आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    जीवनशैली
    सपनानै सपनाले भरिएको मान्छे
    June 01 2010

    सामान्यतया  राजनीति गर्ने मानिसहरु केशव स्थापितलाई एक मुडि (मुड भएको बेलामा मात्र काम गर्ने मानिस) कोरुपमा बुझ्छन् काठमाण्डौको न्यूरोडमा  सामान्य नेवार परिवारमा जन्मेका उनलाई सानैमा कसैले भनिदियो "तेरो हजुरवालाई सरकारले चाकु दलेर मारेको हो नि " 

     

    उनका हजुरबा शाहि दरबारमा काम गर्थे जसलाई कुनै निहुमा नाङ्गो पारेर चाकुदलेर दरबारबाट निकालिएको थियो जुन अपमानका कारण उनका हजुरबाको मृत्यु भएको थियो यो थाहा पाएका उनले नेपालमा जनताका लागि राजतन्त्र रहनु राम्रो हुदैन भन्ने बुझेका थिए त्यसैले उनि सरस्वती क्याम्पस पढ्दा बाट अनेरास्ववियुमा लागेका थिए हुन काग्रेशमा पनि लाग्न सकिन्थ्यो तर कागे्रशको कुरा सुन्दा उनिहरु राजतन्त्र फाल्ने राजनीति गरिरहेका छन् जस्तो लाग्दैनथियो कम्युनिष्टहरुको कुरा सुनेको उनिहरु आजै  भोली नै राजतन्त्र फाल्छन् जस्तो कुरा गर्ने त्यहि कुरा सुनेको भरमा अनेरास्ववियुमा लागेको हुन् उनि

     

    पाकिस्तानमा भुट्टोलाई फाँसी दिए पछि त्यसको विरोधमा अनेरास्ववियुले निकालेको जुलुसमा पहिलो पटक सहभागि भए पछि उनि सधैकालागि राजनीतिमा होमिए 

     

    २०४८ सालमा  एमालेका सामान्य कार्यकर्ता रहेका उनले मदन भण्डारीलाई गएर भने "तपाई यो देशको प्रधान मन्त्री बन्ने हैसियत राख्नुहुन्छ भने,  काग्रेशका सभापती  कृष्ण प्रसाद भट्टराईसँगै चुनाव लड्नु पर्छ " साँझमा खाना खाईरहेका बेला भेट्न गएको काठमाण्डौको एउटा गुण्डा पाराको नेवारी ठिटोले भनेका कुरा मदन भण्डारीले मन नलागी नलागी सुनिरहे घरमा फर्कदा केशब स्थापितले मदन भण्डारीलाई एक पटक आफ्नो कुरा फेरि सोच्न पनि सम्झाए   नभन्दै भोली पल्ट विहानै मदन भण्डारी केशबको घरमा आए भने- "हार्नका लगि उठ्दिन जित्ने के आधार ?"

     

    केशवले दुइ घण्टा लगाएर चुनाव जित्ने आधार सम्झाए त्यहि दिनमा पार्टीको मिटिङ्गमा मदनले क्षेत्र नम्बर एक बाट आफूले चुनाव लड्ने बताए पार्टीको मिटिङ्गमा नै कुनै नेताले भने यो केशव स्थापितको जस्तो सनकीको कुरा कसले  भन्यो तपाईलाई ? मदन भण्डारीले भने - "केशवले नै सुनाएको हो उसले जित्ने आधार पनि बताएको त्यहिंबाट नै उठ्छु " त्यस पछि  केसवको घरको फोन बजेको बज्यै

     

    पार्टीका नेताहरुले कसैले फोन गरेर भन्थे , के राजनीतिमा टिक्न मन छैन ? यसरी फोन गरेर भन्नेमा  एमालेका त्यतिबेलाका यतिबेलाका पनि प्रभावशाली नेता माधब नेपालको स्वर फोन बढी थियो केशबको माधब नेपाल जस्ता नेतासँगको सम्बन्ध पनि त्यति बेलाबाट नै विग्रेको हो माधब नेपालले पटक पटक भने "तपाई काठमाण्डौको मान्छे, यसैपाली टिकट पाउनुहुन्छ यस्तो मान्छेले मदन भण्डारीलाई उचाल्ने हो ?" केशब स्थापितको घर बागबजारमा थियो उनि काठमाण्डौमा निकै चर्चित पनि भईसकेका थिए आज जस्तो काठमाण्डौमा बाहिरका मानिसले काठमाण्डौका खेतमा घर ठडाउन भ्याएका पनि थिएनन् काठमाण्डौमा नेवारले चुनाव लड्नु पर्छ भन्ने एक खाले मानसिकता पनि थियो केशवलाई लगभग चुनावको टिकट पक्का पक्की जस्तै थियो मदनको सभा सुरु भएपछि विस्तारै एमालेको सभामा मानिसको भिड भाड हुन थाल्यो

     

    उमेद्वारी घोषणाको केहिदिन अगाडी माधब नेपालले केशवलाई फोन गरेर फेरि सम्झाए मदन भण्डारीलाई क्षेत्र नम्बर एकमा उठाउन हुँदैन किन भने कृष्ण प्रशाद भट्टराई जस्तो नेतालाई हराउन हुदैन तर केशबले उल्टो प्रश्न गरे कृष्ण प्रशाद भट्टराई एमालेका नेता हुन्   ? त्यस पछि केशबको क्षेत्रको उमेद्वारको रुपमा अर्कैको नाम घोषणा भयो

     

    प्रजातान्त्रिक राष्टिय युवासंघ बनाउनमा उनको ठूलो भूमिका रहेको   भन्छन् पार्टीका नेताहरुले युवासंघको अध्यक्ष भएका बेलामा आफ्नो कार्यकालमा युवासंघलाई निक्कै मजबुत बनाएका थिए उनको कार्यकाललाई स्वर्णकाल पनि भन्छन् एमालेका युवा नेताहरु   २०५२ सालमा एमालेको सरकार भएका बेलामा खेलकुद परिषदको सदस्य सचिव भएका बेलामा हरेक गाँउ गाँउका युवालाई खेलकुद प्रति आकर्षण गर्न  कार्यक्रमहरु सन्चालन गरे २०५२ सालको सदस्य सचिव भएको बेलामा उनले कति मानिसलाई खेलाडि बन्न सहयोग गरे भन्ने कुरा उनलाई नै थाहा छैन तर आज पनि कुनै गाउँमा जाँदा हुस् गर्दै युवाहरु भेटिने क्रम भने रोकिएको छैन

     

    २०५४सालको स्थानिय चुनावमा उनि नेपालकै ठूलो सहर काठमाण्डौका मेयर निवार्चित भए मेयर भएपछि काठमाण्डौका साघुरा गल्लीलाई चौडा बनाउन लागेका उनलाई उनको काम गराई देखेका मानिसले केबश स्थापित नर्मल मान्छै हैन भन्न थाले

     

    तपाई राजनीतिबाट हराउनु भयो नि भनेर कसैले भन्यो भने उनि भन्छन् -"मेरा सबै साथीहरु राजनीति गरिरहेका छन् तर उनिहरुले त्यस्तो केहि पनि काम गरिरहेका छैनन् जसले देश समाजको सेवा गरेको भनेर गर्व गर्न सकिन्छ धेरैले उनिहरुका कुरा सुन्दै सुन्दैनन् सुन्नेहरुले पनि मतलब गर्दैनन् तर मलाई कामै नगरेको बेलामा पनि सम्झन्छन्, केशब स्थापित हुनु पर्यो भन्छन् मैले कुनै पनि काम थाल्दा समाजमा बहस हुन्छ कुनै पदमा पो छैन राजनीति गरिरहेकै छुनि कहाँ हराएको छु ? मलाई राजनीतिमा हुनु भनेको पदमा रहनु हो भन्ने लाग्दैन "

     

    त्यसो उनि बेला बेलामा संचारमाध्यममा आईरहन्छन् कुनै कुनै विष्यमा केहि समय अगाडी काल भैरब नृत्य सिकिरहेको बारेमा संचारमाध्यमले खुव प्रचार गरे अनि भने मुडी केशबको अब नाच्ने गाउँने मुड चलेछ उनलाई त्यसरी गरिएको प्रचार प्रति कुनै गुनासो छैन उनले योजना सहित काल भैरबी नृत्य सिकेका हुन् कुनै बेला काठमाण्डौमा साफ खेलकुद प्रतियोगिता भएमा, उद्घाटन समाहरोहमा उनले यो नृत्य देखाउने छन् उनलाई लाग्छ यसले नेपालको कला संकृतिको बारेमा पोजेटिभ म्यासेज विदेशीहरुलाई दिन्छ उनि भन्छन्- "राजधानी सहरको मेयर यस्तो कला देखाउन सक्दो रहेछ भने नेपालका कलाकारहरुको कला कस्तो होला भन्ने उत्सुकता जगाउन सकिन्छ नेपालको कला प्रति अन्तराष्ट्रिय जगतको ध्यान आकर्षण गर्न सकिन्छ "

     

     माओवादीले संविधान सभाको ठूलो दलको हैसियत निर्माण गरेपछि कामरेड प्रचण्डको कानमा कसैले पुर्याएछ, काठमाण्डौको बिकासकोबारेमा कसैले जानेको भने त्यो एउटै मानिस केशब स्थापित हो एका विहानै केशबको मोवाईलमा फोन आयो - प्रचण्ड तपाईलाई भेट्न तपाईकै घरमा आउन चाहन्छन् उनले नाई नास्ती गर्ने कुरा पनि थिएन "काठमाण्डौको विकास गर्नका लागि तपाईको सहयोग चाहियो" सहयोग माग्न आएको देशको सबै भन्दा ठूलो दलको प्रमुख त्यो पनि काठमाण्डौ बनाउन पर्यो भनेर केशवले आफु मेयर हुँदा देखिको सपना योजना तिन घण्टा लगाएर प्रचण्डलाई सुनाए प्रचण्डले हिड्ने बेलामा भने- "यस्तो कुरा मैले मात्र सोच्छु भनेको तपाई भन्दा पनि बढी सोच्नु हुदो रहेछ तपाईसँग मित लगाउँछु ।"

     

    प्रचण्ड फर्केर गए पछि केहि दिनमा फेरि प्रचण्डको फोन आयो माओवादीका केहि नेता प्रचण्डकी पत्नी सिता केशबको घरमा आउन चाहन्छन् उनिहरु आए, प्रचण्डले भने- "अस्ति तपाईले भनेका कुरा तपाईले जसरी मैले बुझाउन सकिन तपाईले यि सबैलाई भनि दिनु पर्यो " केशबले फेरि काठमाण्डौको बाताबरण कसरी सफा गर्ने, ढलको ब्यवस्थापन कसरी गर्ने ? बाग्मती कसरी सफा राख्ने भनेर सुनाए सबैकुरा सुनेर गएका नेताहरुले फेरि चासो देखाउन चाहेनन्

     

    केशबलाई लाग्यो प्रचण्ड मानिरहेका थिए अरु माओवादीका नेताहरुले भने होलान् केशव स्थापित जस्तो सन्काहाको कुरा पनि सुन्ने हो ? पछिल्लो समयमा माधब नेपाल प्रधान मन्त्री भएको बेलामा पनि उनले काठमाण्डौ कसरी सुन्दर बनाउन सकिन्छ भन्ने कुरा फेरि सम्झाएका थिए उनलाई लागेको पनि थियो काम अगाडी बढ्ने तर सरकारको एक बर्षको कार्यकालमा उनको कुनै कुरा सुन्न भ्याएन क्यारे

     

    महिना अगाडी उनले ठमेलमा योगा सेन्टर खोलेका छन् उता दुइ वर्षअगाडी काठमाण्डौबाट प्याराग्लाईडिङ्ग संचालन गरेका उनले नेपालमा प्याराग्लाईडिङ्गको सम्भावना खुव देखिरहेका छन् युवाहरुको विचमा रहेका बेलामा उनि भनिरहेका हुन्छन् - "एउटा प्याराग्लाइडिङ्ग पाइलटले एकपटकको उडानमा चारहजार रुपया कमाउछ काम गर्नु पर्ने दुइ घण्टा हो विहान उठेर एक जनालाई उडायो चार हजार खल्तीमा हाल्यो एउटा स्टाइलिस् बाईक किन्यो बाईकमा सरर कलेज गयो ब्वाइफेण्ड वा गर्लफ्रेण्डको घर छेउको चोकमा गएर बोलायो आउ खाजा खान लग्छु यहि पैशै पैशा फलि हाल्छ नि किन अरुको देशमा भाँडा माज्न जान पर्यो ? "

    उता आज भोली उनलाई अर्को धुन चढ्न थालेको नेपालमा पाईने बहुमुल्य ढुङ्गा जसलाई जेम्स् स्टोन भन्ने गरिन्छ त्यसलाई सरकारले सन्चालनमा ल्याएर चलाउने हो भने कति नेपालीले रोजगारी पाउलान् ?

    धेरैलाई लाग्छ, काठमाण्डौमा रहँनेलाई साह्रै निरास लाग्दा एक पटक केशब स्थापितलाई भट्यो भने फ्रेश भईन्छ के तपाईले यस्तो सपना नै सपनाले भरिएको मानिसलाई भेट्नु भएको ?

    प्रस्तुति:नारायणी देवकोटा

     

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक