आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अमेरिका समाचार
    अमेरिकी सैनिकको गोप्य तथ्याङ्क सार्बजनिक
    July 26 2010

    युरोप, २७ जुलाई / अफगानिस्तान युद्ध सम्बन्धी अमेरिकी सेनाको गोप्य सूचना विकिलिक्स नामक एक वेभसाइटले सार्वजानिक गरेको छ। करिब नब्बे हजार अमेरिकी सैनिकको गोप्य तथ्याङ्क तथा सुचना सो वेभसाइट मार्फत सार्बजनिक भएको हो।

     

    सो दस्तावेजमा आक्रमणका क्रममा मारिएका तर सार्वजानिक नगरिएका अफगानी नागरिकको समेत जानकारी उल्लेख गरिएको छ। अमेरिकी सैनिक इतिहासमा गोप्य सुचना चुहावट भएको यो हाल सम्मको ठूलो भएको बताइएको छ।

     

    ह्वाइट हाउसले यस सूचना चुहावटलाई गैरजिम्मेवारी भन्दै भर्त्सना गरेको छ। बेलायतबाट प्रकाशन हुने दैनिक समाचार पत्रिका दि गार्जीयन, न्यूयोर्क टाइम्स र जर्मनको साप्ताहिक पत्रिका देर स्पाइगलले अफगानिस्तानमा जारी विद्रोही तालिबानको आक्रमणमा पाकिस्तान र इरानले सहयोग गरेको प्रति नेटो सेनाको व्यक्त गरेको चासो समेत उक्त सूचनामा रहेको भन्दै समाचार प्रकासित गरेका छन्।

     

    तर, अमेरिकाका लागि पाकिस्तानी राजदूत हुसैन हक्कानीले चुहावट भएको सो दस्तावेजले वर्तमानको वास्तविकतालाई भने चित्रित गर्न नसक्ने बताउनु भएको छ।

     

    राजदूत हक्कानीले अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा र विद्रोही तालिबान विरुद्धको कारबाही अभियानका लागि अमेरिका, अफगानिस्तान र पाकिस्तान रणनीतिक हितैषी भएको पनि बताउनु भएको छ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक