आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    कला/सिनेमा
    मनीषाको बिहेभोजमा स्वदेशी र विदेशीको भिड
    June 20 2010

    अभिनेत्री मनीषा कोइरालाको बिहे भोजमा राजनीति तथा कला जगतका स्वदेशी र विदेशी परिचित अनुहारहरूको भीड लाग्यो। आइतबार सोल्टी होटलमा साढे ६ बजे भोज सुरू भए पनि पूर्वराजा ज्ञानेन्द्र शाह ४ बजे नै पुगिसकेका थिए। मनीषाकै पार्टी भ्याउन भ्रमण छोट्याएका पूर्व राजा ज्ञानेन्द्र र रानी कोमलले करिव पाउने दुई घन्टा सोल्टीमा बिताएका थिए।

     

     बलिउडका अभिनेता ज्याकी श्राफ नेपाली पोशाक दौरा सुरुवाल र इस्टकोटमा झुल्किँदा सबैको ध्यान उनीतिर तानिएको थियो।

     

    अर्का दुई अभिनेता गुल्शन ग्रोभर र विवेक मुश्रान भने कालो रंगका सुटमा देखिए। नेपाली कलाकारहरूको पनि उपस्थिति रहेको थियो जसमा सामेल थिए मनीषाको पहिलो नेपाली फिल्म "फेरि भेटौला"का हिरो प्रकाश अधिकारी। मनिषाले नेपालीलाई बिहे गरेकोमा उनले प्रसन्नता व्यक्त गरे।

    बिराटनगरमा मनीषाका छिमेकी रहेका अभिनेता शिव श्रेष्ठ पनि उपस्थित थिए भोजमा। संगीतकार शम्भुजित बास्कोटा पनि मुम्बईमा जाँदा मनीषासँग बेलाबेला कुराकानी चल्ने कुरा बताउँदै थिए। उनले आफ्नो सोच सुनाइहाले, "मेरो संगीतमा मनीषालाई गाउन लगाउने सोच छ।"

     

    मह जोडीका मदनकृष्ण श्रेष्ठ कार्यक्रममा ढिला पुगेका थिए। "लौ मनीषालाई भेट्न आएको, उनी त छैनन् कि क्या हो।" स्टेजमा मनीषालाई नदेखेपछि उनले भनेका थिए। उता हरिवंशले भने दुई महिना अघिमात्र मनिषासँग नेपाली फिल्म "धर्म"मा काम गरेका रहेछन्।

     

    नेपाली कलाकारले मन नपराउने चाउचाउ मनीषाले सुटिङमा सजिलै खाएको देख्दा आश्चर्य मानेका थिए उनले। "जस्तै परिस्थितिमा पनि उनी सहजै भिज्न सक्छिन्," उनले भने।

     

    कलाकार नीर शाह भने मनीषासँगको पछिल्लो भेटलाई सम्झिँदै थिए। "मैले उनलाई यसअघि द्वारिका होटलको समारोहमा भेटेको थिएँ," उनले दावी गरे, "मनीषा र सम्राटको पहिलो भेट त्यहीँ भएको थियो।" कार्यक्रममा अभिनेता भुवन केसी, चित्रकार रागिनी उपाध्याय, गायिका नलिना चित्रकार, डिजे राजु, र गीतकार डा.भोला रिजाल लगायतको उपस्थिति थियो।

     

    बलिउडका "ब्याड म्यान"गुल्शन ग्रोभरको यो पहिलो नेपाल भ्रमण रहेछ। उनलाई पशुपतिनाथको दर्शन गर्ने रहर छ। नेपालमा सुटिङ गरिएको "हरे राम हरे कृष्ण" फिल्म हेरेपछि उनलाई नेपालका दृश्य मन परेको रहेछ। र, मनीषाको बिहे उनका लागि "पशुपतिको जात्रा सिद्राको व्यापार" नै साबित भयो।

     

    आफ्नी नातिनी र पत्नीका साथ पुगेका माओवादी नेता प्रचण्ड र प्रधानमन्त्री माधवकुमार नेपालबीच केही वेर कुराकानी समेत चल्यो। "फिल्ममा देखेको मनीषालाई आज देखेँ," प्रचण्डकी नातिनी भन्दै थिइन्। प्रचण्ड करिब २० मिनेटमात्र भोजमा बिताएर बाहिरिए।

     

    पार्टीमा मरिचमान सिंह, भरतकेशर सिंह, याङ्किला शेर्पा, शरदचन्द्र शाह, कमल थापा, र सुदीप पाठकको पनि उपस्थिति थियो। शेरबहादुर देउवा, झलनाथ खनाल, सुशील कोइराला, रामशरण महत, भरतमोहन अधिकारी, कृष्ण सिटौला, सुवासचन्द्र नेम्बाङ, नीलाम्बर आचार्य, गोविन्दराज जोशी, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, पशुपति समशेर जबरा, उपेन्द्र यादव लगायत नेताहरूको जमघट रहेको थियो।

     

    स्वास्थ्य परीक्षण गराई भारतबाट फर्किएकी सुजाता कोइराला करिब ७ बजे हलमा आइपुगिन्। भोज रात अवेरसम्म चलेको थियो। दुलहा सम्राट पक्षको भोज भने सोमबार होटल एभरेस्टमा आयोजना हुँदैछ।

    Comments
    Posted By: suresh
    Jun 21, 2010
    very good
    Posted By: indra
    Jun 26, 2010
    manisha ji very very cogratulation for happy marriage . sambidhan banune kura ma aja samma sabae ekae thau jamma huna nasakeka nepali neta raru lae tapae le aafno bihe ma bhae pani ek sath jamma garaunu saknu bhae chha bhadhae chha .
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक