आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    नेपाल समाचार
    आमाबाबु गुमाएका दश महिने शिशुको बिचल्ली
    June 12 2010

    नारायण अधिकारी

     

    भरतपुर अस्पतालको बालबालिका कक्षमा एउटा अवोध शिशु टुलुटुलु हेरिरहेको भोक लाग्दा आमाको दूध चुस्न पाउने आशामा अस्पताल नै थर्कने गरी रुन्छ लाग्छ उसले विषालु च्याउ खाएर यो लोक छाडेकी आमालाई बोलाइरहेको

     

    आफ्ना बाआमा को हुन् भन्ने होस नभएको उसलाई  शिशीमा हालिएको दूध सेरेल्याक्स खुवाएर एकजना महिलाले मातृवात्सल्य खन्याउँछिन् आफूलाई जन्मदिने आमा ठानेर त्यो शिशु पनि शिशी सिनित्तै पार्छ उनकै काखमा लुटुपुटु गर्दै निदाउँछ

     

     विषालु च्याउ खाएका कारण आफ्ना मातापितामात्र होइन सबै अभिभावक गुमाएका बालकको सहारा कोहीछैन बामेर्सन पनि नथाल्दै क्रुर नियतिले उनलाई विशाल संसारमा एक्लै पार्यो भावीले यस्तै लेखेछन् छैटीमा कसको के लाग्छ !

     

    चितवनको विकट पहाडी गाँउ लोथरको काम्दाका ६५ वर्षीय बाबुराम प्रजाका यी दश महिने नाति संसरबहादुर बाहेक सबै परिवारको विषालु च्याउका कारण मृत्यु भएपछि अहिले

     

    उनीमात्र जीवित छन् बाबुराम, उनकी श्रीमती मतिमाया नातिनी आईतिमायाको घरमै मृत्यु भयो भने जेठो छोरा पूर्णबहादुर, बुहारी चन्द्रमाया, माईली बुहारी मञ्जुमाया नातिनी मङ्गलीमायाको भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्युभयो माइला छोरा जितबहादुरको काठमाडौंमा मृत्यु भएपछि यो बालक बाहेक यस परिवारमा अरु कोही छैनन्

     

    त्यस दिन यो अवोध बालकले आमासँगै एकदुइ गाँस खाना खाएपछि उसलाई पनि हल्का विष लागेको थियो तर अव खतरामुक्त तर उसको जिम्मा कसले लिने भन्ने अन्योल छिमेकी गीतामाया प्रजाले सबैसँग चन्दा मागेर अहिले अस्पतालमा उसको उपचार गराइरहेकी छन्

     

    चन्दा उठेको रू. एकहजार ५०० पनि सकिने बेला भयो, अब के गर्ने ? गीतामाया पनि सहयोगको खोजीमा छिन् अस्पतालमा गत पाँच दिनदेखि उनलाई कसैले पालो दिएको छैन देओस् पनि कसले ? परिवार कोही छैन उनले दुःखित् हुँदै भनिन् - यो बालकलाई हुर्काइदिन पाए परिवार मासिने थिएन चिनेकाहरूसँग बालआश्रमको खोजिगरिरहेको भए पनि नपाएको उनले दुःखेसो पोखिन्

     

    बच्चाले आमा भन्दा उनको मन काटिन्छ "तैपनि सम्हालिन्छु, यसलाई कुनै राम्रो ठाउँमा जिम्मा लगाउन पाए शान्ति हुन्थ्यो" उनको आशा "देशमा ठूलावडाका लागिमात्र सहयोग हुन्छ, हामीजस्ता सानातिनालाई कसले हेर्ने ?" उनको गुनासो

     

     एउटै परिवारका आठजनाले ज्यान गुमाउँदासमेत राज्यका सम्बन्धित निकायले चासो नदिँदा स्थानीय प्राथमिक विद्यालयका प्राचार्य बालकृष्ण थपलिया पनि आश्चर्यचकित चिन्तित छन्

     

    बिरामीलाई चौबिस घण्टापछि बल्लतल्ल अस्पतालसम्म ल्याउन सकेका प्राचार्य थपलिया पनि बचेको यो बालक कसले हेर्ने चिन्ता ब्यक्त गर्दछन् "पत्रपत्रिकाले यी बालकको बारेमा लेखिदिए कसैले सहयोग गर्थ्यो कि" उनले आग्रह गरे अस्पतालले बच्चालाई भोलि डिस्चार्ज गर्दैछ कहाँ लाने,के गरेर पाल्ने ? उनको चिन्ता

     

    अरु चेपाङ परिवारभन्दा यो परिवार सम्पन्न थियो बर्षौभरी खान नपुगे पनि धेरै महिना बारिकै उब्जनीले उनीहरू पालिन्थे स्थानीय बासिन्दाका अनुसार उनीहरूको घरमा दश वटा गाई, पाँचवटा सुँगुर, पाँचवटा बाख्रा सातवटा कुखुरा थिए तिनीहरूको पनि विचल्ली भएपछि छिमेकीहरूले अहिले हेरिदिएका छन् यद्यपि ती वस्तुभाउ के गर्ने भन्ने निधो भएको छैन

     

    उपचारकै अभावमा त्यो परिवारले ज्यान गुमाउनुपरेको हो राजमार्गबाट आठ घण्टाको हिडाइपछि काम्दा पुगिन्छ उपचारमा सम्लग्न चिकित्सकका अनुसार समयमा अस्पताल ल्याउन नसक्दा उनीहरूलाई बचाउन नसकिएको हो डा. कालिदास अधिकारी "समयमा अस्पताल आउन सकेको भए बचाउन सकिन्थ्यो" भन्नुहुन्छ विषालु च्याउ खानहुन्न भन्ने सन्देश फैलाउन नसक्नु सरकारको कमजोरी भएको उहाँको भनाइ

     

    चितवनका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतम अहिलेसम्म बिरामीको उपचारमा लागेको बताउँदै अब बालकलाई के गर्ने भन्ने बारेमा छलफल गर्ने बताउनुहुन्छ मृतकका परिवारलाई क्षतिपूर्तिको पहल बालकलाई संरक्षण गृहमा पठाउन पहल गरिने उहाँको भनाइ विषालु च्याउ नखान सन्देश प्रवाह गर्न जनस्वास्थ्यलाई निर्देशन दिएको पनि उहाँले बताउनुभयो

    Comments
    Posted By: kritima lamichhane
    Jun 18, 2010
    i want halp to this kids anybody can call me pl
    Posted By: Poozana Stree
    Jul 20, 2010
    Jayasangat! yedi yo bachcha ko kohi chhaina bhane ma yo bachcha lai lina chahanchhu ra usko ujjwal bhabishya ko jimma uthauchhu.milchha bhane malaiphone garna saknu hunchha pesa le ma nepalko nayika hu ra dharmik chhetra sanga sambanda rakhchhu. jayasangat.malai phone garna 9851010177
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक