धदर्शन नै ग्रन्थ , त्यसैमा "फूलको आँखामा फुलै संसार" भनेको बुद्ध दर्शन, बुद्ध बचन नै हो त्यो मैले अरु नौलो गायको छैन, बुद्ध बचनलाई नै गाएको छु मैले त्यसमा, आनन्द नआउने कुरै आउँदैन बुद्धग्रन्थ अलग्गै त्यो गीत अलग्गै भन्ने छैन बुद्धग्रन्थलाई नै अलिकति लयवद्ध गरेर मैले गाएको छु त्यसमा केही फरक छैन

     

    ०००

     

    रक, रिमिक्स, र्याप भनेको गलत भन्न मिल्दैन आआफ्नो सोच , तपाइँलाई पिरो खान मनपर्छ भने मलाई नुनिलो खान मन पर्छ अरुलाई अमिलो खान मनपर्छ भने कसैलाई गुलियो खान मनपर्छ, त्यसको अर्थ हामीले भिन्न भन्नै मिल्दैन सबै मानिस नै हुन्, तर आआफ्नो स्वाद सानो बेलामा नाच्ने झुम्मिने गीत मनपर्छ भने अलि उमेर ढल्किँदै फेरि अलि शान्त खालको, अलिक आनन्द गर्ने खालका गीत मनपर्छ समयअनुसार मान्छेको स्वाद फेरिन्छ   अहिले पनि प्रायः रिमिक्स, रक र्याप गाउनेहरु पूरै योङहरु छन् त्यो बेलाको आफ्नो ठिक , उसको लागि त्यहीँ ठीक , उसलाई त्यसैले खुशी पार्छ भने त्यो नै ठिक त्यसले अरुलाई दुःख दिएको छैन नि त्यो संगीत होइन भन्न मिल्दैन कुनै पनि आनन्द दिने तत्व भने त्यो संगीत हो

     

    ०००

     

    यदि कुनै नीति नियम अपनाउँछ, जसे समाजमा एउटा शान्त राम्रो वातावरण बनाउने कोसिस गर्छ भने त्यो धर्म हो त्यो भन्दा भिन्न धर्म भन्ने होइन धर्म भिन्नै भनेर यो जीवनधारण (भिक्षु) गर्दैमा घण्टी ठोक्दैमा त्यसलाई धर्म भन्न मिल्दैन यदि मानिसले देख्दामा पूजा गरिरहेछ त्यसको मनभित्र चाहिँ लोभलालच पालिरहेछ भने त्यो धर्म होइन यो देशमा बसेर यो देशका सबै जनताहरुको निम्ति एउटा शान्तिको विकासको निम्ति, सम्वृद्धिको निम्ति पनि मानिसले जुन एउटा सोचाई राख्छ त्यो सोचाइको निम्ति एउटा नीति नियम निर्माण गर्ने कोसिस गर्छ भने साँच्चिकै धार्मिक मान्छे त्यो बन्न पुग्छ यदि बोल्ने बेलामा राम्रो राम्रो बोलिरहेछ, व्यवहारमा गलत गरिरहेछ भने त्यो अधर्मी मान्छे हो उसले गरेका कुनै पनि क्रियाकलाप अधर्म हो, त्यो पाप हो  यदि कसैले बोली व्यवहारमा जे बोलेको त्यही गरेर समाजमा अलिकति शान्ति दिने, विकास ल्याउने काममा लागेको भने त्यो धर्म हो, त्यसरी मान्छु हैन भने यो राजनीति अलग्गै धर्म अलग्गै कुरा हो भन्न मिल्दैन तर तरिका प्रक्रियामा भने फरक हुनसक्छ

     

    ०००

     

    खुशी मैले जीवनमा धेरै खुशी बटुलेकी छु सबभन्दा ठूलो कुरा मेरो जीवनमा मैले यस्तो सुदगुरुको शरण पाएको छु , जसको आशीवार्दले गर्दा मैले आज मेरो जीवन अलिकति भएपनि सार्थक बनाउने मौका पाएको छु राम्रो के हो? नराम्रो के हो ? धर्म के हो ? पाप के हो ? भन्ने कुरा बुझ्न सकेकी छु मैले बुझ्न मात्र सकेर होइन त्यसमा मनन गर्न पनि सकिरहेको छु मैले मनन गरेर मात्र होइन त्यसमा सफलता पनि पाइरहेको छु मैले कहिले काहीँ निराश हुन्छ, कहिलेकाहीँ सुखी हुन्छ कहिलेकाहीँ रिस पनि उठ्छ मान्छे भएर जन्मिसकेपछि यी अनभुवहरु सामान्य कुराहरु हुन् त्यसैले सबैको जय होस् भन्छु  

     

    प्रस्तुती - मदनकृष्ण सिलवाल

    Comments
    Posted By: Kamal
    May 31, 2010
    very nice article.
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक