आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    वार्ता
    आजै यि विषयमा मुख नखोलौ
    July 09 2010

    रामकुमारी झाक्री - अध्यक्ष , अनेरास्ववियु्

     

    अनेरास्ववियु्को विसौँ राष्टिय सम्मेलनको मिति समय तोक्नु भएछ कहाँ कहिले गर्ने हो ?

     

    यहि असोज पन्द्र देखि अठार सम्म , मिथिला नगरि जनकपुरमा गर्ने निर्णय भएको

     

    जनकपुर नै किन राज्नु भएको ?

     

    हुन सबै ठूला सहरहरुमा अनेरास्ववियुले सम्मेलन गर्दै आएको अहिलेसम्म अनेरास्ववियुको राष्ट्रिय सम्मेलन नभएको ठाउँ मध्ये एक जनकपुर पनि हो हुन हामीले धनगढी नेपालगंजलाई पनि बनाउन सक्थ्यौँ तर हामीले यसपटक अलि मधेश आन्दोलन, मधेश पहाडबिचको विभेद, त्यसबाट श्रृजना भएका अफ्ठेराहरु यि सबैकुरालाई ध्यानमा राखेर हामी सबै मधेशको साथमा छौं सबै मधेशीहरु सबैको साथमा हुनुहुन्छ  भन्ने सन्देश दिन पनि सम्मेलन जनकपुरमा गरिन लागिएको हो ।

     

    तपाई अध्यक्ष हुने समयमा प्रतिनिधि विवादका कारण सम्मेलन दुइ दिन स्थगित पनि भयो यस पटक कसरी ब्यवस्थापन गर्दै हुनुहुन्छ ?

     

    सम्मेलन भन्दा करिब दश दिन अगाडी सम्मेलनको पचास प्रतिशत काम सकिन्छ त्यसकारण सम्मेलनमा कुनै त्यस्तो कुरा हुँदैन हामी सबै कुरा हरुलाई सम्मेलन अगाडी नै टुङ्गाएर जान्छौँ

     

    तपाई विद्यार्थी आन्दोलनकै पहिलो महिला अध्यक्ष हुनुभयो महिला अध्यक्ष हुँदा कस्तो हुने रहेछ ?

     

    महिला पुरुष जो भए पनि जिम्मेवारीबोधको कुरा हो, जिम्मेवारी लिने कुरा हो तर महिला अध्यक्ष इनजेनेरल पुरुष अध्यक्ष भएको संगठनमा कस्तो भयो भन्ने प्रश्न मं बाहेकका नेतृत्वमा नै रहेका अरु साथीहरुसँगै सोध्दा उपयुक्त होला । उहाँहरुले कस्तो अनुभुति गर्नु भयो ? तर मैले यो हाम्रो बन्द पितृसत्तामक समाजमा अनेरास्ववियु जस्तो गौरवशाली इतिहास भएको संगठनको नेतृत्व गर्ने मौका पाए सम्भव मेरो जिवनको महत्वपूर्ण क्षण हुँदै हो अनि अनेरास्ववियुको इतिहासमा पनि यो नयाँ घटना भयो मैले मेरो आफ्नो कार्यकालमा धेरै राजनीतिक संक्रमणकालमो बाबजुदमा पनि केहि उपलब्धिमुलक काम गर्न सके हाम्रो केन्द्रिय कमिटिले सफलता पनि प्राप्त गर्यो यि हिसाबले आम रुपमा महिला पुरुष अध्यक्ष हुनु नहुनुमा त्यति फरक महशुस भयो होला जस्तो लाग्दैन तर आफैले काम गर्ने सवालमा केहि अफ्ठेरा स्वभावैले भए अहिले के भन्ने धेरै नै छन पछि कुनै दिन भनौला, किताबै पनि लेखौला

     

    जस्तो, तपाई महिला भएकै कारणले पनि साथिहरुले नै अफ्ठेरोमा पारे पनि भन्ने सुनिन्छ  ? के भन्नु हुन्छ ?

     

    अनेरास्ववियुको विसौं राष्ट्रिय सम्मेलन सम्पन्न गरिसके पछि भनौला अथवा कुनै दिन लेखौला आजै यि विषयमा मुख नखोलौ केहि सत्यता पनि

     

    तपाई अध्यक्ष भएपछि गुटको राजनीति क्याम्पस कमिटि सम्म पुग्यो भन्छन् के भन्नु हुन्छ ?

     

    गुटबन्दी केलाई भन्ने ? विचारको हिसाबले भन्ने हो भने जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको सिद्धान्त, जसलाई मार्गदर्शक सिद्धान्त नेकपा एमालेले मानेको , त्यसको पक्ष विपक्षमा नेकपा एमालेमा पनि विवाद छैन त्यो विवाद नभए पछि  अनेरास्ववियुमा पनि राजनैतिक हिसाबले विवाद हुने कुरा भएन हामी सबैले नेकपा एमालेसँग राजनैतिक सामिप्यता राखेको कुरालाई स्विकार गछौँ नेकपा एमालेले मानेको जनताको बहुदलीय जनवाद मान्छौँ त्यसमा पनि विवाद भएन त्यसो हुँदा फुटकर सन्दर्भ, ग्रुपहरु बनाएर काम गर्नु पर्छ भन्ने पनि लाग्दैन साथीहरुले आफूलाई सजिलो बनाउनका लागि, अध्यक्ष भन्दा आफूले फरक खाले अभ्यास गर्नका लागि कोही कसैले गर्नु भएको तलतल सम्म गएको भने मेरो जानकारीको विषय भएन

     

    केन्द्रिय कमिटीको दोस्रो बैठक बस्न एक वर्षभन्दा बढी समय लाग्यो किन यति लामो समय सम्म नबसेको ?

     

    एक वर्षभन्दा धेरैलागेको हैन । पहिलो बैठक बसेपछि स्ववियु निर्वाचनमा गयौँ दोस्रो मिटिङ्ग बस्नुपर्ने बेलामा हामीलाई घनिभूत ढंगले स्ववियु निर्वाचन लागेको थियो चैत्र गतेबाट सुरु भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हामीलाई असार सम्म लाग्यो कतिपय ठाँउमा चुनाव गर्यौ तर परिणाम सार्वजानिक गर्न सकेनौँ चुनाव भएका कतिपय ठाँउमा परिणाम सार्वजानिक गर्न एक डेढ महिना पनि लाग्यो कतिपय ठाँउमा चुनाव स्थगित पनि भए चैत्र गतेबाट सुरु भएको स्ववियुको निर्वाचनको समय असारको अन्तिममा पनि चलिरहयो हामीले चुनावमै श्रेष्ठता हासिल गर्नु पर्ने भएको कारणले हामी चुनावमा केन्द्रित भयौ साउनको २६ २७ २८ गते केन्द्रीय कमिटिको बैठक तोकेका थियौ त्यो भन्दा अगाडी स्ववियु काउन्सिलको राष्ट्रिय भेला पनि तोकेका थियौँ ठिक त्यहि बेलामा लगातार परिक्षा पर्यो परिक्षाका कारण साउनमा तोकेको केन्द्रीय कमिटिको बैठकलाई स्थगित गर्न पर्यो त्यो परिक्षाको श्रृंखला दशैको अगाडी सम्म पुग्यो त्यस पछि हामीले तुरुन्तै बैठक गर्यौ त्यसो गर्दा हामीलाई समय पनि लाग्यो एकातिर हामीलाई स्ववियु निर्वाचन , नेकपा एमाले सैविधान सभामा तेस्रो पोजिसनमा पुगेको, हारको मनोविज्ञान , भर्खरै हामी सम्मेलनबाट आएका यि सबै कुराले गर्दा स्ववियु निर्वाचन हाम्रा लागि धेरै चुनौति पूर्ण थियो हामीसँग साधन स्रोत थिएन हामीसँग प्रसस्त पैसा छैन पैसा जोडेर काम संचालन गर्न पनि हामीलाई अफ्ठेरो भयो जसले गर्दा स्ववियु चुनावमा सबैले अर्जुन दृष्टि बनाएर लाग्यौँ चुनाव पछि पनि लगातार परिक्षा पर्यो हाम्रा केन्द्रीय सदस्य साथी हरुको औसत उमेर चौविस वर्ष छ औसत साथीहरुले डिप्लोमा लेवलमा पढ्दै हुनुहुन्छ डिप्लोमा पढ्ने धेरै साथीहरुको परिक्षा भयो हामीले भर्खरै केन्द्रीय कमिटिमा आएका साथीहरु जसले कित केन्द्रिय कमिटिको बैठक छोड्न पर्यो या   पढाई छोड्न पर्यो हामीले साथीहरुलाई दुइ मध्ये एक रोज भन्न सकेनौं तर सतहमा बाहिर टिप्पणी गरिएका केहि कुराहरु जसलाई मान्छेहरुले कफि गफ पनि बनाएका छन् केहि अफ्ठेराहरु स्वभावैले थिए संगठनले गरेका निर्णय लाई कार्यान्वयन गराउन कठिन भएको थियो ति अफ्ठेरा छदै थिए त्यस्ता अफ्ठेरा मेरो पुरै कार्यकाल भरि भईरहे तर त्यो नै कारणले केन्द्रीय कमिटिको बैठक पर सरेको भने होईन

     

    तपाईलाई लोकतन्त्रको लागि लडेको योद्धा पनि भनिन्छ संगठन भित्र चै तपाईले निरङ्कुस ब्यवहार देखाउनु भयो भन्छन् नि ? कसरी खण्डन गर्नु हुन्छ ?

     

    खण्डन नै त गर्दिन एउटा लिडरसिप, जुन मान्यताको लागि लडेर आएँ, मैले जुन मान्यताका लागि रगत बगाएँ, त्यो मान्यताका बिरुद्ध कसरी उभिन सक्छु ? लोकतन्त्र भन्नु अराजकता र दण्डहिनता होईन लोकतन्त्रको मान्यतामा जसले जे गरेपनि हुने, जसो गरे पनि हुने भन्ने बुझेको होईन मैले । संगठनमा यो कुरा विधान, विधि, पद्धती, नीति कार्यक्रमलाई निसर्त मानेको मान्छे मात्रै अनेरास्ववियु हुन्छ भनेर हाम्रो विधानमा घोषित भएको कुरा हो विधानमा भएको कुरालाई लागूगराउनका लागि नेतृत्वकर्ताका हिसाबले, संगठनको अध्यक्ष भएको हिसाबले त्यसको पहल कदमी मैले लिनै पर्थ्यो त्यस्तो पहल कदमी लिँदाखेरी कोही मानिसले गर्ने टिप्पणीहरु हुन यी । मेरो विचारमा उहाँहरुले लोकतन्त्रलाई सहि हिसाबले नबुझेको हो

     

    तपाईको दुइवर्षको कार्यकालमा गरेका पछि पनि तपाईलाई सम्झन लायक पाँचवटा राम्रा काम भन्नुस्न ?

     

    किन पाँचवटा मात्र सयौं काम गरेका छौ नि हामीले किन पाँचवटामा सिमित गर्ने ? मेरो दुइ वर्षको कार्यकालको मुल्यांकन मैले भन्दा अरु साथी हरुले नै गर्ने हो नि दावाका साथ भन्छु, महिला भएको कारणले मेरो कार्यकाल कमजोर थियो भन्ने इतिहास म राख्न चाहन्न महिला भए पनि उल्लेखनीय काम भएको छ संगठनले उल्लेखनिय प्रगति गरेको थियो भन्ने बनाएकी छु यो कुरालाई घमण्डका साथ भन्छु यो संगठनमा, राजनीतिमा, विचारमा प्रतिस्पर्धामा र परिणाम लगायत सबै कुरामा

     

    अखिलको अध्यक्ष भएपछि पुरा गर्छु भन्ने लागेको पुरा गर्न नसकेको कुनै कुरा ?

     

    अँ मैले प्रतिबद्धता ब्यक्त गरेको पुरा गर्न नसकेको अरु धेरै कामहरु होलान्  तर ति मध्ये धेरै महत्वपूर्ण काम संगठनको संरचनालाई महासंघीय ढाँचामा लाने त्यसको खाका सहितको प्रारुप तयार पार्ने भन्ने कुरा १९ सम्मेलन अगाडी विधार्थी साथीहरुको अगाडी मैले जुन कमिटमेन्ट गरेकी थिएँ, आजको दिन सम्म त्यसको प्रारुपका लागि केहि अर्थपूर्णकाम गर्न सकिएको छैन सम्भवत २० राष्ट्रिय सम्मेलनको विधानमा राख्ने अहिले पनि कमिट मेन्ट गर्छु । अलिकति इतिहासमा पनि अल्ली फरक कुरा ४५ / ४६ वर्ष अगाडी स्थापित भएको संगठनको मोडालिटिको बारेमा ब्यापक फेरवदल गर्ने कुरा थियो त्याहानेर हामीले गर्न पर्ने पनि थियो अहिले सम्म गरेनौ सम्भवत विसौं राष्ट्रिय सम्मेलनमा यो प्रस्ताव लान्छौँ आजका मिति सम्म यो काम बाँकी मेरो कार्यकालमा नै यो काम पुरागर्ने अझै पनि प्रतिबद्धता

     

    अनेरास्ववियुले प्रमाण पत्र तह फेजआउट गर्नुपर्छ भन्ने मत जाहेर गर्दै आएको तर विधार्थी संगठनहरुको नेतृत्व गर्ने नाममा चै फेज आउट गर्न हुँदैन भन्दै आएको भन्छन् नि के हो ?

     

    गतवर्षपनि प्रमाण पत्र तह फेजआउट नगर भन्ने हाम्रो माग थिएन प्रमाण पत्र तह विश्वविधालयबाट फेज आउट गर्दा यसको विकल्प देउ भन्ने हाम्रो माग हो एक वर्ष प्रमाणपत्र तह सन्चालन गर्नुस् यसको विकल्पको रुप तयार गर्दै राज्यले सरकारी तबरबाट प्लसटुहरुलाई लगानी गर कम्तीमा एउटा निर्वाचन क्षेत्रमा एउटा  प्लस टु सामान्य विषय पढाईने प्लसटु एउटा जिल्लामा एउटा विज्ञान पढ्ने प्लस टुको ब्यवस्था गर भनेका थियौ केहि विकल्पको बारेमा पनि हामीले भनेका थियौ त्यहि अनुसार गतवर्षको वजेटमा सरकारले ब्यवस्था गर्यो वजेट छुट्टायो तर त्यसको कार्यान्वयनका केहि समस्याहरु रहे अहिले पनि करिब सत्रसय सार्वजानिक प्लस टु हरु छन् हाम्रो माग अहिले पनि के हो भने पिसिएललाई निरन्तर त्रि विमा पढाउ भन्ने होईन बिस वर्षअगाडी, दश वर्षअगाडी अनेरास्ववियुले प्रमाण पत्र तह खारेज गर्न हुँदैन भन्ने पक्षमा लड्यो गएको वर्षपनि प्रमाण पत्र तह खारेज गर्दा विकल्प देउ भनेर लड्यौँ अब प्लस टु विध्यालयको शिक्षा हुँदैछ सन् २०१२ बाट प्लस टु लाई विध्यालयको शिक्षाका रुपमा स्थापित गरिँदैछ विध्यालय शिक्षा राज्यको अनिवार्य दायित्व भित्र पर्छ अनि बाह्र कक्षा सम्म सरकारले लगानी गर्नु पर्छ भन्ने हाम्रो माग हो पिसिएल भन्नेकुरा अहिलेको दुनियामा कहिँ पनि छैन नेपालबाहेक यो फेज आउट हुन्छ नै हिजो हामीले विकल्प खोजेका थियौँ आज १२ कक्षा सम्म पूर्णतया सरकारले लगानी गरोस् भन्ने चाहन्छौँ हाम्रो माग पनि यहि हाम्रो देशको जनशक्ति अन्तराष्ट्रिय बजारमा प्रतिस्प्रधा गर्ने, हाम्रा सर्टिफिकेट अब अन्तराष्ट्रिय बजारमा बिक्न सक्ने बन्नु पर्यो त्यसकारण अन्तराष्ट्रिय समानताको लागि पनि हनुपर्यो त्यसैले अहिले हामी प्रमाण पत्र तहको पक्षमा छैनौँ सर्बसुलभ ढंगले प्लस टुमा जनताका छोरा छोरीले पढ्न पाउनका लागि सरकारले लगानी गरोस् भन्ने पक्षमा छौं

     

    विधार्थी राजनीति भन्दा अल्ली पर राष्ट्रिय राजनीतिलाई कसरी हेर्नु भएको ?

     

    यो संक्रमणकाल साह्रै कष्टसाध्य भएको हामी कहाँ जाँदै छाँ ?- हामीले गरेका प्रतिबद्धताहरु कहाँ गए ? सान्ति प्रकृया टुङ्गिन्छ कि टुङ्गिदैन ? सान्ति प्रकृया नटुंगिकन संविधान बन्दैन संविधान नबन्दा सम्म हामीले लडेर ल्याएको गणतन्त्र संथागत हुँदैन यो अबस्था हिजो सँगै संकल्प गरेका प्रतिवद्धता ब्यक्त गरेका राजनीतिक दलहरुले किन बिर्से ? मलाई यस्तो लाग्छ यो संक्रमणकाल असाध्यै कष्टपूर्ण अहिले ठ्याक्कै के हुन्छ भनेर भन्ने अबस्था नै छैन बहुमतीय बिधिबाट बनेको सरकारले राजीनामा गरेको   अब सहमतीय आधारमा नयाँ सरकार बन्ने अबस्था पनि देखिँदैन बहुमतीय विधिबाट बनेको सरकारले पनि समस्यको समाधान दिँदैन त्यहि कारणले हाम्रो माग यो संक्रमणकालबाट छिट्टो मुलुकलाई मुक्त गराउनकालागि, विधिको सासनलाई स्थापित गराउन, आर्थिक सामाजिक रुपान्तरणको कामलाई अगाडी बढाउन, जारि सान्ति प्रकृयालाई टुंगो लगाई संविधान निर्माण गर्नका लागि राष्ट्रिय सहमतिकै सरकार बनाउन पर्छ भन्ने माग हो हामी अनेरास्ववियु नेकपा एमालेलाई अरु पार्टीलाई पनि भन्छौ बहुमतिय विधिमा नजनुहोस् सहमतिय विधिमा सरकार बनाउनुहोस् जो जसको नेतृत्वमा बनाए पनि हामीलाई आपत्ति छैन नेकपा एमालेलाई हामी बहुमतीय विधिमा बनेको सरकारलाई सहयोग समर्थन, नेतृत्व नगर्न अनुरोध गर्छौं सहमतीय विधिबाट मात्र अगाडी बढ्न हामी आग्रह गर्र्छौ

     

    त्यसको लागि तपाईको भूमिका के हुन्छ ?

     

    हामीले दवाब दिने हो

     

    विबाह गर्नु भएको , कस्तो ?

     

    ब्यक्तिगत जीवन रमाईलो संगठनमा राष्ट्रिय सम्मेलन नजिक आउँदै कामको प्रेसर तनाव ब्यस्तता बढी

     

    अनेरास्ववियुबाट विदा भए पछि धेरै समय पशुपती पुरीलाई दिने कि एमालेलाई दिने ?

     

    अब सम्मेलन पछि आफ्नो ठाँउमा जहाँ हुन्छ, जहाँ मैले जीवनको महत्वपूर्ण समयलगाएँ, जेका लागि लडेँ त्यसकोलागि मं निरन्तर लागिरहन्छु पशुपती जी मेरो जीवनको महत्वपूर्ण पाटो हो उहाँसँग अधिकाँस समय रहन्छु ,धेरै थोरै भन्ने नै हुँदैन उहाँसँगको समय छुट्टैहो मेरो सामाजिक जिवनको पाटो छुट्टै हो आजसम्म सामाजिक जिवनमा जुन समय लगाएकी छु अब पशुपती जीलाई लगाउनु पर्छ भन्ने मलाई लाग्दैन त्यो जरुरी पनि छैन

     

    प्रस्तुति: नारायणी देवकोटा

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक