आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    मुख्य समाचार
    बैतडीका धामीझाँक्रीहरु कण्डम बाँड्न थाले
    July 29 2010

    काठमाण्डौ, जुला, साउन /  परिवार नियोजनको कुरा सुन्न समेत मन नपराउने बैतडीका धामीझाँक्रीहरु अहिले घर-घरमा कण्डम बाँड्न थालेका छन्।

     

    अन्धविश्वासका कारण परिवार नियोजनका अस्थायी र स्थायी साधानका बारेमा कडा विरोध गर्ने धामीझाँक्रीहरुको चेतनास्तरमा सुधार आए पनि उनीहरु आफै गाउँमा कण्डम वितरण गरिरहेका छन्।

     

    नेपाल परिवार नियोजन संघ बैतडी शाखाले जिल्लामा रहेका परम्परागत धामीझाँक्रीहरुको क्षमता अभिवृद्धी गर्दै अन्धविश्वास विरुद्ध गाँउगाँउमा परिचालन गर्न थालेपछि प्रतिष्ठित धामी समूह गठन गरी यहाँका धामीझाँक्रीहरु संगठित रुपमै परिवार नियोजन सम्बन्धी जनचेतना अभिवृद्दी गर्न जुटेका छन।

     

    गाँउ-गाँउमा परिवार नियोजन सम्वन्धी सचेतना अभिवृध्दी कार्यक्रम लिएर पुगिरहेका धामीझाक्रीहरुले सर्वसधारणलाई परिवार नियोजनका अस्थायी साधनहरु समेत वितरण गरिरहेका छन्।

     

    प्रजनन् स्वास्थ्य सम्बन्ध जनचेतना कम भएको बैतडीका गाउँबस्तीमा वर्षेनी सुरक्षित सुत्केरी हुन नपाउँदा दर्जनौं महिलाको अकालमै मृत्यु हुने गरेको छ।

     

    गाउँघरमा धामीझाँक्रीहरुमार्फत् नै सबै रोग निको हुन्छ भन्ने अन्धविश्वास अझै कायम रहेकाले अधिकांश मानिसहरुको प्रतक्ष्य सम्पर्कमा रहेका धामीझाँक्रीहरुलाई जनचेतना फैलाउन परिचालन गरिएको नेपाल परिवार नियोजन संघका अध्यक्ष विष्णुदत्त जोशीले बताए।

     

    ग्रामीण भेगमा व्याप्त अन्धविश्वासका कारण अझै पनि बिरामी हुँदा अस्पताल जानु पूर्व धामीझाँक्री बसाएर देउता सोध्ने प्रचलन कायमै छ।

    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक