आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    नेपाल समाचार
    सुरक्षाकर्मीबाटै असुरक्षित महिला कामदार
    July 22 2010

        

      - कालिका खड्का

     

    रक्षक नै भक्षक भएपछि कस्को के लाग्छ ? उपत्यकाका मनोरञ्जनस्थलमा काम गर्ने महिला कामदार ग्राहकबाट मात्र होइन, सुरक्षाकर्मीबाट समेत यौन उत्पीडनका सिकार हुनेगरेको गुनासो अझै कायमै रहेको सुरक्षाका लागि खटिएका प्रहरी डान्स रेस्टुरेन्ट, बार, दोहोरी गीत रेस्टुरेन्ट, क्याबिन रेस्टुरेन्ट, मसाज पार्लरमा जाने त्यहाँ कार्यरत महिला कामदारलाई पाखुरामा समातेर तान्ने, संवेदनशील अङ्गमा स्पर्श गर्ने, मोवाइल नम्बर माग्ने, बाहिर भेट्न बोलाउने, भेट्न नमाने साहुलाई कुरा लगाएर साहुबाट पिटाउने, कामबाटै हटाउने गरेको यस्ता मनोरञ्जनस्थलमा काम गर्ने धेरैजसो महिलाको आम गुनासो उनीहरूले सुरक्षाकर्मीबाटै हुने असुरक्षाबाट सुरक्षित हुन पाँउभन्ने माग गर्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालय प्रमुखसँग समेत गुनासो गरेका छन्

     

    "मैले फोन गरेपछि भेट्न आईज, नत्र त्यो डान्स रेस्टुरेन्टमा छापा मारिदिन्छौ भनेर प्रहरीले पटक-पटक धम्क्याउने गरेका छन्"- नाईट हेभन डान्स बारमा काम गर्ने २२ वर्षीया सुनीता सुवेदीले सुनाइन्

     

    सात वर्षयस क्षेत्रमा काम गर्दा यौन हिंसा अन्य ग्राहकबाट भन्दा प्रहरीबाट हुनेगरेको उनको अनुभव "अरूले डान्स गर्दा पाखुरामा समातेर जवर्जस्ती तान्ने गर्दैनन्, तर जो सुरक्षा दिनका लागि खटिएका छन्, तिनीहरूबाटै धेरै पटक जवर्जस्ती यौन शोषणको प्रयास भएका छन्"-डान्स रेस्टुरेन्टमा काम गर्दाको तीतो अनुभव उनले सुनाइन्

     

    डान्स रेष्टुरेन्टमा काम गर्नु उनको बाध्यता हो उनले यही काम गरेर छोराछोरीलाई पढाएकी छिन् त्यहाँ काम छोडनेबित्तिकै उनलाई छोराछोरीले पढ्न पाउदैनन् भन्ने चिन्ताले पिरोल्छ एक्लो ज्यानले कमाएर छोराछोरी पढाउनु छँदैछ, श्रीमानलाई समेत रक्सी पिउन नियमित पैसा नदिए उनलाई आफ्नै ज्यान जोगाउनसमेत मुस्किल पर्छ

     

    "पढेको छैन, त्यसैले अरू काम पाईदैन, जुन काम गर्छु त्यो काम आफैलाई गर्न मन छैन तर मेरो बाध्यता , श्रीमानको व्यवहारले गर्दा छोराछोरी पढाउन यो कामको अर्को विकल्प छैन धेरै खटेर काम गर्छु, छोराछोरी छोडेर राति काममा जानुपर्छ, तैपनि कामको उचित पारिश्रमिक छैन, नियुक्तिपत्र दिने व्यवस्था छैन"- उनले रेस्टुरेन्टमा काम गर्नैपर्ने आफ्नो विवशता सुनाइन्

     

    यस्तो काम गर्दा असुरक्षित महसुस गर्ने सुनीता एक्ली होइनन् नयाँ बसपार्कको डान्स रेस्टुरेन्टमा काम गर्ने २३ वर्षीया रष्मी न्यौपानेको वेदना पनि उस्तै

     

    "काम गरिरहेको अवस्थामा प्रहरीले पाखुरामा समातेर तान्ने, आफूले खाइरहेको चुरोट खुवाउने, नमाने जहाँपायो त्यहाँ चुरोटले पोलिदिने, आफूले खाँदैगरेको रक्सी जबर्जस्ती खुवाउने नमानेदेखि भोलिदेखि तँलाई यहाँ काम गर्न मन छैन भन्छन्"? जे गरे पनि सहेर काम गर्नुपर्ने आफ्नो बाध्यता उनले सुनाइन्

     

    सुरक्षा निकायबाटै असुरक्षित हुँदा श्रमजीवी महिला कामदारलाई दुःख लाग्नु स्वाभाविक भएको बताउनुहुन्छ शक्ति समूहकी अध्यक्ष जानुका भट्टराई श्रमजीवी महिलालाई अन्य ग्राहकबाट पनि दुर्व्यवहार हुन्छ तर सुरक्षा निकायका मानिसले नै अनुचित व्यवहार गर्नु, नमाने छापा मार्ने चेतावनी दिनु गलत भएको उहाँ थप्नुहुन्छ

     

    यस्ता मनोरञ्जनक्षेत्रमा काम गर्ने महिलाले अरूजस्तै यो पेसामा पनि मर्यादित पेसाको रूपमा काम गर्न पाउनुपर्ने माग गर्दैआएका छन् यस्तै पेसामा काम गर्ने श्रमजीवी महिला शक्ति समूह, विश्वास नेपाल संरक्षक समूह नामक संस्थामा आबद्ध भई महिला कामदारहरूले आफ्नो पेसागत अधिकारको माग गर्दैआइरहेका छन्

     

    सर्वोच्च अदालतबाट श्रमजीवी महिलाप्रति कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न सरकारलाई आदेश जारी गरेअनुरूप सरकारले २०६५ पुस मा निर्देशिका जारी गरेको

     

    निर्देशिकामा कामदारको अनिवार्य नियुक्तिपत्र हुनुपर्ने, परिचयपत्रको व्यवस्था हुनुपर्ने, न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने, ग्राहकले कामदार महिलासँग गर्न हुने गर्न नहुने व्यवहार स्पष्ट रूपमा उल्लेख गरिएको

     

    निर्देशिकामा रेस्टुरेन्ट, मसाज पार्लरजस्ता व्यवसाय दर्ता नगराई व्यवसाय सञ्चालन गर्न नहुने, लगत विवरण प्रस्तुत गर्नुपर्ने, व्यवसाय सञ्चालन गर्दा आसपासमा असर नपर्ने गरी सञ्चालन गर्नुपर्ने, कामदारलाई पारिश्रमिक नदिईकन काम लगाउन नपाइने, सबैले देख्ने ठाउँमा सूचना पार्टीमा स्नुपर्ने आदि रहेको

     

    त्यस्तै, यौन उत्पीडनका सम्बन्धमा श्रमजीवी महिलालाई शारीरिक सम्बन्धका लागि प्रस्ताव वा माग गर्नु, यौन एवम उत्तेजक भाषा, नृत्य, गीतको प्रयोग, यौनसम्बन्धी छेडखानी गर्नु यौन उत्पीडन दिएको मानिने यदि यस्ता व्यवहार भएमा कारबाही हुने उल्लेख

     

    यौन शोषणको सम्बन्धमा आर्थिक प्रलोभन देखाई यौन सम्बन्ध स्थापित गर्न बाध्य पारेमा वा पार्न लगाएमा, थप सुविधा दिने आश्वासन दिई यौन सम्बन्ध कायम राखेमा वा राख्न लगाएमा, शुल्क वा रकमको प्रस्ताव गरी श्रमजीवी महिलासँग यौन सम्बन्ध राख्ने प्रयत्न गरेमा त्यसलाई यौन शोषण भएको मानिने

     

    अमर्यादित व्यवहार गर्न नहुने सम्बन्धमा सेवाग्राहीसँग बसी मदिरा लागुपदार्थ सेवन गर्न गराउन, अश्लील एवम् यौन अर्थ दिने शब्दबाट सम्बोधन गर्न गराउन, कामदारले सुन्ने गरी यौन हँसी मजाक गर्न गराउन, नग्न प्रदर्शन गर्न लगाउने वा बाध्य पार्ने काम गर्न पाइने छैन भनी स्पष्ट रूपमा निर्देशिकामा लेखिएको

     

    निर्देशिका जारी गरेको भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै विश्वास समूह नेपाल, शक्ति समूह संरक्षक समूह नेपालका प्रतिनिधिले काठमाडौँ जिल्ला प्रशासन कार्यालय प्रमुख लक्ष्मीप्रसाद ढकाललाई अनुरोधसमेत गरेका छन्

     

    ढकालले रेस्टुरेन्टमा काम सुरु गर्नुभन्दा अगाडि नै नियुक्तिपत्र माग्न आग्रह गर्दै नदिएमा न्यूनतम पारिश्रमिक निर्धारण गर्ने लागु गर्ने काम श्रम मन्त्रालयको भएकाले सोही निकायमा गएर बुझनुपर्छ भन्नुभयो

     

    उहाँले कार्यस्थलमा काम गर्दा, डान्स गर्दा विकृति नफैलाउने शान्ति सुरक्षालाई खलल नपार्ने किसिमले काम गर्नुपर्नेर्, नत्र बाध्य भएर प्रहरीले पक्राउ गर्ने पनि बताउनुभयो

     

    डान्स रेष्टुरेन्टमा काम गर्ने महिला कामदार प्रहरीबाटै असुरक्षित भएको विषयमा प्रहरी उपरीक्षक रमेश खरेल भन्नुहुन्छ- "सभ्य तरिकाले डान्स गर्दा अन्य काम गर्दा पनि प्रहरीले अमर्यादित काम गरेमा त्यो प्रहरीलाई तत्काल कारबाही गर्र्छौ ।"

     

    "काम गर्दा, डान्स गर्दा मर्यादित बन्नुस्, त्यति हुँदाहुँदै पनि प्रहरीले दुःख दिएमा खबर गर्नुस्, त्यो प्रहरीलाई तत्काल कारबाही गर्छु: उहाँले थप्नुभयो

     

    महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकामा मात्र क्याबिन, दोहोरी, डान्स रेस्टुरेन्ट मसाज पार्लरको सङ्ख्या एकहजार २०० रहेका छन् भने ती संस्थामा करिब ५० हजार कामदार रहेका छन् ती ५० हजार कामदारमध्ये ८० प्रतिशत महिला कामदार रहेको बताइएको

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक