आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    खेलकुद
    इंग्ल्यान्डमा थिजर्मनीको सानदार जित
    June 28 2010

    विश्वकपको भाग्यमानी टोलीका रूपमा परिचित जर्मनीले आइतबार इंग्ल्यान्डमाथि ४-१ को सानदार जित हात पार्दै क्वाटरफाइनल प्रवेश गरेको छ । तीनपटकको विजेता जर्मनीले आउँदो शनिबार सेमिफाइनल स्थानका लागि मेक्सिको तथा अर्जेन्टिनाबीचको विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नकआउट चरणका खेलमध्ये महत्त्वपूर्ण मानिएको सो खेलमा जर्मनी इंग्ल्यान्डमाथि हावी भयो ।

    जर्मनीले लगातार तेस्रोपटक क्वाटरफाइनल स्थान पक्का गर्ने क्रममा थोमस मुलरले काउन्टरमा उत्कृष्ट दुई गोल गरेका थिए । यता इंग्ल्यान्डका लागि सान्त्वना गोल म्याथ्यु उल्सनले गरेका हुन् ।

    सन् २००१ यता इंग्ल्यान्डले चिरपरिचित प्रतिद्वन्द्वी जर्मनीलाई जित्न सकेको छैन । विश्वकप इतिहासमा इंग्ल्यान्डले जर्मनीमाथि अन्तिमपटक १९६६ को वर्डकप फाइनलमा जितेको थियो । इतिहास बदल्ने दाउमा रहेको इंग्ल्यान्ड मध्यान्तरपछि "होपलेस" भएको थियो । जर्मनीले इंग्ल्यान्डको रक्षापंक्ति पटक-पटक तोडेको थियो । तर, स्टार खेलाडीको बाहुल्य रहेको इंग्ल्यान्डले भने बलियो जर्मनी रक्षापंक्ति एकपटक मात्र भत्काएको थियो ।

    खेलको २०औँ मिनेटमा डिफेन्डर जोन टेरीले मिरोस्लाभ क्लोजलाई मार्क गर्न नसक्दा जर्मनी १-० ले अघि बढ्यो । अनमार्कमा रहेका क्लोजले दायाँ साइडबाट सो गोल गरेका हुन् । क्लोजले विश्वकपमा आफ्नो गोल संख्या १२ पुर्‍याएका छन् । क्लोजले गोल गरेको दस मिनेटपछि लुकास पोडस्कीले मुलरको पासमा टोलीलाई २-० को स्थितिमा पुर्याए । बराबरी गोल फर्काउन कोशिसरत इंग्ल्यान्ड ३७औँ मिनेटमा खेलमा फर्किएको थियो । कप्तान स्टेभन जेरार्डको सटिक क्रसमा उप्सनले डिबक्सबाट उत्कृष्ट हेड गर्दै इंग्लिस टोलीलाई २-१ को अन्तरमा ल्याए । एक गोलपछि इंग्लिस टोली आक्रामक रूपमा प्रस्तुत भएको थियो ।

    खेलको ३८औँ मिनेट इंग्ल्यान्डका लागि दुर्भाग्य क्षण बन्यो । चेल्सीका फ्र्यांक लाम्पार्डले डिबक्सभित्रबाट जर्मनीका रक्षक मानुएल नोयालाई बिट गर्दै प्रहार गरेको बल गोल लाइनभन्दा दुई फिटभित्र बाउन्स हुँदै अस्वाभाविक रूपमा बाहिर आएको थियो ।

    खेलको ६७औँ मिनेटमा जर्मनीले काउन्टर एट्याक्टमा ३-१ को दह्रो अग्रता लियो । जर्मनी पोस्टमा लाम्पार्डको फ्रि किक ग्रेथ बारीले ब्लक गर्दै मैदानको मध्य भागमा बास्टिएन स्विङस्टाइगरलाई लामो पास दिएका थिए । स्विङस्टाइगरले दायाँ साइडमा मुलरलाई क्रस पास निकालिदिए । मुलरले पनि गोलरक्षक जेम्सलाई रोक्न मौका नदिई सहजै गोल गरे ।

    जर्मनीले एकपछि अर्को खतरनाक आक्रमणमा गोल गर्ने क्रममा खेलको ६९औँ मिनेटमा ४-१ को सानदार अग्रता लियो । पुनः यसपटक बेरीले आफ्नै पोस्टबाट काउन्टर गोलको सिर्जना गरेको थियो । उनले मैदानको बीच भागमा ओजिललाई लामो पास निकालिदिए । ओजिलले इंग्ल्यान्डको डिबक्ससम्म अगाडि बढाउँदै मुलरलाई पास दिए । मुलरले पनि अघिल्लो गोलमा झैँ गल्ती नगरी ४-१ का लागि गोल ठोके । मुलरको सो गोलपछि इंग्ल्यान्डका खेलाडी, अफिसियल तथा समर्थकले मानसिक रूपमा हार स्वीकार गरे ।

     घानाले हरायो अमेरिकालाई

     चालू विश्वकपमा अफ्रिकी महादेशको एकमात्र प्रतिनिधि भएर घानाले सो महादेशकै लागि नयाँ इतिहास रच्ने सम्भावना देखिएको छ । आगामी शुक्रबार हुने क्वाटरफाइनलमा उरुग्वेलाई हराए घाना विश्वकपको सेमिफाइनलमा स्थान बनाउने पहिलो अफ्रिकी मुलुक बन्नेछ ।

    यो विश्वकप "अफ्रिकी विश्वकप" का रूपमा चिनिएको छ । पहिलोपटक अफ्रिकी महादेशमा आयोजना भएका कारण मात्र नभई अफ्रिकाबाट ६ मुलुकले प्रतिनिधित्व गरेका कारण घरेलु समर्थनका कारण तिनीहरूले राम्रो प्रदर्शन गर्ने आशा गरिएको थियो । शनिबार राति रुस्टेनबर्गमा खेलिएको पि्रक्वाटरफाइनलमा अमेरिकालाई २-१ ले हराएपछि घाना कुनै पनि विश्वकपको क्वाटरफाइनलसम्म स्थान बनाउने तेस्रो अफ्रिकी मुलुक पनि बन्यो । यसअघि १९९० मा क्यामरुन तथा २००२ मा सेनेगलले त्यो सफलता पाएका थिए ।

    १९५७ मा स्वतन्त्र भएको घानालाई अफ्रिकाको "ब्राजिल" का रूपमा लिइन्छ । चारपटक अफ्रिकी नेसन्स कप जितेर घानाले त्यो छवि बनाएको हो । शनिबारको खेलको अतिरिक्त समयको तेस्रो मिनेटमा एसामोया ज्ञानले निर्णायक गोल गरेपछि घानाले नयाँ इतिहास रच्ने सम्भावना देखाएको हो । खेलको पाँचौँ मिनेटमा रिकार्डो क्लार्कको पासमा गोल गर्दै केभिन पि्रन्स बोटेंगले घानालाई अग्रता दिलाएका थिए । खेलको ६२औँ मिनेटमा पेनाल्टीमार्फत लन्डन डोनाभनले अमेरिकालाई १-१ को बराबरीमा ल्याएका थिए ।

     

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक