आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    नेपाल समाचार
    बाबुको पहिचान खोज्दै यी बालिका
    July 04 2010

     

    अविवाहित अवस्थामै आमाले जन्म दिएपछि बाबुको पहिचानबाट बञ्चित भएकी एक बालिकाको भविष्य अनिश्चित हुन पुगेको हजुरआमासँगै धनगढी पुगेकी उनी यतिबेला वर्षकी भइन् टीकापुर नगरपालिका- स्थित विजयनगर मुक्त कमैया शिविरमा आमातर्फी हजुरआमासँगै बस्दै आएकी उनलाई आमाले पनि छोडेर अर्कै बाटो हानिएपछि पहिचानको खोजी गर्न झन गाह्रो बन्दै गएको

     

    हाल स्थानीय विद्यालयमा कक्षामा अध्यनरत उनको नाता प्रमाणित नहुँदा जन्मदर्ता प्रमाणपत्र समेत बन्न सकेको छैन । सोमबार धनगढीमा इन्सेकद्वारा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बालिकाकी हजुरआमाले २०५६ सालमा टीकापुर नगरपालिकाको खानेपानी कार्यालय नजिक घर भएका पिताम्बर बाजे भनिने व्यक्तिको मध्यस्थतामा आफ्नी छोरीलाई काठमाडौँ महानगरपालिका बाँसबारी बस्ने मणिन्द्र रिजालले घरेलु कामदारका रूपमा लगेकोमा डेढ वर्षछि कामगर्न सक्दिन भन्दै फर्काएको बताइन्

     

    एकवर्षको भाका गरी लगेका मणिन्द्रले एक वर्षपुगेपछि माघीमा छोरी लिन जाँदा नपठाएको तर त्यसको नौ महिनापछि काम गर्न सक्दिन भनी फर्काएकाले आफू अचम्म परेको त्यतिबेला काठमाडौँमा रहेकी छोरीलाई मणिन्द्रले राति चक्कु देखाइ बलात्कार गर्ने गरेकोले फर्किएको बेला छोरीको पेटमा दुइ महिनाको गर्भ रहेको बालिकाकी हजुरआमाले सञ्चारकर्मी सामु बताइन्

     

    उनले अगाडि भनिन्- त्यसपछि पुनः पीताम्बरकै प्रयासले दिल्लीमा सृजा नामकी टीकापुरकी महिलाको घरमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी छोरी सात महिनापछि विरामी भई अस्पताल पुर्याइएपछि उनले छोरी जन्माएकी थिइन

     

    उनले मणिन्द्रको परिवारलाई त्यस बारेमा फोन गरी बताएपछि विदेश गएको भन्दै उसका दाजु भाउजु आएर आफूलाई भेटेर गएको तर पछि कहिल्यै सम्पर्कमा नआएको बालिकाकी हजुर आमाले बताइन्

    दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्ने उनलाई बालिकाको पालन पोषणका साथै शिक्षा, दीक्षा स्वास्थ्यको त्यतिकै समस्या   मणिन्द्र रिजाल नै आफ्नी नातिनीको बाबु भएको बताउने उनी नाता कायम गर्नका लागि विभिन्न मानवअधिकारवादी सङ्घ-संस्थालाई गुहारीरहेकी छिन् पहिले नातिनीलाई यस्तो समस्या आउला नसोचेको बताउने उनी अबभने पहिचानका लागि प्रयासरत छिन्

     

    तर बालिकाकी आमा भने हाल अर्कै केटासँग घरजम गरी बर्दियामा बस्ने गरेकाले आफ्नो सम्पर्कमा नआएकीले पनि बालिकाको बाबु पहिचानका लागि त्यतिकै जटिलता देखिएको यी बृद्धा बताउँछिन् उनी आफ्नी छोरीलाई  बलात्कार गरी गर्भवती बनाउने मणिन्द्रलाई कारवाही गरी नातिनीलाई न्याय दिलाउनु पर्ने धारणा राख्छिन्

     

    इन्सेकद्वारा आयोजित सो कार्यक्रममा धनगढी नगरपालिका स्थित मुक्त कमैया शिविरकी ५५ वर्षीया चमेली चौधरीले टीकापुर नगरपालिका निवासी पुर्व प्रहरी निरीक्षक लोकबहादुर रावलको घरमा आफू कमैया छँदा १७ वर्षअघि १० वर्षीय छोरा गुमरा चौधरी देहरादुनमा रावलकी छोरीको घरमा काम गर्दै आएकोमा त्यतैबाट हराएको बताइन्

     

    खोजी गर्दा ६० हजार दिउँला भन्दै १० हजार मात्र दिएको बताउने उनले अहिलेसम्म छोरोको अवस्था अज्ञात रहेको बताइन्

     

    यस्तै चौमाला गाविस लगडी बस्ने वर्षीया प्रमिला चौधरी काठमाडौ गोङगबुका नारायणकृष्ण मानन्धरको घरमा २०६० देखि काम गर्दै आएपनि हाल उनको अवस्था अज्ञात रहेको  जनाइएको साप्पाटा - फयाल गाउँ बाजुराकी १४ वर्षीया किशोरीलाई गत पुस १२ गते स्थानीय ६० वर्षीय शिवहरी पाध्याले जवरजस्ती सिन्दुर छर्की श्रीमती बनाएकोमा  निजलाई कारवाही गरिनुपर्ने पनि कार्यक्रममा बताइयो 

    पीडित तीनजनाका परिवारलाई राहत स्वरुप इन्सेक अध्यक्ष खडकराज जोशीद्वारा नगद / हजार रुपैया प्रदान गरिएको थियो

    Comments
    Posted By: bhupendra panday
    Jul 25, 2010
    i well so happy becouse at first i will get news with my districs plase regular ur job
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक