आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अन्तर्राष्ट्रिय समाचार
    भूतपूर्व खमेररुज शासकलाइ पैंतीस वर्षको जेल
    July 26 2010

    युरोप, २७ जुलाई / राष्ट्र संघीय युद्ध अपराध सम्बन्धी अदालतले युद्ध अपराधको आरोप लागेका कम्बोडियाका भूतपूर्व खमेर रुज शासक काइङ गुएक एभलाई दोषि ठहर गर्दै पैंतीस वर्षको जेल सजाय सुनजाएको छ।

     

    खमेर रुज सरकारका बरिष्ठ अधिकारी मध्ये एक काइङ गुएक एभमाथि सोमबार अर्न्तराष्ट्रिय अदालतमा भएको अन्तिम सुनुवाइमा उहाँलाई सो सजाय सुनाइएको हो।

     

    राष्ट्र संघिय अदालतका अभियोक्ताहरुले युद्ध अपराधको आरोप लागेका काइङ गुएक एभलाई चालीस वर्षको काराबास सजाय दिनु पर्ने माग गरेका थिए। अदालती सुनुवाइ भैरहेको राजधानी नोम्पेनस्थित अदालत परिसरमा सुरक्षा ब्यवस्था कडा बनाईएको थियो। युद्ध अपराधको आरोप लागेका खमेर रुज शासक गुएक एभलाइ अदालतमा बुलेट प्रुफ कारमा ल्याइएको थियो।

     

    सोमबार अदालत उपस्थित गराइएका ६७ वर्षीय गुएक एभ माथि युद्ध अपराध, नरसंहार, यातना र हत्याकाण्ड अभियोग लागेका थिए। राष्ट्रसंघ र कम्बोडियाली सरकार बीच भएको एक दशक लामो वार्ता पछि सन् दुइ हजार छमा खमेर रुज विरुद्ध युद्ध अपराधको मुद्धा राष्ट्र संघिय अदालतमा दर्ता गरिएको थियो।

     

    युद्ध अपराधको अभियोग स्वीकार गरिसकेका डच गुएक एभ सजाय भोग्ने एक मात्र खमेर रुज शासक हुन्। डच खमेर रुज शासनकालमा बन्दीहरुलाई यातना दिन बनाइएको तुओल स्लेङ्ग नामक कुख्यात बन्दी गृहको प्रमुख हुनुहुन्थ्यो। सो बन्दी गृहमा सोह्र हजार मानिस मारिएको बताइन्छ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक