आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    कला/सिनेमा
    मैले मेरो घरमा इज्जत पाउनुपर्छ
    July 25 2010

    निशा शर्मा

     

    नेपालको दु दशक लामो प्रजातान्त्रिक शासन ब्यवस्थामा सरकारले नेपाली कलाको क्षेत्रमा त्यति ध्यान दिन सकेन सरकारले नदिएर के भो ? कलाको उपाशना गर्ने हरुले सरकारको बाटो हेरेनन् बरु आफ्नै क्षमतामा काम गरेर अगाडी बढे त्यसैको फलस्वरुप भन्नपर्छ, नेपालमा अहिले नाटकको बारेमा कुरा गर्ने हो भने गरुकुलको नाम अगाडी आउँछ जसले नेपाली नाटकको प्रतिनिधित्व गर्दै संसार घुमेको निरन्तर नाटक देखाउँदै आएको यस पटक हामीले गरुकुलका नाटकहरुमा सबैभन्दा बढी भूमिका निर्वाह गरेकी नायिका निशा शर्मासँग कुराकानी गरेका छौँ राम्ररी आफ्नो नाम उच्चारण पनि गर्न नसक्ने चार वर्षको उमेरदेखि आजसम्म लगातार रुपमा निशाले नाटक खेलिरहेकी छन्

     

     

    आज सम्म कति नाटकमा अभिनय गर्नु भयो ?

     

    - तीन दर्जन पुग्यो कि ?

     

    ओहो मैले क्या नाटक खेलेँ भनेर लाग्ने नाटक कुन कुन हुन् ?

     

    - हेनरी इब्सेनले लेखेको पुतलीको घर भयो, अग्नीको कथा, आरुका फूलका सपना मायादेवीका सपना पनि राम्रा नाटकभित्र पर्छन् मान्छेहरुले जसरी रियाक्ट गरे ओहो यो नाटक हेरेर हामीलाई यस्तो फिल भयो भनेर प्रतिक्रिया दिए त्यती बेला मैले पनि राम्रै काम गरेछुजस्तो लाग्छ पुतलीको घर हेरेर त्यसो भन्नेहरुमा चाँहि विशेष गरेर महिला अधिकारकर्मीहरु बढी हुनुहुन्थ्यो हामीले नाटक हेर्यौं, यस्तो लाग्यो, यसो गर्यौं तपाईले हाम्रै आवाज उठाउनु भएको रहेछ भन्ने गर्नुहुन्छ पुतलीको घर नाटक सकेर बाहिर बस्ता पनि मान्छेहरुले चिन्ता नगर्नु सबै ठीक हुन्छ भन्दै अगालो मार्नुहुन्छ त्यो चाँहि ठूलो उपलब्धी होजस्तो लाग्छ अर्को कुरा केभने, हामी जति आफूलाई अधिकारकर्मी भनौं वा महिलाको लागि आवाज उठाएको भनौं, सबैको स्थिति नोराको जस्तै रहेछ भन्ने लाग्छ बाहिर हामीले जति कुरा गरे पनि बाहिरको महिला घरभित्रको महिलामा आकाश पातालको फरक रहेछ

     

    तपाईले खेलेका धेरैजसो नाटक नारीवादी भएर अभिनय गर्नुहुन्छ भन्छन्, तपाईलाई कस्तो लाग्छ ?

     

    - खासमा यो भनाईबाट उम्कन पनि खोजिरहेकी छु किन भने मैले चाहेर यो भएको होईन यो आफसे आफ नै भयो मलाई एकदमै नारा लगाएर हिड्न पनि मन पर्दैन केमा विस्वस्त छु भने परिवर्तन मैले मेरो घरबाट सुरु गर्नुपर्छ भन्ने लाग्छ मैले मेरो घरमा मेरो ठाउँमा इज्जत पाउनुपर्छ, अनि मैले अरुको लागि आवाज उठाउने हो भन्ने लाग्छ त्यही भएर महिला आन्दोलनकारी या अधिकारकर्मीहरुसँग मेरो त्यती कुरा मिल्दैन तर, मेरो भागमा घुमीफिरी त्यही आउँछ यो भनाइलाई बदलिदिन्छु पनि भनेँ तर "साईकोसिस फो पोइन्ट फोर्टिफो" खेलेँ, त्यो पनि एउटा लेस्वीयनको आवाज पर्यो घुमीफिरी त्यतैत्यतै हुन्छ "सपनाको साविती" पनि महिला ट्राफिकको बारेमा हो भन्दा मलाई हे त्यो पनि के खेलुँ भन्ने लागेको थियो तर, मेरो भागमा त्यहि रोल पर्यो यो चाहेर होईन काम गर्दागर्दै आफ्नो भागमा परेको काम हो

     

    सानामा तपाईलाई के बन्ने मन थियो, स्कुल पढ्ने बेलामा ?

     

    - हैन त्यस्तो केहि पनि होईन, तर कक्षा नौमा नाइटिङ्गेलको जिवनी पढ्नुपथ्र्यो त्यो पढेपछि लौ नर्स बन्ने भन्ने लाग्थ्यो तर, पछि सबै साथीहरुले भन्छन् नि, सबैलाई नर्स बन्न मन लाग्ने रहेछ दिदीहरुका अरु किताब पनि पढ्थेँ अनि नर्स बन्छु सेवा गर्छु भन्ने लाग्थ्यो

     

    आजभोली बाटामा हिड्दा नर्सहरु भेटिए भने कस्तो लाग्छ ?

     

    - ओहो मैले कुनै दिन यस्तो बन्छु भनेथेँ भन्ने लाग्छ मेरो बाटो अर्कै रहेछ जस्तो लाग्छ सानामा त्यही एउटा जिवनी पढेर यस्तो बन्छु भन्ने कति बेबकुफ रहेछुजस्तो लाग्छ

     

    सपनाको साविती नाटककी पात्रा सपना तपाई निशा शर्मामा कत्तिको तुलना हुन्छ ?

     

    - एउटा हिसाबले तुलना गर्दा हाम्रो घरमा हामी पाँचजना दिदी बहिनी, हाम्रो घरमा छोरा छोरीमा कहिल्यै पनि भेदभाव भएन तर थाहा छैन छोराकै लागि यति धेरै छोरीहरु जन्माउनु भएको पो हो कि ? अर्को डल्लीभन्दा पनि मलाई आफै हो कि जस्तो लाग्ने, मेरो बानी बेहोरा केटाको जस्तै थियो, आमालाई मैले खुव दुःख दिन्थेँ, अनि अर्को हाम्रो घरमा चाँहि आमा नेवार बा बाहुन, दिदीहरुले पनि कोही इन्डियनसँग बिवाह गर्नुभयो, कोही क्षेत्रीसँग मैले बाहुनसँग बिवाह गरे, मेरो भाइले शेर्पासँग विबाह गर्यो त्यसैले हाम्रो परिवार पनि एकदमै मिक्स हाम्रो घरमा पनि नाटकमा जस्तो जातलाई कहिल्यै महत्व दिएनौँ त्यसैले हामीले मानिसको कामलाई महत्व दियौं नाटकमा थर के भन्ने बेलामा पनि मैले मलाई नै महसुस गरेँ जसरी मैले पहिला छोरी, आमा, भाउजु भएर भूमिका निभाएँ नि ! त्यो कतै कतै हामी महिलाहरु जोडिएका छौँ जस्तो लाग्छ मलाई दुःख लाग्दो कुरा, देशमा जस्तो राजनीतिक घटना घटिरहेका छन्, धेरै हामी महिलाहरु नै पिल्सिन्छौँ ०४६ सालको आन्दोलनदेखि मेरो घरमा हेरिरहेकी छु त्यसको प्रभाव सुनिलजीलाई भन्दा पनि बढी मलाई परिरहेको मेरी आमालाई पर्यो मेरा दिदी बहिनीहरुलाई पर्यो अनि त्यसो हुँदा हाम्रो नियती चाँहि भोग्ने नियती नै रहेछजस्तो लाग्यो

     

    महिलाहरु सक्षम नभएका कारण हरेक कुराको प्रभाव बढी महिलालाई पर्ने हो ?

     

    - हो नि सक्षम नभएर पनि हो सक्षम किन नभएको भन्दा आर्थिक रुपमा हामी पछाडि परेका छौँ शिक्षा पनि कमै जुन महिलालाई महान भनेर बनाइदिएको , देवीजस्तो सबै सहेर शोषित भएर समाहित गर्नुपर्छ भन्ने नि, त्यो पनि भयो अनि हाम्रो पनि गल्ती हामी आफैँले आँफैलाई देवी बनाउन खोज्छौँ अनि मलाई लाग्छ देवीहरुको सोह्र हात सबैलाई चित्त बुझाउन बनाएको हो

     

    अबको १० वर्षा नेपाली नाटक कहाँ पुग्ला ?

     

    - अहिले पनि हामी कम चाँहि छैनौँ अरु मुलुकभन्दा पछाडि छौंजस्तो लाग्दैन अबको दश वर्षा सरकारले के गर्ला ? मलाई सरकारसँग केही आशा छैन सरकारले हामीलाई कर लगाएर नाटक खेल भन्ने पनि होईन १० वर्षछि अन्तर्राष्ट्रिय रुपमा नेपालको नाटक भनेपछि भन्ने खालको एउटा पहिचान बनाउन सकौँला भन्ने लागेको

     

    प्रस्तुति - नारायणी देवकोटा

     

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक