आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    अन्तर्राष्ट्रिय समाचार
    पाकिस्तानी विमान इस्लामावाद बाहिर दुर्घटना
    July 28 2010

    पाकिस्तान, २८ जुलाई /  करिब १ सय ५२ यात्रुसहित उडेको पाकिस्तानी विमान इस्लामावाद बाहिर दुर्घटनामा परेको छ। घटनामा भएको मानवीय क्षतीबारे कुनै जानकारी उपलव्ध नभएपनि प्रत्यक्षदर्शीले दुर्घटना भएको स्थानमा धुँवाको मुस्लो देखिएको बताएका छन्।

     

    घटनामा ५ जनाको सकुशल उद्धार गरिएको पाकिस्तान सरकारले जनाएको छ।पाकिस्तानको टेलिभिजनले एक शव फेला परेको देखाएको छ। विमान घना जंगलमा दुर्घटना भएको टेलिभिजनमा देखिएको छ।

     

    "विमानमा १ सय ४६ यात्रु र ६ जना चालक दलका सदस्य छन्। हामी सुचना संकलन गरिरहेका छौं। हामीसँग पूरा जानकारी छैन," पाकिस्तानको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता मुवारिक साहले भने।

     

    विमान कराँचीबाट इस्लामावाद जाँदै गरेको थियो। दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। एयरव्लु विमानको दुर्घटना हुनुभन्दा केही अघिसम्म इस्लामावाद विमानस्थल टावरसँग सम्पर्क थियो। दुर्घटना मार्गल्ला हिल्समा भएको हो। त्यहाँ बादलले पूरै ढाकेको थियो।

     

    प्रहरीले खराव मौशमका कारण आफूहरु दुर्घटनास्थलसम्म पुग्न नसकिरहेको जनाएको छ। सरकारी अधिकारीहरुले सुरुमा त दुर्घटनामा सानो विमान परेको अनुमानमात्रै गरेका थिए।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक