आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    फिचर
    भरपर्दो वैकल्पिक उपाय
    July 04 2010

    अञ्जली रम्तेल

     

    खानेपानीको समस्या भोग्दै आएका राजधानीवासीका लागि आकासेपानी सङ्कलन प्रविधि उत्तम वैकल्पिक स्रोत बन्न थालेको

     

    खानेपानी पाइपलाइनसमेत नभएको इमाडोलकी मिठुदेवी कार्कीको घरमा आकासेपानी सङ्कलन प्रविधिको जडानपछि पिउन बाहेक अन्य कामका लागि आकासेपानीको प्रयोग गरिँदै आएको उहाँको घरमा यो प्रविधि जडान भएको १० वर्षभइसकेको

     

    वर्षा यामको पानीलाई सङ्कलन गरी पहिले इनारमा भर्ने इनार भरिसकेपछि भूमिजलभण्डारण गरेर त्यही पानी वर्षभरि प्रयोग गर्ने गरेको तर खानका लागि भने ट्याङ्करबाट किन्नैपर्ने बाध्यता भएपनि नुहाउने, लुगा धुने, भाँडा सफा गर्ने जस्ता कामका लागि भने आकासेपानीकै प्रयोग गर्ने गरेको उहाँ बताउनुहुन्छ

     

    "पहिले पहिले पानीको निकै दुःख हुने गर्थ्यो" उहाँ भन्नुहुन्छ - "खानको लागि पनि खोलाको भर पर्नुपर्थ्यो, खोलामै गएर लुगा धुने, नुहाउने लगायतका काम गर्नुपर्थ्यो तर अहिले यो प्रविधिको प्रयोगपछि खोलासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको ।"

     

    उहाँ मात्रै हैन युएन हृयाबिटाटका दक्षिण एसियाका प्राविधिक सल्लाहकार डा.रोसनराज श्रेष्ठले आकासेपानी सङ्कलन प्रविधि जडान गरेपछि आफ्नो घरमा खानेपानी संस्थानद्वारा वितरित पाइपलाइन नै काट्न लगाउनुभयो

     

    वर्षातको पानीलाई ट्याङ्कीमा जम्मा गर्ने ट्याङ्की भरिएपछि सो पानी भूमिगत जलभण्डारम जम्मा गर्ने त्यसबाट बढी भएको पानीलाई इनारमा पठाउने गरिएको उहाँले बताउनुभयो उहाँका अनुसार यसरी वार्षि रूपमा दुइ लाख लिटर पानी सङ्कलन हुने गर्छ, जुन वर्ष भरिका लागि पर्याप्त

     

    यसरी आकासेपानी सङ्कलन प्रविधिलाई जनमानसमाझ पुर्याउन युएन हृयाविटाटको आर्थिक सहयोगमा एनजिओ फोरम, एन्फो, गुथी, वाटर एड लगायतका ४० वटा खानेपानी तथा सरसफाईका क्षेत्रमा कार्यरत संस्थाहरूले सचेतना अभियानको सुरुवात समेत गरे

     

    आकासेपानी सङ्कलन प्रविधि जडान थोरै रकमले पनि गर्न सकिने प्रविधि भएको प्राविधिक राजु डंगोल बताउनुहुन्छ उहाँले हालसम्म उपत्यकामा मात्र ३०० भन्दा बढी स्थानमा यो प्रविधिको जडान गरिसक्नुभयो

     

    घरमा छाएको जस्ता वा कौसीबाट पाइप लाइन ल्याइएको , भूमिगत जलभण्डार पहिल्यै तयार भने एक हजार रूपैंया भन्दा कममा यो प्रविधि जडान गर्न सकिने नत्र यो सबै मिलाउन रकम लाग्ने भएकाले घरमा के-कस्तो अवस्था त्यसको आधारमा रकम कतिसम्म लाग्छ भन्ने निर्धारण गर्न सकिने उहाँले बताउनुभयो

     

    यसैगरी दरबार हाईस्कुल, त्रिचन्द्र क्याम्पस जस्ता स्थानमा लाखौं रकममा सो प्रविधि जडान गरिएको पनि उहाँले जानकारी दिनुभयो

     

    सङ्कलित पानीलाई अँध्यारो घाम नछिर्ने ठाउँमा भण्डारण गर्ने हो भने त्यो पानीलाई वर्षौसम्म प्रयोग गर्न सकिने तर घाम पर्ने स्थानमा जलभण्डारण गर्नेले भने हप्तादिनसम्म मात्र प्रयोग गर्न मिल्ने प्राविधिक डङ्गोल बताउनुहुन्छ

     

    यो प्रविधि परापूर्वकालदेखि नै चलिआएको  उहाँको धारणा उहाँ भन्नुहुन्छ -हाम्रा पुर्खाले बाँस काटेर त्यसलाई पाइपको रूप दिई वर्षातको पानी सङ्कलन गर्थे त्यसैको रूप हो वर्तमान आकासेपानी सङ्कलन प्रविधि

    यकिनका साथ यति नै जनाले यो प्रविधिको प्रयोग गरिरहेका छन् भनेर भन्न नसकिएतापनि उपत्यकामा मात्रै करिब एक हजार भन्दा बढीले आकासेपानी सङ्कलन प्रविधि प्रयोग गर्ने गरेको उहाँको अनुमान

     

    एनजिओ फोरम प्रमुख प्रकाश अमात्यको तर्क - वर्षातमा पानी पर्दा घरको छानामा जम्मा हुने पानीलाई ढलबाट निकास गर्नु नै गलत हो, त्यसरी पानी निकास मात्र हुन्छ प्रयोग हुँदैन आकासेपानीको प्रयोगका लागि कि त्यसरी आएको पानीलाई कुनै भाँडामा सङ्कलन गर्नुपर्यो किभने जलभण्डार गर्नुपर्यो अनिमात्र वर्षातको पानीले सुख्खा समयमा काम दिन्छ

     

    सुख्खायाममा पानीको अभाव भयो भनेर चिन्तित हुनुभन्दा वर्षातको पानीको सङ्कलन गर्नु अत्यन्त बुद्धिमत्तापूर्ण कार्य हुने बताउँदै उहाँले उद्योग, अस्पताल, आर्मी ब्यारेक जस्ता धेरै पानी खपत हुने स्थानमा यो प्रविधि प्रयोग गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो

     

    यस्तै काठमाडौं महानगरपालिकाले घर निर्माण गर्दा कसैले यो प्रविधि जडान गर्न चाहन्छ भने नक्शा पास दस्तुरमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको भने धरान नगरपालिकाले ३० प्रतिशत छुटको प्रावधान राखेको

     

    काठमाडौं उपत्यकामा खानेपानी वितरणको जिम्मा लिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले सुख्खा समयमा उपत्यकावासीको माग अनुरूपको खानेपानी आपूर्ती गर्न भने सकेको छैन

     

    दैनिक ३२ करोड लिटर पानीको माग रहेको उपत्यकामा सुख्खायामका कारण हाल दैनिक नौ देखि १० करोड  लिटर मात्र आपूर्ती गर्न सकेको केयुकेएलका प्रवक्ता सुरेश आचार्य बताउनुहुन्छ

     

    धाराबाट पानीको सट्टा हावा मात्रै आउने, पानी आउने धारामा ढल मिसिएको पानी आउने, गन्ध आउने जस्ता समस्याले दिक्क भइसकेका उपत्यकावासीका लागि आकासेपानी सङ्कलन प्रविधि अत्यन्तै लाभदायक हुने सम्बन्धित विज्ञहरूको धारणा

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक