आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    खेलकुद
    जुन ११ देखी एक महिना सम्म साउथ अफ्रिकामा फिफा विश्वकप २०१० सुरु हुने
    June 06 2010

    खेल्नको निम्ती जुत्ताका तुना कस्नु भयो त? खेल्न तयार नभए पनि जुन ११ देखी एक महिना सम्म साउथ अफ्रिकामा सुरु हुने फिफा विश्वकप २०१०(South Africa World Cup 2010) हेर्न पक्का पनि तयार हुनुभयो होला। साउथ अफ्रिकाको लोकल समय सांझ ४ देखी १० बजे बिच खेलिने विश्वकप अरु ठाउमा प्रतक्ष प्रसारण हेर्नको निम्ती कि त मध्यरातमा उठ्नुपर्ने हुन्छ कि त बिहानको कफी पिउदै हेर्नुपर्न हुन्छ (South Africa 2010 Match Schedule)। खेलको समय नेपालमा सांझको खाना खाए पछी पर्ने हुंदा नेपालमा रहनेको लागी निकै सजिलो हुने भएकोछ। अमेरीकामा रहेनको लागी भने यो समयमा अफिस टाइम पर्ने हुंदा रेकर्डेड गेममा चित्त बुझाउनु पर्ने हुन्छ। सप्ताहअन्तका खेल चांही प्रतक्षनै हेर्न पाइन्छ। ४ बर्षमा एक पटक हुने यो खेलकुद महोत्सबमा जसरी भए पनि सहभागी त पक्कै भइन्छ। हाम्रो देश नेपाल विश्वकपमा सहभागी नभएपनि तपाइहरु आफ्नो प्रिय समुह छानीसक्नु भयो होला। विश्वकप प्रतीको आफ्नो अनुभव तथा टिका-टिप्पणी केमन्टबक्समा या ब्लग नै लेखेर सबै समक्ष बांड्नुहोला। साउथ अफ्रिकामा हुने विश्वकपका लागी अफिसयल गित तयार पारिसकिएको छ जसमा क्यानाडामा बस्ने सोमाली गायक के\'नानले आफ्नो स्वर दिएका छन।खेल शुरू हुन अझै एक हप्ता बांकि छ। यसबिचमा तपाइहरुले विश्वकपमा खेल्ने टिमबिच भइरहेका सौहाद्रपूर्ण खेलहरु हेरिरहनु भएकोहोला।

    तल प्रश्तुत गर्दैछु बिश्वकप सम्बन्धित रमाइला प्रसंग:


    १) सन १९३० मा उरुगेमा भएको पहिलो विश्वकपमा प्रतिर्सप्रधाक छनौट नै नगरी १३ वटा देशबिच खेल खेलाइएको थियो जस्मा उरुगेलाइले नै फाइनल जितेको थियो। डुंगाबाट यात्रा तय गर्नुपर्ने भएकोले केही युरोपियन टिमले खेलमा सहभागी जनाउन सकेनन। हाल विश्वकपमा ३२ टिमले खेलमा सहभागी जनाउंछन।
    २) विश्व युद्दका कारण १४४२ र १९४६मा विश्वकप हुने सकेना। सन १९५० मा भएको विश्वकपमा भारतका खेलाडीले फुटबल जुत्ता लगाएर खेल्न इनकार गरेका कारण अहिले सम्म मात्र एकपटक पाएको विश्वकपमा खेल्ने मौका पनि गुमाएको थियो। फिफाको नियममा खाली खुट्टा फुटबल खेल्न नपाउने नियम छ।
    ३) सबै भन्दा बढी विश्वकप जित्ने देशमा ब्राजिल पर्दछ। ब्राजिलले ५ पटक,इटालीले ४ पटक,जर्मनीले ३ पटक, उरुगे र अर्जेन्टिनाले २-२ पटक तथा इंग्लेन्ड तथा फ्रान्सले एक एक पटक विश्वकप जितेका छन। ब्राजिलले पहिलो जित १९७०मा हात पारेको थियो र ब्राजिलले अहिले सम्म कुनै विश्वकपमा खेल्न छुटाएको छैन।
    ४)नेपाल फिफाको १६१औं बरियताक्रममा पर्छ। ब्राजिल,स्पेन र पोर्चुगल क्रमश पहिलो,दोस्रो र तेस्रो बिरयताक्रममा पर्दछन भने संयुक्त राज्य अमेरिका १४औं स्थानमा पर्दछ।
    ५) १९९४मा जाम्बियाका संपूर्ण खेलाडी रहेको बिमान दुर्घटनमा परेर सबैले ज्यान गुमाएका थिए।
    ६) १९७४मा कुनै खेल नहारीकन पनि स्कटलेण्ड पहिलो राउण्डबाट बाहिरिएको थियो। उस्ले एक खेल जितेको थियो भने २ खेल बराबरीमा टुंगाएको थियो। स्कटलेण्डले ८ वटा विश्वकपमा भाग लिए पनि उ कहिल्यै दोस्रो राउण्डसम्म अहिले सम्म पूगेको छैन।
    ७) साउथ अफ्रिका यस पटक भन्दा पहिला मात्र २ पटक विश्वकपमा भाग लिएको छ भने खेल्ने टिमको बरियताक्रममा अन्तिम २मा पर्दछ। साउथ अफ्रिका भन्दा तल उत्तर कोरिया पर्दछ। यस पटक ६ वटा अफ्रिकी देशले विश्वकपमा भाग लिदैं छन।
    ८) बर्मा मात्र यस्तो देश हो जुन विश्वकपको छनौट खेलमा सहभागिता जनाउन पाउने छैन।
    ९) विश्वकप २०१० को म्यासकट हरियो कपाल भएको जकुमी(Zakumi ) रहेको छ, अफ्रिकी भाषामा कुमीको अर्थ १० हो।
    १०) विश्वकप २०१० जित्नेले ३.१ करोड अमेरीकी डलर पुरस्कार स्वरुप पाउने छ। दोस्रो हुनेले २.४ करोड अमेरीकी डलर र तेस्रो हुनेले २ करोड अमेरीकी डलर पाउने छन। खेलमा सहभागी हुने हरेक टिमले १० लाख अमेरीकी डलर पाउने छन। सबै भन्दा बढी गोल गर्नेले सुनको जुत्ता पाउने छन।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक