आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    सम्पादकीय
    कहिले सम्म अनिर्णयको बन्दी ?
    July 25 2010

    प्रधानमन्त्रीको चुनावमा सहमति कायम गर्न नसकेपछि मुलुकको राजनीति अन्यौलग्रस्त बनेको दोस्रो पटकको मतदानमा पनि संसदले प्रधानमन्त्री चुन्न सकेन यो एकदमै लाजमर्दो विषय हो अहिले प्रधानमन्त्रीको चुनावी मैदानमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल छन् उनीहरु दुवैले अझै तीन सय एक मत प्राप्त गर्ने सुगारटाइ गरिरहेका छन् बहुमतीय राजनीतिको जोडघटाउलाई त्याग्ने सङ्केतसम्म देखाएका छैनन्

     

    अहिले प्रधानमन्त्री माधवकुमार नेपाल छन् उनले काम चलाऊ प्रधानमन्त्रीका हैसियतले काम चलाइरहेका छन् एक वर्षको अवधिमा पूर्ण रुपमा असक्षम भैसकेका यी प्रधानमन्त्रीले कतिन्जेल काम चलाइरहनुपर्ने हो भन्न गाह्रो संसद प्रधानमन्त्री चुन्न असफल भएको इतिहास नेपालमा प्रथम पटक लेखिने भएको यो परिस्थितिको जिम्मेवारको हो ? अब यसतर्फ विचार गर्न ढिलाई गर्नु हुँदैन राजनीतिक दलका अहिलेका जिम्मेवार नेताले यसतर्फ विचार गर्लान् भन्ने सोचाई राख्नु वुद्धिमानी नहुने तर्क सुरु हुन थालेको

     

    संविधानसभाको निर्वाचनपछि मुलुकमा दुइजना प्रधानमन्त्री भए नेकपा माओवादीका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड संविधानसभामा दुइवटा निर्वाचन क्षेत्रबाट पराजित भएका एमालेका नेता माधवकुमार नेपाललाई मुलुकले यसबीचमा प्रधानमन्त्रीको रुपमा पायो यी दुवै प्रधानमन्त्रीको मुख्य काम शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने नयाँ संविधान निर्माण गर्ने थियो यी दुबै मुख्य काममा यी दुबै नेता पूर्ण रुपमा असफल सावित भए विगतमा सहमतीय राजनीतिक संस्कार त्यागेका कारण दुबै सरकार लक्ष्यमा पुग्न असफल भएको तथ्य अब कसैबाट छिपेको छैन

     

    तर, अझै पनि एनेकपा माओवादी अध्यक्ष पुष्पकलम दाहाल बहुमतको सरकारको नेतृत्व गर्न तम्सेका छन् योभन्दा ठूलो विडम्वना के हुन सक्छ ? त्यस्तै कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल पनि बहुमतको सरकारको नेतृत्व गर्ने दावी गरिरहेका छन् मुलुकको लागि योभन्दा ठूलो विडम्बना अरु केही हुन सक्दैन

     

    दुइ तिहाई मतको नजिक पुगेर पनि उम्मेदवारी फिर्ता लिने एमाले अध्यक्ष झलनाथ खनालको नैतिकताको राजनीतिबाट अब सम्पूर्ण राजनीतिक दल, नेताहरु सिङ्गो मुलुकले शिक्षा लिन सक्नुपर्दछ , सहमतीय राजनीतिको संस्कारको सुरुवात गर्नुपर्दछ सहमतीय राजनीतिलाई स्थापित गर्न प्रधानमन्त्रीका बाँकी दुवै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएर सहमतिमा अगाडि बढ्ने प्रतिवद्धता जनाउनुपर्दछ

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक