आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    कला/सिनेमा
    बलिउड अभिनेत्री मनिषा विवाह बन्धनमा
    June 18 2010

    "गोकर्ण फरेस्ट रिसोर्टमा मेरो कोठाको झ्याल ठूलो रहेछ। पर्दा खोल्नेबित्तिकै मैले सिंगारपटार गरेकी मनिषालाई बेहुलीका रूपमा देखेँ।" बलिउड अभिनेत्री मनिषा कोइरालाको विवाह समारोहमा भाग लिन भारतबाट आएका एक सहभागीले शुक्रबार भने, "उनी बिछट्टै राम्री देखिएकी थिइन्।" शुक्रबार मनिषाको सिंगारपटार स्वयम्बरका लागि थियो, सम्राट दाहालसँग। विवाह आज हुँदैछ, गोकर्ण रिसोर्टमै। बिहान ११ बजेको साइत जुरेको छ।

     

    स्वयम्बरमा भाग लिन हिन्दी सिनेमाका कलाकार विवेक मुश्रन, सुमन रगंनाथन, डेल्नाज पल, गोविन्दाकी पत्नी सुम्मिता र डिनाइनर आना सिंह लगायतको उपस्थिति थियो। मनिषा अभिनीत पहिलो हिन्दी फिल्म "सौदागर" मा मुश्रन उनका जोडी थिए।

     

    विवाहमा थप कलाकार आउने परिवार स्रोतले जानकारी दियो। खासगरी उर्मिला मातोडकर, पूजा भट्ट, रानी मुखर्जी, गोविन्दा, साहिद कपुर, ज्याकी श्राफ र गुल्सन ग्रोबरलगायत कलाकार सरिक हुने अपेक्षा गरिएको छ। ती सबैलाई निम्ता पठाइएको परिवार स्रोतले बतायो।

     

    परम्परागत नेपाली शैलीमा सम्पन्न स्वयम्बरमा मानिषा नेपाली दुलहीको भेषमा देखिएकी थिइन्। अपराह्न पौने ४ बजे भएको स्वयम्बरमा कोइराला परिवारका आफन्तको बाक्लो उपस्थिति थियो। त्यसअघि वर पक्षले ४५ वटा "साइपाटा" ल्याएका थिए। साइपाटा ल्याउने वर पक्षलाई मनिषाले टिका लगाई दक्षिणा दिएकी थिइन्। त्यसबाहेकका सहभागीलाई मनिषाका दाजु सिदार्थ कोइरालाले टिका लगाइदिएका थिए। गिरिजापुत्री सुजाता कोइराला भने मन्त्रिपरिषद् बैठकका कारण स्वयम्बरमा बसिनन्।

     

    शुक्रबारै बिहान कोइराला निवासमा मनिषा र सम्राटको टिकाटालो भयो। साँझ करिब साढे ६ बजे मनिषाले "मेहन्दी" सुरू गरिन्। मेहन्दी लगाउँदा उनी कुर्ता सलवारमा थिइन्। सम्राट सुटमा आएका थिए। उनीहरूलाई ओमप्रकाश शाहले परम्परागत वैवाहिक मेहन्दीमा सजाएका थिए। "यो मेहेन्दी लगाउन करिब चार घन्टा लाग्छ," उनले भने, "समय लगाएर तयार गरिने हुँदा लामो समय टिक्छ।" मनिषाले नै आफूलाई मेहन्दीका निम्ति डाकेको उनले बताए।

     

    विवाहमा सरिक हुन आएकी बलिउड कलाकार गोविन्दाकी पत्नी सुम्मिताले मनिषाले नेपालीलाई नै विवाह गरेकोमा खुसी व्यक्त गरिन्। "मेरो लागि यो राम्रो कुरा हो। उनले नेपालीलाई नै बिहे गरिन्," उनले भनिन्। उनका अनुसार गोविन्दा कार्य व्यस्तताका कारण पछि आउनेछन्।

     

    तामिल फिल्मकी अभिनेत्री सुमन रगंनाथनको यो पहिलो नेपाल भ्रमण हो। "नेपाल आउने मन थियो," उनले भनिन्, "विवाह सकिएपछि पनि नेपालमै केही दिन बस्छु।" उनी त्यस अवधिमा नेपालका विभिन्न ठाउँ घुम्ने तयारीमा छिन्।

     

    गोकर्ण रिसोर्ट प्रवेशद्वारमा प्रतीक्षारत पत्रकारलाई देख्नासाथ सम्राटले गाडी परिवर्तन गरेर अघिल्लो सिटमा बसेका थिए। कार्यक्रममा नेपाली परम्परागत पञ्चे बाजा, लोक दोहोरी र भक्तपुरमा देखाइने महाकाली नृत्य प्रस्तुत गरिएको थियो। विवाहकै कारणले शुक्रबार र शनिबार गोकर्ण रिसोर्टमा अरू सबै बुकिङ स्थगन गरिएको छ।

    Comments
    Posted By: pradip karki
    Jun 20, 2010
    manisha g tapai le akhira ma ayar nepali saga bihe garnu bhayo tesko lagi tapai lai dherai-dherai dhanyabad chha j bhaya pani nepali khun vaneko nepali khun ho sathai samrat g lai pani badai chha? tapai haru 2 jana ko jodi sadai khusi ra sukhi rahos yahi chha mero kamana best of luck both of u ?
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक