आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    नेपाल समाचार
    अविवाहित आमाको सन्तानमोह
    June 01 2010

          

    कालिका खड्का

     

    "मामु पानी खाने, मामु उसले मलाई पिट्यो, मलाई खेलौना चाहियो, घुम्न जाउँ ।" बच्चाको मन हो, उनीहरूलाई जे देख्यो त्यही चाहिन्छ, यस्तै बच्चाका चाहना रहर पूरा गर्दैमा फुर्सद छैन-पुष्पा बस्नेतलाई  

     

    सत्ताइस वर्षीया पुष्पाले असहाय बालबालिकाको सेवा गर्ने उद्देश्यले प्रारम्भिक बाल विकास केन्द्र नामक संस्था खोलेर पैँतीस असहाय बालबालिकाको स्याहारसुसार गर्दै आउनुभएको पैँतीस सन्तानकी आमा पुष्पा अविवाहित हुनुहुन्छ पुष्पाको मन अरूका सन्तानको मायामा लिप्त भएको उहाँका दैनिकी आफूले पालेका सन्तानहरूकै बीचमा हाँस्दैखेल्दै बित्छ उहाँले प्रत्येक शनिबार उनीहरूलाई घुमाउन विभिन्न ठाउँ लैजानुहुन्छ बच्चा हो छिनछिनमा झगडा गर्छन्, उनीहरूलाई फकाइफुल्याएर राख्न कुरा गर्न रमाइलो लाग्छ उहाँलाई पैँतीस सन्तानले आफूलाई "मामु" भनेर बोलाउँदा स्वर्गको आनन्दप्राप्त हुने बताउनुहुन्छ-पुष्पा

     

     

    राजधानीको एक सम्पन्न परिवारमा जन्मिनुभएकी पुष्पा बस्नेतका सम्पूर्ण आवश्यकता परिवारले पुर्याएका थिए अभिभावकले कुनै कुराको कमी हुन दिएका थिएनन् उहाँलाई यस्तो सम्पन्न परिवारमा जन्मेर पनि पुष्पाको मनमा यी बच्चालाई पालेर सेवा गर्ने भावना कसरी जाग्यो ? उहाँले २०६१ सालमा जनता सेन्टर जेल, त्रिपुरेश्वरमा विभिन्न कारणबाट थुनिएका महिलाका बच्चाहरूले एकदमै दुःख पाएको थाहा पाउनुभयो उहाँलाई ती बच्चालाई आफैले ल्याएर पालौँ भन्ने सोच आयो त्यसपछि उहाँले जेलका प्रहरी निरीक्षक मीरा चौधरीसँग सम्पर्क गरी ती बालबालिकाका आमाहरूसँग कुराकानी गर्नुभयो

     

    सुरुमा ती बालबालिकाका आमाले उहाँलाई बच्चा दिन मानेका थिएनन्, राम्ररी कुरा बुझाएपछि आफना छोराछोरी दिन राजी भए बालबालिकाका आमाहरू "सुरुमा चार जना बच्चा ल्याएकी थिएँ, अहिले प्रारम्भिक बाल विकास केन्द्र, चप्पल कारखाना, पिपलबोटमा २५ जना सुनधारामा १० जना छन्"- उहाँले भन्नुभयो चार वर्षभन्दा माथि ११ वर्षसम्मका २५ बालबालिका उहाँसँगै बस्छन् दुइ वर्षभन्दा मुनिका बालबालिका सुनधारास्थित प्रारम्भिक बाल विकास केन्द्रमा बस्ने गरेको जानकारी पुष्पाले दिनुभयो

     

    दिल्ली बजार घर भएका पिता पूर्ण बहादुर बस्नेत सीता बस्नेतकी जेठी छोरी हुनुहुन्छ पुष्पा सबैले "मामु" भनेर बोलाउँदा गर्व लाग्ने गरेको उहाँ बताउनुहुन्छ उहाँलाई आफूले जन्माउँदैमा मात्र सन्तानको माया लाग्छ भन्ने कुरा सही लाग्दैन अरूले जन्माएको सन्तानको पनि अत्यन्त माया लाग्छ "ती बच्चालाई एकछिन देख्न नपाउँदा एक्लो महसुस हुन्छ"- पुष्पा आफ्नो अनुभवन यसरी सुनाउनुहुन्छ "कहिलेकाहीँ बुबामुमालाई भेट्न डिल्लीबजार जान्छु, अरू पूरै समय केन्द्रमा बच्चाहरूसँगै बस्छु"- पैँतीस सन्तानमध्येका एक छोरी लक्ष्मीको टाउको सुम्सुम्याउदै उहाँले भन्नुभयो

     

    अरूका सन्तानलाई आमाको माया ममता दिएर बसेकी पुष्पालाई उनका परिवारले भने विवाह गर्नुपर्छ भनेर दबाब दिइरहेका छन् बाबुआमालाई छोरीले विवाह गरिनन् भन्ने चिन्ता पर्न लागेको उहाँ भन्नुहुन्छ -"बाबुआमाले विवाह गर्नुपर्छ भनेर भन्नुहुन्छ तर मैले विहे गर्ने मन छैन भनेर टार्दै आएकी छु बाबुआमाले भनेको कुरालाई गलन ठान्नुहुन्न उहाँ उमेर पुगेपछि कसका बाबुआमालाई नलाग्ला आफ्ना छोराछोरीको विहे घरजम गरिदिने चाहना विवाह गर्नु हुँदैन भन्ने पक्षमा छुइन, मैले विवाह गरेपछि यी छोराछोरीको विजोग हुन्छ" उहाँले थप्नुभयो- "विवाहपछि परिवारमा पूरै स्वतन्त्र हुन पाईदैन, मेरा यत्तिका बच्चा छन्, यिनको हेरचाह गर्न छाडेर परिवारलाई पूरै समय दिन सक्दिन ।"

     

    उहाँले विवाह भए पनि श्रीमानको घरमा भने बस्ननसक्ने बताउनुभयो विवाह गरेर श्रीमानको घरमा पूरै समय गृहिणी भएर बस्ने मन छैन उहाँलाई परिवारलाई समय दिन नसकेपछि परिवारका अन्य सदस्यसँग पनि राम्रो सम्बन्ध नहुने उहाँको भनाइ विवाह गरिहाले पनि यिनै बच्चाहरूसँगै बसेर जीवन बिताउन चाहनुहुन्छ पुष्पा उहाँले सानो छोरालाई काखमा लिँदै भन्नुभयो-"मेरा यति धेरै सन्तान छन्, मलाई विवाह गर्ने केटाले मासिक दुइ लाख रूपैयाँ कमाएमात्र यी सन्तान पाल्न सकिन्छ"

     

    ती बालबालिका तिनका बाबुआमालाई मनाएर लिई आइसकेपछि उहाँले कसरी ती बच्चालाई पाल्ने भनेर केही साथीसँग सरसल्लाह गर्नुभयो सुरुमा उहाँका सात जना साथीले दश-दश हजार रूपैयाँ सहयोग गरे, उनीहरूलाई बस्ने बासको व्यवस्था उनका बुबाले गर्नुभयो । प्रारम्भिक बाल विकास केन्द्रजस्तै बनाएर यी बालबालिकालाई पाल्छु भनेर आफैले अवधारण बनाएको उहाँले बताउनुभयो "केन्द्रका लागि आफैले अहिलेसम्म रु. लाखभन्दा बढी खर्च गरिसकेको छु, तर मैले यी सन्तान फाइदाका लागि नभई आत्मसन्तुष्टिका लागि पालेकी हुँ"-उहाँले भन्नुभयो

     

    "मेरा दाई बहिनीले पनि बच्चा पाल्नलाई सहयोग गरिरहेका छन् बुबामुमा पनि बेलाबेलामा मेरा सन्तानको हेरविचार गर्न आउनुहुन्छ केन्द्रमा"-उहाँले भन्नुभयो अहिले यी बच्चाका लागि नियमित रूपमा रकम दिएर सहयोग गर्ने व्यक्तिमा आशिष श्रेष्ठ सुरेश प्रधान हुनुहुन्छ। "सुरुमा मलाई यी बच्चालाई खानलाउन दिन नै गाह्रो भएको थियो, तर अहिले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय व्यक्तिहरूले पनि सहयोग गरिरहेका छन्"- उहाँले बताउनुभयो

     

    उहाँले आफू एक्लैले मात्र बच्चाहरूलाई स्याहारसुसार गर्न नभ्याएपछि तीन जना सहयोगी पनि राख्नुभएको आफू बाँचुन्जेलसम्म ती बच्चाहरूको हेरविचार गरेर बस्ने उहाँको इच्छा "आफू बाँचुन्जेल आफैले सो बालविकास केन्द्र सञ्चालन गर्ने आफ्नो सेषपछि यिनै सन्तानमध्ये एकले सम्हालोस् भन्ने चाहना छ"-उहाँ भन्नुहुन्छ

     

    पुष्पाले पालेका सबैभन्दा ठूली छोरी बुटवलकी १४ वर्षीया हेना खान हुन् धादिङकी १२ वर्षीया लक्ष्मी तामाङ रौतहटकी १२ वर्षीया रेणु साह हुन् अरू सबै सानै छन यी तिनै बालबालिका ओलिभर पब्लिक हाइस्कुल, पिपलबोटमा पढ्दैछिन लक्ष्मी कक्षामा पढ्दैछिन भने हेना रेणु चार कक्षामा पढ्दैछिन अन्य बालबालिका पनि त्यही स्कुलमा पढिरहेका छन्

     

    "यी तीनै जनाका आमाहरू जनता महिला सेन्टर जेलमा छन् ।आफ्नी जन्म दिने आमाको माया नपाए पनि हामीलाई भगवानले एउटी कर्म दिने आमा दिएका छन्, हामी खुशी छौं, पढ्न पाएका छौ"-तीनै जनाले एउटै स्वरमा भने आमासँगै जेलमा बस्नु परेको भए अहिलेसम्म पागलजस्तै हुन्थ्यो होला, मामुले हामीलाई आफ्नै आमाको भन्दा बढी माया दिएर राख्नुभएको , केही चाहियो भने भन भन्नुहुन्छ" -लक्ष्मीले भनिन्

     

    उनीहरूले भविष्यमा पढेर देशका लागि केही गर्ने सपना बोकेका छन् लक्ष्मीको पढेर भविष्यमा फोटोग्राफर बन्ने, हेनालाई नेपाली सेना बनेर देशको सेवा गर्ने रेणुलाई डाक्टर बनेर बिरामीको सेवा गर्ने इच्छा सबैभन्दा पहिले उनीहरूलाई छिट्टै आफ्नी आमा जेलमुक्त भएको हेर्ने इच्छा रहेको बताए

     

    "यस धर्तीमा जन्मिएपछि केही गरुँ भन्ने मेरो इच्छा हो, मैलेजस्तै धेरै नेपाली युवाले आफ्नै मुलुकमा बसेर देशको सेवा गरुन् भन्ने मेरो चाहना हो" - पुष्पाले विदेशिएका युवालाई इङ्गित गर्दै भन्नुभयो

     

    सिविन सेभ चिल्ड्रेनको तथ्यांकअनुसार दसवर्षो सशस्त्र द्वन्द्वको समयमा मात्र मुलुकका चार हजार ५३० जना बालबालिकाले आमा या बाबु वा दुवै गुमाएका छन्

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक