काठमाण्डौ, २९ जुलाई, १३ साउन / एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरीकि राजदुत न्यान्सी जे पावेलबीच भेटवार्ता भएको छ ।
पार्टी कार्यालय पेरिस डाँडामा भएको भेटवार्तामा प्रधानमन्त्री छान्ने प्रक्रिया, सेना समायोजन र संविधान निर्माणका बारेमा पावेलले चासो राख्नु भएको थियो । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने र त्यसपछि सबै समस्या समाधान हुँदै जाने बताउनु भएको थियो ।
यसअघि पावेलले कांग्रेसका कार्यवाहक सभापति सुशिल कोइराला एमाले अध्यक्ष झलनाथ खनालसँग छुट्टा छुट्टै भेटवार्ता गर्नु भएको थियो ।
आजै अमेरीकि राजदुत पावेलले उप प्रधानमन्त्री तथा मधेसीजनअधिकार फोरमका लोकतान्त्रीकका अध्यक्ष विजय कुमार गच्छदारसँग पनि छलफल गर्नु भएको छ ।
मन्त्रालयमा भएको छलफलमा १७ गते हुने चुनावमा मधेसवादी दलले लिने निर्णमा पावेलले चासो व्यक्त गर्नु भएको थियो । गच्छदारले मधेसवादी दलहरु स्वष्ट धारणाका साथ बाहिर आएको त्यसै अनुसार हुने बताएको रिपोर्टस्र कुब नेपाललाई जानकारी दिनुभयो ।