आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    खेलकुद
    विश्वकपको प्रतीक्षा सकियो
    June 10 2010

     

    विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा शुक्रबार समाप्त हुँदै छ। उज्वेकिस्तानका रेफ्री राभ्सान इर्माटोभले आयोजक दक्षिण अफ्रिका र मेक्सिकोबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको १९ औँ संस्करण जोहानेसबर्गको सकर सिटी रंगशालामा औपचारिक रूपले सुरु हुनेछ।

     

    अफ्रिकी महादेशमा पहिलोपटक हुने यो विश्वकपमा पनि विगतमा झैँ विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्।

     

    पाँचपटकको विश्वकप विजेता ब्राजिलसँगै डिफेन्डिङ च्याम्पियन इटाली, युरोपियन बिजेता स्पेन, इङ्ल्यान्ड र अर्जेन्टिनालाई उपाधिको प्रमुख दाबेदार मानिएको यो प्रतिस्पर्धाले आगामी चार वर्षका लागि नयाँ विजेता चयन गर्दै एक महिनापछि जोहानेसबर्गबाटै बिदा लिनेछ।

     

    दक्षिण अफ्रिकी राष्ट्रपति जाकुब जुमाले ठट्टैठट्टामा भनेका छन्- "उपाधि हाम्रै टोलीले भित्र्याउनुपर्छ।" यद्यपि, विश्वकपले त्यहाँको पयर्टन व्यवसाय फस्टाउन, लगानी बढाउन र सामाजिक एकता कायम गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ।

     

    सन् २००४ को मेमा आयोजनाको जिम्मा पाएयता दक्षिण अफ्रिकाको क्षमतामा धेरै प्रश्न लगाइएका थिए, तर उसले नयाँ रंगशाला निर्माण तथा पुरानाको मर्मत गर्दै तोकेकै समयमा आयोजनाको पूर्ण तयारी गरेर आलोचकको मुख बन्द गरिदियो।

     

    पोर्ट एलिजावेथ, डर्बान, रोयल बाफोकेङ, मोम्बेला, ग्रिन प्वाइन्टसहित दसवटा रंगशालामा विश्वकपका ६४ खेल हुनेछन्। रंगशाला, यातायात र एयरपोर्ट निर्माण गर्न मात्र ३ अर्ब ५५ करोड अमेरिकी डलर खर्च गरिएको थियो।

     

     

    विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष सेप ब्लाटरले अफ्रिकी महादेशमा पहिलोपटक हुने यस विश्वकपले सबैखाले जातीय विभेद अन्त्य गर्ने दाबी गरेका छन्।

     

    कुनै समय जातीय रूपमा विखण्डित देश युद्धबाट मुक्त भएको दुई दशकमा विश्वकप आयोजना गर्न सफल भए पनि सुरक्षा नै अहिले दक्षिण अफ्रिकाको मुख्य चुनौतीका रूपमा तेर्सिएको छ।

     

    विश्वकपको पूर्वसन्ध्यामा मात्र तीन विदेशी पत्रकार लुटिनु तथा ग्रिसका खेलाडीको पैसा चोरी भएबाट सुरक्षा प्रबन्धमाथिका सबै प्रश्न मेटिइसकेका छैनन्।

     

    तथापि, दक्षिण अफ्रिकाले विश्वकप खेल्न, हेर्न, वा अन्य कुनै उद्देश्यले विश्वकप दौरान आउने पाहुनाको सुरक्षाका लागि सबैखाले व्यवस्था अपनाउने बाचा गरेको छ। स्वयं राष्ट्रपति जुमाले सुरक्षाप्रमुखहरुलाई सुरक्षा कडाइको निर्देशन दिइसकेका छन्।

     

    सहभागी देशका स्टार खेलाडीको चोटले भने विश्वकप खल्लो हुने अनुमान छ। इङ्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्याम यसपटक मैदानमा देखिने छैनन् भने इङ्ल्यान्डकै रियो फर्डिनान्ड, जर्मनीका कप्तान माइकल बालाक, घानाका स्टार माइकल इसेन र पोर्चुगलका नानीले पनि यो विश्वकपमा दर्शककै भूमिकामा चित्त बुझाउनुपर्नेछ। आइभोरीकोस्टका कप्तान डिडियर ड्रोग्बा, नेदरल्यान्ड्सका आर्जेन रोबेनलगायत चोटमुक्त हुने प्रयासमा छन्।

     

    दक्षिण अफ्रिका र मेक्सिकोबीच उदघाटन खेल शुक्रबार नेपाली समयअनुसार ७:४५ मा सुरु हुनेछ। ४० मिनेटको उद्घाटन समारोहमा कोलम्बियन पपस्टार साकिरासहित १५ सय ८१ जनाले कार्यक्रम प्रस्तुत गर्नेछन्। २ सय १५ राष्ट्रका करोडौँले टेलिभिजनमार्फत विश्वकप हेर्ने फिफाको अनुमान छ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक